24/09/2026
दुःखमा देश, साथमा हामी: प्रधानमन्त्री राहत कोषमा सहयोग सम्पन्न!
बाढी र प्राकृतिक विपत्तिका कारण देशले भोगेको यो कठिन घडीमा आज GHP School परिवारले केवल सहानुभूति मात्र प्रकट गरेन, कर्तव्य पनि निभाएको छ।
हाम्रो विद्यालयका आदरणीय व्यवस्थापन समिति, ऊर्जावान् शिक्षक र सहयोगी कर्मचारी वर्गको संयुक्त प्रयासबाट संकलन गरिएको कुल रु १,५५,०००/- (एक लाख पचपन्न हजार रुपैयाँ) आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सफलतापूर्वक हस्तान्तरण गरिएको छ।
हाम्रो यस ऐक्यबद्धतालाई थप गरिमामय बनाउन आज पर्साका आदरणीय जिल्ला शिक्षा अधिकारी (DEO) श्री मोतीराम भट्टराई ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित भई विद्यालय परिवारको तर्फबाट यो सहयोग रकम ग्रहण गरिदिनुभयो। उहाँका प्रेरणादायी शब्दहरूले हामीलाई विद्यालयले बालबालिकाको भविष्य मात्र बनाउँदैन, यस्ता कार्यहरूले संकटमा परेको देशको जग पनि बलियो बनाउँछन्।
यस परोपकारी कार्यमा स्वतःस्फूर्त रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरूमा हार्दिक नमन।
आजको गौरवमय एवं आत्मीय क्षणका केही तस्बिरहरू तल हेर्न सक्नुहुनेछ।