16/09/2024
आज 2081 भदौ 31 गते सोमबार
जमीअत उलेमा-ए-नेपाल जिल्ला पर्सा र बारा को सल्लाह-सुझाव कार्यक्रम जमीअत उलेमा ए नेपाल जिल्ला पर्सा को अध्यक्ष मौलाना अफज़ल हुसैन को अध्यक्षता मा मस्जिद उस्मान –ए –गनी (रज.) सिसोबारी ,छपकैया वडा न-१, बीरगंजमहानगर पालिका माँ सम्पन्न भएको छ | यस कार्यक्रम मा प्रमुख अतिथि को रूपमा जमीअत उलेमा-ए-नेपाल को केन्द्रीय सह:अध्यक्ष मौलाना अली असगर मदनी बिशिष्ट अतिथि केन्द्रीय सचिव जिल्ला बारा को मौलाना आमिर हमजा साहब ,केन्द्रीय सदस्य मौलाना साबिर अंसारी काशमी साहब ,मुफ़्ती जहुर नोमानी साहब ,कारी नेक मुहम्मद साहब मौलाना मुस्ताक साहब र जिल्ला पर्सा र बारा का सरपरस्त मौलाना अब्दुल सत्तार मदनी साहब लगायत भिभिन्न जमीअत उलेमा ए नेपाल का पदाधिकारी तथा शुभ-चिन्तक उलेमाहरु (मौलानाहरु) को उपस्तिथि रहेको थियो |
यस कार्यक्रम को शुरुवात मस्जिद उस्मान –ए –गनी (रज.) सिसोबारी ,छपकैया वडा न-१ को इमाम मुफ़्ती अशरफ द्वारा कुरान –ए पाकको तिलावत गरियो तथा नात ए रशुल कारी अब्दुल रहीम द्वारा आफ्नो शानदार आवाज मा पढ़ियो त्यसपछि क्रायक्रम आफ्नो गन्तब्य तर्फ लाग्यो | कार्य्रक्रममा सवाल जवाब पनि राखिएको थियो भने सम्पूर्ण उलेमा हरुलाई शान्ति को सन्देश तथा आफ्नो कर्तब्य को भान गरौउदै आफ्नो देश र जनता मा प्रेम ,शांति ,प्रगति, मानवता ,इस्लाम धर्म को सुबिचार अपनों जीवनमा अपनाई जीवन निर्वाह गर्न र गराउन जमीअत उलेमाए नेपाल को केन्द्रीय सह अध्यक्ष मौलाना अली असगर मदनी द्वारा (बयान) सुझाव राखियो र निम्न निर्णय हरु गरियो |
1. यस कार्यक्रममा जमीअत उलेमा ए नेपाल मा आवध भएका उलेमाहरु हरुलाई पहचान पत्र प्रदान गरिने र गैर जिम्मेदारलाई पहचान पत्र प्रदान नगरिने निर्णय गरियो |
2. जीतपुर मिलनचोक नजिक एउटा बस्ती सब्या ताड़ी छ त्यहा मुस्लिम हरू को संख्या धेरै नै कम छ त्यहा एउटा कादयानी मुस्लिम बच्चाहरुलाइ आफ्नो पाठ पढाई रहेको छ त्यहा को जानकारी मौलाना कमरुलाह साहब र मास्टर मुजीबुर रहमान साहब ले दिनु भयो खबर पाउनुबितिकै जमीअत उलेमा ए नेपालको सम्पूर्ण सदस्य हरुले निर्णय गरे की त्यहा पूगी त्यहा का सम्पूर्ण मुस्लिम समुदाय हरुलाई त्यो कादयानी बाट सचेत गराऊन यो जेम्मेदारी मास्टर मुजीबुर रहमान र मौलाना कमरुल्लाह साहब लाइ दिईयो साथ मा सम्पूर्ण जमीअत को उलेमा हरु पनि साथ निभाउन वाचा गरे |
3. जमीअत उलेमा ए नेपाल को आगामी सल्लाह सुझाव कार्यक्रम मिलन चौक मा 16-10-2024 तारीख बुधबार मा हुने र सम्पूर्ण उलेमा हरुलाई अनिवार्य उपस्तिथि हुने गरी निर्णय गरियो |
आखिर मा जमीअत उलेमा ए नेपाल को केन्द्रीय सचिव मौलाना आमिर हमजा द्वारा दुवा प्रथना गरी यस कार्यक्रम को समापन गरियो र यस कार्यक्रम को उदघोसकको जिम्मेवारी मुफ़्ती जहूर नोमानी साहब द्वारा गरिएको थियो |