Social Studies Teachers Group

Social Studies Teachers Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Studies Teachers Group, Education, Birgunj Metropolitan city, parsa, Birgunj.

22/09/2026
22/09/2026
22/09/2026

शिक्षकले पेन्सनपट्टा बनाउन अब काठमाडौं आउन नपर्ने
राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले शिक्षकका लागि ई-पेन्सन सुविधा लागू गर्ने भएको छ ।
अवकाशपछि पेन्सनपट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले अब काठमाडौं धाउन नपर्ने भएको छ ।
राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले शिक्षकका लागि ई-पेन्सन सुविधा लागू गर्ने भएको छ । शाखाका निर्देशक विश्वास विकका अनुसार ई-पेन्सनको परीक्षण सफल भएकाले यसलाई देशभर विस्तार गरिनेछ । शाखाले काठमाडौं र भक्तपुरमा यसको परीक्षण गरेको थियो । परीक्षणका क्रममा यी दुई जिल्लाका शिक्षकले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाटै पेन्सनपट्टा प्राप्त गरेका थिए । काठमाडौंका शिक्षक चन्द्रकला कार्की र भक्तपुरका जगतकृष्ण सामाले ई-पेन्सन सेवा लिएको शाखाले जनाएको छ ।
अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताबखानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शाखाले जनाएको छ ।
देशभर १ लाख ८ हजार स्थायी शिक्षकको दरबन्दी छ । निजामती कर्मचारीका लागि गत चैतदेखि ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो थियो ।
‘अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताबखानामा आएर पेन्सनपट्टा बन्थ्यो,’ विकले भने, ‘अब विद्यालय, पालिका, जिल्ला इकाईसम्म शिक्षक आउने भए । शिक्षक किताबखाना आउनु पर्दैन । जिल्लाबाटै पेन्सनपट्टा बन्छ ।’
इकाईमा शिक्षकले बुझाएको कागजात केन्द्रमा पठाउने र त्यहीँबाट रुजु गरेर पेन्सन सुविधा प्राप्त गर्न सकिने उनको भनाइ छ ।
ई-पेन्सनको परीक्षण सफल भएकाले क्रमशः ७७ वटै जिल्लामा विस्तार गर्ने शिक्षक किताबखानाले जनाएको छ । निजामती कर्मचारीले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पेन्सनपट्टा प्राप्त गर्ने व्यवस्था गरिएको राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले बताए ।
गत ६ चैतदेखि निजामती कर्मचारीका लागि ई-पेन्सन सेवा सुरु गरिएको थियो । ‘अवकाशप्राप्त निजामती कर्मचारी कोष तथा लेखा नियन्त्रक कार्यालय जान्छन् । त्यहाँ आवेदन दिएपछि कागजात रुजु हुन्छ,’ उनले भने, ‘त्यहीँबाट पेन्सनपट्टा प्राप्त गरेपछि काठमाडौं आउनु पर्दैन ।’
स्राेत

10/08/2026

🇳🇵 सबै राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूका लागि उपयोगी औजार! 🇳🇵
आफ्नो पद र ग्रेड अनुसारको मासिक खुद तलब, दशैं भत्ता, CIT कट्टी र कुल वार्षिक आम्दानी सेकेन्डमै हिसाब गर्नुहोस्!
✨ ६ वटै सेवा समेटिएको:
🏫 शिक्षक | 🏛️ निजामती | 🏥 स्वास्थ्य | 🪖 सेना | 👮 प्रहरी | 🛡️ APF
👉 अहिले नै हिसाब गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्:
🔗 https://abinasthapa.netlify.app/

(उपयोगी लागेमा आफ्ना साथीहरूलाई पनि Share गरिदिनुहोला!) 🙏😊

शिक्षक | विज्ञान तथा प्रविधि प्रेमी | साहित्य अनुरागी

09/08/2026
06/08/2026

तर एउटा गम्भीर प्रश्न छ– यदि शिक्षक यति महत्त्वपूर्ण हो भने नेपालमा शिक्षकप्रतिको व्यवहार किन यति तिरस्कृत छ?

Address

Birgunj Metropolitan City, Parsa
Birgunj

Telephone

+19845280668

Website

Alerts

Be the first to know and let us send you an email when Social Studies Teachers Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Social Studies Teachers Group:

Share

Category