श्री घोसाखानी निम्नमाध्यमिक विद्यालयGhosa khani Lower secondary school

  • Home
  • Nepal
  • Burtibang
  • श्री घोसाखानी निम्नमाध्यमिक विद्यालयGhosa khani Lower secondary school

श्री घोसाखानी निम्नमाध्यमिक विद्यालयGhosa khani Lower secondary school This site is Ghosakhani lower secondary school's all program will be upload and tha school notification upload.

YEAH
20/03/2020

YEAH

03/12/2015

In this school coming 22 have to SMC(school management commites) /PTA (people teacher associan commites ) metting so you are invitad us

13/10/2015

विजया दशमी तथा शुभ दीपावली २०७२ को पावन अवसर पारेर विद्यादय लिपपोत गरि शुभकामना आदानप्रदान कार्यक्रम गरि आजदेखि मंसिर ६ गतेसम्म विद्यालय बन्द हृुदै छ उक्त बिदा जिल्ला शिक्षा कार्यलयको नीति नियम अनुसार गरिएको हो

11/09/2015

राजु वि•क २०७२-०५-25 गते शुक्रबार
श्री घोसाखानी निम्नमाध्यमिक विद्यालय मा आजदेखि प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशित भएको छ। गत महिनामा हुनुपर्ने परीक्षा महाभूकम्प को कारण विद्यार्थी विरामी भएकाले परीक्षा सञ्चालन भएको थिएन र हाल विद्यार्थी विरामी हुन कम भएको हुनाले परीक्षा सञ्चालन गरि आज नतिजा प्रकाशन भएको छ । यस परीक्षामा करिब 280 विद्यार्थी सामेल हुने भएका थिए भने अति न्यून विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यार्थी न्यून उत्तीर्ण हुनुमा महाभूकम्पको असर प्रमुख मानिन्छ भने साथमा अभिभावकले आफ्नो बालबालिकाको पढाइ प्रति कम चासो दिएको र विद्यार्थीले पनि पढाइमा ध्यान नदिइएको नतिजाको अन्त्यमा समिक्षा गर्ने क्रममा उठाईएको थियो । आगामी दिनमा विद्यालयको उत्तीर्ण प्रतिशत बढाउन सबै शिक्षक,विद्यार्थी र अभिभावक मिलेर अगाडि बढ्नु पर्ने हुन्छ र विद्यालय माथि उठाउन सकिन्छ ।नत्र भने हात्ती आयो हात्ती आयो फुस्स होला नभन्न सकिन्न ।

15/08/2015

घोसाखानी निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरु विरामी हुन अझै पनि छोडेको छैन । विरामी भए पछि विद्यालयको पढाई समेट अस्तबेस्त बनेको छ । यस समस्यामा भने गाँउका मान्छहरुलाई चिन्ताको बाटो बनेको छ । विरामी एकै छिनमा राम्रैसँग पढ्ने र पछि शरीर लठ्राक लुठ्रुक बनाई बेहोस समेट हुने हुँदा समस्या परको हो । विरामीहरुलाई विद्यालय नआउन आग्रह गर्दा पनि विद्यालयमा आउँदा रमाइलो हुने बताउदै विद्यालय आउछन् । तर पहिले लामो समय सम्म हुने गर्थे भने आजभोली अलि कम समय विरामी हुन्छन । गाँउका मान्छेले भने भूत प्रेत लागेर हो भन्ने भ्रम फैलाएका छन अनि बाख्राको पूजा गरेर मात्र निको हुने र यदि नगरेमा एउटा कन्याको भोग खाने भन्ने कुरा लिएर गाँउका मान्छे चिन्तित छन् ।
के साँच्चै भूत प्रेत ले नै गर्दा होला त यस विषयमा भने यहि नै हो भन्न सकिदैन । यस्तै समस्या खुगाँ गा.वि.स. को छोरेगाँउमा पनि भएको थियो र त्यहाँ राँगा र बाख्रा काटे पछि निको भएको भन्ने खबर थाहा पाएपछि सवैले यहाँ पनि त्यस्तै गर्ने भनेका त छन् तर गर्न भने सकेका छैनन् ।

15/08/2015

घोसाखानी निमाविमा ब्यबस्थापन समितीको बैठक बिबिध बिषयमा निर्णय ।।

जिल्लाको बुर्तिबाङ ९ मा रहेको घोसाखानी निमाविमा बिधालय ब्यस्थापन समितीको बैठक सम्पन्न भएको छ । बिधालय ब्यस्थापन समितीका अधयक्ष बागदेउ बिकको सभापतित्वमा भएको कार्यक्रमका अबसरमा बिधालयमा आर्थिक सँकलन , निजि श्रोतको शिक्षक नियुतिm, सामाजिक लेखा परीक्षण लगाएतका बिषयमाथि छलफल गरीएको छ ।

बिधालय ब्यबस्थापन समितीका पदादिकारी, शिक्षक अभिभाबक सँघका पदादिकारी, स्थानीय अभिभाबक , शिक्षक लगाएत्को उपश्थिती रहेको कार्यक्रमका अबसरमा बिधालयका प्रअ खुम बहादुर छन्त्याल द्धारा बिधालयको आर्थिक बर्ष २०७१।७२ को सामाजिक परीक्षण गरीएको छ । जसमा १३ लाख, ५६ हजार, पाँच सय ४७ रुपैया चालीस पैसा रहेको र उतm बजेट मध्य १३ लाख ७५ हजार ३ सय ७३ रुपैया खर्चभएको र निजी श्रोतमा पाँच लाख ९० हजार, पाँच सय ९१ रुपैया आम्दानी भएमध्ये पाँच लाख ८१ हजार तिन सय ३७ रुपैया निजि श्रोतका शिक्षकहरुलाई तलबमा खर्च गरीएको बताईएको छ । भने बिधालयको आन्तरीक श्रोत अन्र्तगत अन्य ८ लाख ७४ हजार ७२ रुपैया बचतमा रहेको बताईएको छ । त्यस्तै बिधालयले थप आर्थिक क्षेत्रको ब्यबस्थापनका लागि आर्थिक ब्यस्थापन .तथा सँकलन अभियान सञ्चालन गर्नै बताईएको छ । भने बिधालयको प्राबि तहका लागि गणित बिषयको शिक्षक नियुतिm प्रकृया सञ्चालन गर्नै निर्णय गरीएको बिधालयका शिक्षक राजु बिकले बताउनु भएको छ ।

15/08/2015

शिक्षा त्यो चिज हो जुन अध्यारो बाट मुक्ति दिई जीवन दिन्छ ।

30/07/2015

Please hajurharule yo pagema gyanbardhak kura cha vane matra tage ra post garidinuhola.

25/07/2015

My school Ghosa Ghosa khani lower secondary school is very good .This school is the oldest school of Burtibang VDC.this schoos is Establatist in 2017 jestha 17.

14/06/2015

श्री घोसाखानी निम्नमाध्यमिक विद्यालयमा रहेको प्रगतिशील सहयात्री बाल क्लबको नयाँ समिति गठन भएको छ । संरक्षक शिक्षक राजु बि क को प्रमुख उपस्थितिमा र बाल क्लबका भू.पू अध्यक्ष सबिन बि क को अध्यक्षतामा बाल क्लब गठन भएको हो ।

बाल क्लबका अध्यक्षले आफ्नो पद हस्तान्तरण गर्दै नयाँ समितिलाई जिम्मेवारी दिएका हुन ।जसमा निम्न विद्यार्थीहरू पर्छन् ।
अध्यक्ष : मनोज बि क
उपा-अध्यक्ष : अर्जुन छन्त्याल
सचिव: पार्वती बि क
सह- सचिव :सञ्जय बि क
कोषाध्यक्ष : सीता पौडेल
सदस्यहरु :
शर्मिला बि क
प्रेम बि क
सपना बि क
नेत्र छन्त्याल
प्रविन परियार
सुमित बि क
सुजन बि क
सबि बि क
संरक्षक शिक्षक : राजु बि क
र संरक्षण समिति
प्र.अ खुमबहादुर छन्त्याल संयोजक
शिक्षक अभिभावक संघबाट प्रतिभा आचार्य वि.व्य.स. बाट शिक्षक प्रतिनिधि राम प्रवेश राय र शिक्षक प्रतिनिधि बाट कमला के सी ,सल्लाहकार लिला जंग छन्त्याल र शिक्षक अभिभावक बाट पूर्ण कुमारी छन्त्याल रहनु भएको छ ।यहाँहरु सबैलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरिएको थियो ।

समाचारदाता : राजु बि क

10/06/2015

मलाई यो विद्यालयको किन यति धेरै माया लाग्छ । म त एउटा साधारण शिक्षक हु मलाई कुनै लाभ छैन तर पनि किन यति धेरै माया लाग्छ ।अरु भन्नेले त जे भनुन मेरो कार्यकालमा यो विद्यालयलाई प्रगतिको बाटोमा लैजाने प्रयास गर्ने छु ।सबैको मनमा बस्ने प्रयास गर्ने छु ।यसको लागि मलाई सहयोग चाहिन्छ ।म विज्ञान विषयको लागि नियुक्ति भएको भए पनि यो स्कुलले कम्प्युटरको लागि नयाँ शिक्षक नियुक्ति गर्ने विद्यालयमा आर्थिक नभएको हुनाले म राजीखुशी भई कम्प्युटर पनि अध्यापन गराउछु ।

10/06/2015

Address

Burtibang

Website

Alerts

Be the first to know and let us send you an email when श्री घोसाखानी निम्नमाध्यमिक विद्यालयGhosa khani Lower secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category