05/08/2026
खेल्दै सिकौँ, बुझ्दै बढौँ र स्वस्थ भविष्य बनाऔँ। ❤️
विश्व स्तनपान सप्ताह २०२६ को चौथो दिनको अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागद्वारा बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा विभिन्न विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले खेलौनामार्फत सिकाइ, सिर्जनशीलता र बाल विकासका बारेमा रमाइलो तरिकाले जानकारी लिए। 🎨🧸
साथै, स्तनपानसम्बन्धी पोस्टर प्रदर्शनीमार्फत आमाहरूलाई सही तरिकाले स्तनपान गराउने र शिशुको स्वस्थ विकासमा आमाको दूधको महत्त्वबारे सरल रूपमा जानकारी दिइयो। 🤱❤️
नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम प्रदान गरी आमा र शिशुबीचको सुन्दर सम्बन्धलाई अझ विशेष बनाइएको थियो। 👩🍼👶💕
बालबालिकाको हाँसो, आमाको माया र सही ज्ञान—स्वस्थ भविष्यको सुन्दर सुरुवात। 🌷