Maid Provider Company - Butwal

Maid Provider Company - Butwal

Share

कर्मचारी चाईयमा वा जागिर खानु परेमा

15/07/2022

भित्री मधेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ?
क) ८% ख) ८.५%
ग) ७.५% घ) १२.५%

15/07/2022

🇳🇵🇳🇵कृषी बिकास बैंक विशेष 🇳🇵🇳🇵
लेखा प्रणाली भनेको के हो ? नेपालको वर्तमान लेखा प्रणालीका कमजोरी तथा सुधारका लागि सुझाबहरू दिनुहोस्?
✍️✍️✍️✍️✍️
मौद्रिक महत्व भएको आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने कार्यविधि नै लेखा प्रणाली हो । लेखा प्रणाली एउटा सूचना प्रणाली हो जसले आर्थिक कारोबारको पहिचान, अभिलेखांकन, मापन, वर्गीकरण, पुस्ट्याइँ तथा संक्षेपीकरण गर्दछ । आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा आर्थिक कारोबारहरूको संकलन र वर्गीकरण गरी गोस्वारा भौचर, नगदी किताब, बही खाता तयार गरी संस्थाको वित्तीय विवरणहरू तयार गर्नेसम्मको कार्यलाई समग्रमा लेखा प्रणालीका रूपमा चिनिन्छ ।

लेखा प्रणालीलाई एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ । आधुनिक लेखा प्रणालीअन्तर्गत नेपालको वर्तमान सरकारी स्रेस्ता प्रणाली दोहोरो स्रेस्ता प्रणालीमा आधारित छ । यसको सुरुवात वि.सं. २०१८ सालदेखि भएको हो । यसलाई नयाँ स्रेस्ता प्रणाली भनेर पनि चिनिन्छ । यसका कमजोरी तथा सुधारका उपायहरू निम्नानुसार प्रस्तुत गरिएको छ ।

👉️नेपालका लेखा प्रणालीका कमजोरीहरू
💎 नगदमा आधारित हुनु, 💎आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको, 💎समयमा केन्द्रीय लेखा तयार नहुने,
💎ह्रासकट्टीको व्यवस्था नभएको, 💎सम्पत्ति र दायित्वको यथार्थ स्थिति मूल्यांकन गर्न नसकिएको,
💎पेस्कीलाई खर्च मान्ने पद्धति रहेको,
💎लेखाका परम्परागत ढाँचामा आधारित फारामहरू,
💎 पद्धतिमा आधारित हुन नसकेको,
💎 जिन्सी लेखांकनमा स्पष्टता नभएको, आदि ।
👉️सुधारका लागि सुझाबहरू

♦️सरकारी लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मानदण्डबमोजिम तादात्म्य मिल्ने गरी परिमार्जन गर्ने,
♦️लेखा प्रणाली बजेटको उद्देश्य पूरा गर्ने हुनुपर्ने,
♦️ नगद आधारको लेखांकनबाट प्रोद्भावी लेखांकन प्रणालीमा परिणत गर्नुपर्ने,
♦️ लेखाका फारामहरूलाई परिमार्जन र सरलीकरण गर्नुपर्ने,
♦️लेखा प्रणाली सरकारी आम्दानी, खर्च, सम्पत्ति र दायित्वको पूर्ण कारोबारको पूर्ण लेखांकनमा सक्षम हुनुपर्ने,
♦️लेखा प्रणालीले सर्वमान्य लेखाका सिद्धान्त अवलम्बनमा जोड दिनुपर्ने,
♦️समयमै वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा सघाउ पुर्‍याउनुपर्ने,
♦️ आन्तरिक नियन्त्रण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने,
♦️ स्पष्ट लेखा नीतिहरू तर्जुमा गरी लागू गर्ने ।
अन्त्यमा,
कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिएको हिसाब तथा सो कारोबारलाई पुष्टि गर्ने कागजात लेखा हो । लेखा राख्ने पद्धतिलाई लेखा प्रणालीका रूपमा चिनिन्छ । नेपालको वर्तमान स्रेस्ता प्रणालीमा देखिएका समस्यालाई सुधार गर्दै अगाडि बढ्न सकेमा सरकारी कार्यालयलाई छु्ट्याएको बजेटको सदुपयोग भई समग्र मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।

Photos from Maid Provider Company - Butwal's post 15/07/2022

🇳🇵🇳🇵कृषी बिकास बैंक विशेष 🇳🇵🇳🇵

कृषि बिकास बैंक (ADBL) सम्बन्धि महत्त्वपूर्ण Gk

15/07/2022

नेपालको सबैभन्दा ठुलो उपत्यका कुन हो ?

15/07/2022

🔻 #बैंकिङ_तयारीका_लागि_महत्वपूर्ण_जानकारी ❣❣❣
🔻 #चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।

🔻 #एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।

🔻 ैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने,
खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।

🔻 #डेबिट_कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।

🔻 #क्रेडिट_कार्ड
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।

🔻 #मोबाइल_बैंकिङ
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।

🔻 #ब्रान्चलेस_बैंकिङ
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।
🔻 #अन्तरबैंक_विद्युतीय_भुक्तानी_प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

🔻 #वासलात_
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

🔻 #लाभांश_र_बोनस_सेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर(बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

🔻 #मर्चेण्ट_बैंक
धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।

🔻 #धितोपत्र_दलाल
ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।

🔻 #धितोपत्र_ब्यापारी
प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

🔻 #बजार_निर्माता
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

🔻 #सेयर_रजिष्ट्रार
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई सेयर रजिष्ट्रार भनिन्छ।

🔻 #डिवेञ्चर
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

🔻 #वारेन्ट
कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण सेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकार नै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण सेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

🔻 #ब्लू_चिप_सेयर
संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लू चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

🔻 #धितोपत्रको_केन्द्रीय_निक्षेप_प्रणाली
सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुर्याउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली सेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।
🔻 #प्रत्याभूति
प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ । प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।

🔻 #विवरणपत्र
सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।

🔻 #धितोपत्रको_अधिक_र_न्यून_माग
सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।

🔻 ूल्य
धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई प्रिमियम भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई प्रिमियममा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।

🔻 #खरीद_प्रस्ताव_तथा_बिक्री_प्रस्ताव_मूल्य
कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई प्रस्तावित मूल्य भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको द्यष्म एचष्अभर इााभच एचष्अभ मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।

🔻 #सूचीकृत_धितोपत्रको_चुक्ता_मूल्य
सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।

🔻 #बजार_पुँजीकरण
धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आआफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।

🔻 #बजार_परीसूचक
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परिसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई नेप्से परिसूचक (लभउकभ ष्लमभह) भनिन्छ ।

🔻 #प्रतिसेयर_बजार_मूल्य
कुनै सेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिसेयर बजार मूल्य भनिन्छ ।

🔻 #प्रतिसेयर_आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिसेयर आम्दानीले सेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।

🔻 #नेट_वर्थ
कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेट वर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

🔻 #मूल्य_सम्वेदनशील_सूचना
कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश सेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।

🔻 #भित्री_कारोबार
नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भइनसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।

🔻 #अधोन्मुख_र_उन्नतोन्मुख_धितोपत्र_बजार
धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको सेयरको मूल्य बढी रहेको हुन्छ । अर्कोतर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

🔻 #सञ्चालकहरु_र_सञ्चालक_समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कम्पनीका सञ्चालकहरुको नियुक्ति प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको सेयर लिएको हुनु पर्दछ ।

🔻 #वार्षिक_साधारणसभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा सेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने सेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।

🔻 #प्रतिनिधि
कम्पनीको वार्षिक साधारण सभामा कुनै सेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ । कुनै पनि कम्पनीको सेयरवालाले सोही कम्पनीको अर्को सेयरवालालाई मात्र यसप्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।

🔻 #मर्चेन्ट_बैंकर
धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त बित्तीय संस्थानै मर्चेन्ट बैंक हो । बैंकिङ क्षेत्र ‘वित्तीय बजार’ र ‘पूँजीबजार’ गरी दूई किसिमबाट कार्यरत क्षेत्र हो । जस अनुसार सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु बित्तीय बजार अन्तरगत पर्दछन् भने मर्चेन्ट बैंक पुँजी बजार अन्तरगतको शाखा हो । मर्चेन्ट बैंक आफैँमा अलग प्राइभेट बैंक होइनन्, यिनीहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन् । नियमनकारी संस्था नेपाल धितोपत्र बोर्डले दिएको कार्य अधिकार तथा क्षेत्र अनुसार मर्चेन्ट बैंकहरुले काम गर्ने गर्दछन् । जस अनुसार मर्चेन्ट बैंकहरुले आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, सेकेण्डरी मार्केटको सेयर किनबेचको कार्य गर्ने, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट शेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामीलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्ने तथा शेयर लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा संचालन गर्ने जस्ता कामहरु गर्दछन् ।

🔻 #डिम्याट_खाता
सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

🔻 #कमोडिटी_मार्केट
कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ । नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् स् फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ ।

🔻 #व्यजदर_करिडोर
सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ ।निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । त्यसैले व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले नीति अबलम्बन गर्नुपर्छ । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् । यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने गर्दछ । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ । त्यसैले, करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्छ ।

🔻 #व्याज_मुल्तबी
राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउँछन् । तर, बुझाउनु पर्ने निर्धा्िरत समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभएसम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी’ हिसाबमा राख्नुपर्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएको ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राख्नुपर्ने व्यवस्था छ ।

🔻 #मुद्रास्फीति
सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

🔻 #कर्जा_जोखिम
कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो ।

🔻 #तरलता
कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

🔻 #सम्पत्ति_शुद्धिकरण
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार ‘सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।’

15/07/2022

रारा ताल कुन जिल्लामा पर्छ ?
क) डोल्पा ख) मुगु
ग) हुम्ला घ) मुस्ताङ

15/07/2022

५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

15/07/2022

ग्राहक पहिचान भनेको के हो? बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहक पहिचान को आवश्यकता तथा महत्व माथि प्रकाश पार्नुहोस्?(१०)

उत्तर:- बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्ने ग्राहकहरूको आर्थिक, सामाजिक, नैतिक, व्यवसायिक, पारिवारिक तथा कानुनी हैसियत जनाउने विवरणहरु लिखित रुपले संकलन गरी आफ्ना ग्राहकहरुको को बारेमा बिस्तृत जानकारी हासिल गर्ने प्रक्रियालाई ग्राहक पहिचान(KYC) भन्न सकिन्छ।
बैंक तथा वित्तीय संस्थाका शेयरधनी, बैंकका कर्मचारीहरु, बैंकलाई सामान सप्लाई गर्ने फर्महरु, सरकार, केन्द्रीय बैंक र बैंकमा आउने नियमित सेवाग्राहीहरु सबै बैंकका ग्राहक हुन् जसले बैंकसमक्ष पैसा डिपोजिट गर्न कर्जा लिन प्रतितपत्र खोल्न बैंक ग्यारेन्टी जारी गर्न wa बिदेशी बिनिमय सबै गर्न आउने गर्दछन्।
तसर्थ, आफ्ना ग्राहकहरूको सम्पूर्ण विवरण लिखितरुपमा अभिलेख गर्ने कार्यलाई नै KYC भनिन्छ।

केवाईसी को आवश्यकता तथा महत्व
ग्राहक पहिचान को महत्व तथा आवश्यकतालाई निम्न बुँदाहरूमा देखाउन सकिन्छ:-

१. KYCबाट बैंकको ग्राहक र बजारको बारेमा सूचना प्राप्त हुन्छ,
२. बैंकको आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन र सुरक्षा पद्धतिलाई सफल पार्न मद्दत गर्दछ,
३. कालोबजारी ,गैह्रकानूनी आय, कर छली ,आतंकवाद, smuggling आदि क्रियाकलापबाट आर्जन गरिएको रकम बैंकमा प्रवेश गर्न लागेमा जानकारी मिल्दछ,
३. बैंकभित्र हुने गैह्रकानूनी कारोबार तथा शंकास्पद कारोबार माथि निगरानी गर्न सकिन्छ,
४. शंकास्पद कारोबार को बारेमा नेपाल राष्ट्र बैंक मार्फत सरकारलाई जानकारी दिन सकिन्छ,
५. KYC बाट उपलब्ध सूचनाको आधारमा ग्राहक सेवालाई व्यवस्थित र परिमार्जित गर्न सहयोग पुग्दछ,
६. बैंकमा हुन सक्ने सम्भावित जालसाजी ,Frud जस्ता गैरकानुनी कार्य विरुद्ध बैँकले बेलैमा सतर्ककताअपनाउन सक्दछ,
७. बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न श्रेणीमा विभाजन गरी
उनीहरूको इच्छा बमोजिम का product ल्याइ व्यवसाय विस्तार गर्न मद्दत गर्दछ,
८. स्वच्छ , सुरक्षित, पारदर्शी, सबल, सक्षम रअनुशासित बैंकिंग प्रणालीको विकास गर्न मद्दत पुग्दछ,
९. ग्राहकका सेवालाई व्यवस्थित परिमार्जित गर्न मद्दत गर्दछ,
१०. औपचारिक आर्थिक क्रियाकलापहरुलाई प्रोत्साहन गरि समानान्तर अर्थतन्त्रको आकार घटाउन सहयोग पुग्दछ।

निष्कर्षमा, विश्वव्यापीकरणको यो युगमा सबैभन्दा महत्वपूर्ण स्रोत भनेको सूचनालाई मानिन्छ। जुनसुकै बजार संचालन संवर्धन र विस्तार गर्नको लागि ग्राहक र बजारको बारेमा जानकारी आवश्यक पर्दछ । बैंक वित्तीय संस्थाहरु पैसाको कारोबार गर्ने भएको हुँदा यिनीहरूको हकमा झन् प्रत्येक ग्राहकहरूको खुलस्त विवरण राख्नु आवश्यक हुन्छ । तसर्थ know your customer ले बैँकलाई आफ्ना ग्राहकहरुको को बारेमा विस्तृत सूचना उपलब्ध गराउने हुँदा यसको महत्व तथा आवश्यकता दिनहुँ बढ्दै गएको महसुस गर्न सकिन्छ।

10/07/2022

#कृषि_विकास_बैंक को नयाँ भ्याकेन्सी बारे बुझ्न र अनलाइन फर्म भर्न हामीलाई सम्झनुहोस्।
Rupandehi Training Center बुटवल:071534674

Photos from Maid Provider Company - Butwal's post 10/07/2022

✅ पद लेखपाल, तह ४, प्रशासन खुला तथा समावेशी परीक्षाको पाठ्यक्रम ( Syllabus of ADBL Level 4)

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Butwal
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00