08/08/2026
हिजो मिति २०८३ श्रावण २२ गते कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरु सँगको भेलामा विद्यालयले यस शैक्षिक वर्ष देखि अवलम्बन गरेको एकिकृत मूल्यांकन पद्धतिको महत्वपूर्ण छलफल सञ्चालन गरेको थियो। भेला पश्चात मूल्याकन प्रतिवेदन पेश गरिएको थियो। उक्त भेलामा गुठीका निर्देशक नारद प्रसाद भण्डारी र काठमाडौ विश्वविद्यालयका प्रतिनिधि तथा प्रशिक्षक श्री लोकेन्द्र कार्की ज्यू बाट मूल्यांकनको नयाँ प्रारुप र यसको अवसर र चुनौतिको बारेमा चर्चा भएको थियो।