Lotus Education

Lotus Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lotus Education, Drivertole, Butwal.

03/08/2020
             एकपटक एक साधुका शिष्यले भने– गुरुदेव, मलाई मनमा उब्जने अनेक विचारको प्रवाहले हैरान बनाइसक्यो । मलाई आफू मान...
31/07/2020



एकपटक एक साधुका शिष्यले भने– गुरुदेव, मलाई मनमा उब्जने अनेक विचारको प्रवाहले हैरान बनाइसक्यो । मलाई आफू मानसिक रोगी बन्दै छु कि जस्तो लाग्न थालेको छ । हजुरले यसको समाधान बताइदिनुन प-यो । साधुले उनलाई अर्का एक साधुको ठेगाना दिएर उनको दिनचर्या राम्ररी हेर्नू भन्दै पठाए ।

शिष्य अर्का साधुकहाँ पुगे । उनी एक धर्मशालाका रक्षक थिए । उनी निकै सरल देखिन्थे । उनको दिनचर्या खासै सिक्नलायक जस्तो देखिन्नथ्यो । साधुको पूरै दिनचर्या राम्ररी नियालिसकेपछि एक दिन शिष्यले उनलाई सोधे– साधु महाराज, हजुर राति सुत्नुअघि र उठेपछि के-के गर्नुहुन्छ ?

धर्मशालाका रक्षक साधुले भने– म हरेक रात सुत्नुअघि भाँडा माझ्छु । बिहान उठेपछि तिनै भाँडामा लागेको धुलो पुनः पखालेर सफा गर्छु । भाँडा फोहोर नहोस् भनेर म जहिल्यै ध्यान दिन्छु । साधुको जवाफ सुनेर शिष्य निराश भए । उनी आफ्ना गुरुकहाँ फर्किए । उनले गुरुलाई साधुसितको कुराकानी र उनको दिनचर्याबारे बताए ।

गुरुले भने– जे थाहा पाउन योग्य थियो, त्यो तिमीले देखेर आयौ । तर, तिमीले बुझ्न भने सकेनौ । राति सुत्नुअघि तिमी पनि साधुले भाँडा माझेजस्तै आफ्नो मन माझ र बिहान उठेपछि त्यसलाई पुनः धोऊ र टलक्क टल्काऊ । बिस्तारै तिम्रो मन सफा हुनेछ । किनकि, हामीलाई मनको सफाइ अत्यन्त आवश्यक छ । मनको स्वच्छतामै समग्र जीवनको स्वच्छता या अस्वच्छता निर्भर छ । जसले यो तथ्य बिर्सन्छ, उसले आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नेछ । र जीवनभर मानसिक तनावको भुमरीमा फसिरहनेछ । ❤️

30/07/2020

HOME TUTION TUTOR required up to class 10.
Location : Butwal to Bhairahawa area
Salary : Negotiable ( contract )
Registration link: https://forms.gle/cyPN8gtSjrcqpzKB7

             एक बालक अत्यन्त रिसाहा थिए । उनी छिनछिनमै रिसाइरहन्थे । एक दिन उनका पिताले फलामे किलाको एउटा थैलो दिँदै भने...
30/07/2020



एक बालक अत्यन्त रिसाहा थिए । उनी छिनछिनमै रिसाइरहन्थे । एक दिन उनका पिताले फलामे किलाको एउटा थैलो दिँदै भने- बाबु, तिमीलाई दिनमा जतिपटक रिस उठ्छ, त्यति नै पटक यो थैलाबाट निकालेर एउटा किला यो भित्तोमा ठोकिदिनू ।

बालक पहिलो दिन ४० पटक रिसाए र उनले ४० वटै किला भित्तामा ठोकिदिए । दिनदिनै किला ठोक्दै जाँदा किलाको संख्या घट्दै गयो । उनलाई किला ठोक्न यति धेरै मिहिनेत गर्नुभन्दा रिसमाथि नियन्त्रण गर्नु ठीक लाग्न थाल्यो । पछिल्लो सातामा उनले आफ्नो रिसमाथि केही हदसम्म नियन्त्रण राख्न सिके । यस्तो हुँदै जाँदा यस्तो दिन पनि आयो, जुन दिन बालकले एउटै किला पनि भित्तामा ठोक्नुपरेन ।

बालकले यसबारे आफ्ना पितालाई बताए । पिताले उनलाई पुनः अर्को काम दिए । उनले भने– अब तिमी जुन दिन एकपटक पनि रिसाउँदैनौ, त्यस दिन यस भित्ताबाट एउटा किला निकाल्ने गर । बालकले यसै गरे । धेरै दिनपछि उनले भित्ताका सबै किला निकाली भ्याए । त्यसपछि उनले खुसी हुँदै पितालाई यो कुरा सुनाए।

छोराको कुरा सुनेपछि पिताले उनलाई सोही भित्तोनजिक लगे र भने– बाबु, तिमीले निकै राम्रो काम ग-यौ । तर, के तिमी यो पर्खालमा किलाले पारेका प्वाल देखिरहेका छौ ? अब यो पर्खाल पहिलेजस्तो बन्न सक्दैन । यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ ।

जब तिमी रिसाउँछौ, त्यतिखेर रिसमा निस्कने शब्द र विचारले पनि तिम्रो व्यक्तित्वमाथि गहिरा घाउ बनाउँछन् । र, ती घाउ सजिलै निको हुन सक्दैनन् । त्यसैले फेरि-फेरि रिस उठ्दा यो सत्य जहिल्यै मनन गर्नू । ❤️

             बिरामी बुबाले आफ्नो मृत्यू अगाडि छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने "यो २०० वर्ष पुरानो हो I...
27/07/2020



बिरामी बुबाले आफ्नो मृत्यू अगाडि छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने "यो २०० वर्ष पुरानो हो I यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो Iअब म तिमिलाइ दिनेछु तर यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ I"

छोरा पसलमातिर हिड्यो ,एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, "यसलाई त १०० रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ I"
ए होर ! बुवाले उत्तर दिनुभयो !
त्यसो भए तिमी कफी सपमा सोधेर आऊ I छोरा एकछिन पछि फेरि फर्केर आएर भन्यो, "त्यहाँ त झन यस्तो थोत्रो घडिको के काम ? बरु कफि खान दिन्छु घडी छोडेर जाउ पो भन्यो ! "
ल ठिक छ !
त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ I एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो," त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ !"

बाबुले घडी छोराको हातमा राख्दै भने "बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् I त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् I"❤️

💪💪
25/07/2020

💪💪

                   सन् १९९४ सम्म जेफ बेजोस वाल स्ट्रिटको एउटा इन्भेस्टमेन्ट फर्ममा काम गर्थे । सो कम्पनीमा बेजोस राम्रै ...
24/07/2020



सन् १९९४ सम्म जेफ बेजोस वाल स्ट्रिटको एउटा इन्भेस्टमेन्ट फर्ममा काम गर्थे । सो कम्पनीमा बेजोस राम्रै पोजिसनमा काम गरिरहेका थिए । उनी कम्पनीमा सिनियर भाइस प्रेसिडेन्टका रूपमा कार्यरत थिए । उनको पद र जिम्मेवारी हेर्दा उनले निकै राम्रो तलब, सुविधा पाउँथे भन्ने निश्चित छ । सोही जागिरमा अडिन सकेको खण्डमा उनले वर्षौं वर्ष निकै सानदार जागिरे जीवनको आनन्द उठाउन सक्ने थिए ।

तर, बेजोस अलिक फरक स्वभावका थिए । त्यसैले, उनी त्यो बाटो हिँड्न तयार भएनन्, जुन उनका लागि सुरक्षित थियो । सन् १९९४ मा उनले त्यस्तो आकर्षक जागिर छाडिदिए, जुन जागिर पाउनेबारे मानिसले सपना देख्न मात्र सक्थे, विपनामा सो स्थान पाउन लगभग असम्भवजस्तै थियो । उनले कम्पनीको ठूलो आर्थिक सुरक्षालाई पलभरमै त्यागिदिए । जागिरबाट राजीनामा दिएर एकाएक त्यसरी हिँडेको देख्दा उनका सहकर्मी अत्यन्त अचम्मित भएका थिए ।

जागिर छाडेपछि उनी सियाटल गए । त्यहाँ उनले लाखौँ किताब अनलाइन बिक्री गर्ने कम्पनी बनाउने योजनामाथि काम सुरु गरे । उनको अथक मिहिनेतस्वरूप अन्ततः जुलाई १९९५ मा अमेजन कम्पनीको विधिवत् शुभारम्भ भयो । अमेजनले बेजोसको दुनियाँ कहाँबाट कहाँ पु-यायो, त्यसको साक्षी संसार छ ।

आज जेफ बेजोस संसारकै सबैभन्दा सम्पन्न व्यक्ति हुन् । उनको सम्पत्ति लगभग एक सय ३० अर्ब डलरबराबर छ । त्यतिखेर बेजोसले आफ्नो सुरक्षित जागिरे जीवनको मोहमा त्यो फरक बाटो हिँड्ने साहस नगरेको भए आज पनि उनी कुनै कम्पनीको तलब, सुविधामुनि काम गरिरहेका कुनै आमकार्मचारी हुने थिए । ❤️

               महान् विचारक कन्फ्युसियस एकपटक आफ्ना शिष्यहरूका साथमा लामो यात्रामा थिए । बाटोमा पर्ने कुनै एक गाउँमा पुग...
23/07/2020



महान् विचारक कन्फ्युसियस एकपटक आफ्ना शिष्यहरूका साथमा लामो यात्रामा थिए । बाटोमा पर्ने कुनै एक गाउँमा पुगेपछि उनले त्यहाँ बसोवास गर्ने एउटा परिवारका एकजना निकै बुद्धिमान् बालकबारे थाहा पाए । त्यसपछि कन्फ्युसियसले उनीसित भेटघाट गरे । भेटघाटका क्रममा कन्फ्युसियसले ती बालकलाई सोधे– संसारमा मानिसबीच निकै असमानता र भेदभाव छ । यसलाई हामी कसरी हटाउन सक्छौँ ?

बालकले तुरुन्तै जवाफ दिए– यस्तो किन गर्नुपर्‍यो ? यसको के नै आवश्यकता छ र ? हामीले पर्वतलाई फुटाएर समथर बनाइदियौँ भने चराचुरुंगी कहाँ बस्लान् ? हामीले नदी र सागरलाई पुरिदियौँ भने माछा कसरी जीवित रहलान् ? विश्व यति विशाल र विस्तृत छ कि त्यसमाथि यी असमानता र विसंगतिको उसमाथि कुनै प्रभाव पर्नेछैन । ती बुद्धिमान् बालकको यस्तो जवाफ सुनेर कन्फ्युसियसका शिष्य निकै प्रभावित भए ।

उनीहरूले बालकको मुरीमुरी प्रशंसा गरे । तर, कन्फ्युसियसले गम्भीरतापूर्वक भने– मैले यस्ता निकै धेरै बालक देखेको छु, जो आफ्नो उमेर र क्षमताअनुसार खेलकुद र बालसुलभ गतिविधिमा मन लगाउनुको साटो संसार र संसारको गतिलाई बुझ्नतिर मन लगाउँछन् । तर, मेरो अनुभवअनुसार तीमध्ये कुनै पनि प्रतिभावान् बालकले जीवनमा एउटा पनि महत्वपूर्ण काम गर्न सकेनन् । किनकि, उनीहरूले आफ्नो बालापनको सरलता, चञ्चलता र सहज अनुत्तरदायित्वको कुनै अनुभव नै गरेनन् । ❤️

             एकपटक एक शिक्षकले कक्षाकोठामा पढाइरहेका थिए । उनले अचानक गोजीबाट सय रुपैयाँको नयाँ नोट निकाले । उनले विद्या...
22/07/2020



एकपटक एक शिक्षकले कक्षाकोठामा पढाइरहेका थिए । उनले अचानक गोजीबाट सय रुपैयाँको नयाँ नोट निकाले । उनले विद्यार्थीलाई नोट देखाउँदै प्रश्न गरे– भाइबहिनी हो ! के तपाईंहरू भन्न सक्नुहुन्छ कि यो कति रुपैयाँको नोट हो ? सबै विद्यार्थीले एक स्वरमा जवाफ दिए– सय रुपैयाँको ।

यो नोट कोको लिन चाहनुहुन्छ, भन्नुहोस् त ! सबै विद्यार्थीले एकसाथ हात उठाए । त्यसपछि शिक्षकले सो नोटलाई मुठीमा बन्द गरेर कच्याककुचुक पारे । नोट एउटै डल्लो पर्‍यो । त्यसपछि त्यही डल्लो देखाउँदै शिक्षकले सोधे– अब यो नोट कोको लिन चाहनुहुन्छ ? फेरि पनि सम्पूर्ण विद्यार्थीले एकसाथ हात उठाए । विद्यार्थीको जवाफपछि शिक्षकले पुनः सो नोटलाई जमिनमा फाले र आफ्नो जुत्ताले मजाले कुल्चिए । कुल्चिएको फोहोर नोट टिपेर शिक्षकले विद्यार्थीलाई देखाउँदै सोधे– अब यो नोट को–को लिन चाहनुहुन्छ ? पुनः सबै विद्यार्थीले एकसाथ हात उठाए ।

सबैले हात उठाएको देखेर मुसुक्क मुस्कुराउँदै शिक्षकले भने– विद्यार्थी भाइबहिनी हो ! आज मैले तपाईंहरूलाई एउटा गज्जबको शिक्षा दिएको छु । सुरुमा यो सय रुपैयाँको नयाँ नोट थियो । जब मैले यसलाई मुठीमा राखेर कच्याककुचुक पारेँ, त्यतिखेर पनि यसको मूल्य सय रुपैयाँ नै थियो । पछि मैले जुत्ताले कुल्चिँदा यो नोट फोहोर भयो, धुलो लाग्यो । तैपनि, यसको मूल्य सय रुपैयाँ नै छ । मानिसको जीवनमूल्य पनि यस्तै हुनुपर्छ । मानिसको क्षमता, बुद्धि र सीप जहिल्यै एकसमान रहन्छन् । त्यसैले, तपाईंहरूले पनि जीवनमा जतिसुकै कठिनाइ आओस्, जतिसुकै कठिन चुनौती पार गर्नुपरोस् आफ्नो मूल्य यस नोटको जस्तै कहिल्यै घट्न नदिनुहोला । ❤️

21/07/2020



सरकारले परीक्षा र भर्नाको बारेमा साउनको अन्तिम हप्ता मात्र निर्णय लिने घोषणा गरेको छ !❤️

Address

Drivertole
Butwal
32907

Telephone

+9779867580765

Website

Alerts

Be the first to know and let us send you an email when Lotus Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lotus Education:

Shortcuts

Share