Annapurna Public college - APC

Annapurna Public college - APC A reputed college in Birgunj-16 nagawa Railway Road

15/08/2023
26/07/2023

#खबर अभी अभी सोलन ब्यूरो* 21 जुलाई 2023 बाहरा विश्वविद्यालय में 20 जुलाई को नेपाल के 27 शिक्षाविदों का एक प्रतिनिधिमंडल पह...

16/07/2022

आउनुहोस् एक पटक शिक्षकलाई गाली गरौ!!!

आजका आधुनिक विद्यार्थीहरु, कक्षामा अनुशासनमा बस्न चाहदैनन्, आफ्ना गुरुले अह्राएका कुरा शिरोधार गर्नै खोज्दैनन अनि अध्ययनमा चाहिने लगाव, अभिरुचि र अथक परिश्रम यि आधुनिक विद्यार्थीमा देखिनै छाड्यो ।

कहिले एउटा बच्चो चर्पीमा चुरोट तान्दै गरेको भेटिन्छ,
उसलाई पक्रेर सोधपुछ गरिन्छ। उसका अभिभावक बोलाएर यथार्थ कुरा बोलिविस्तार लगाइन्छ। सुरुमा आफ्नो बच्चामाथि अनावश्यक शङ्का/आरोप लगाएको भनी अभिभावक आवेगमा आउन सक्छन् तर पछि आफुले पनि सत्य थाहा पाएपछि उनीहरुको जवाफ हुन्छ, "हामीले सकेनौं , हामीले भनेकै मान्दैन, हामीलाई टेर्दै टेर्दैन, यसलाई कुटपिट जे गरेर हुन्छ सुधारिदिनु पर्‍यो सर/म्याडम " भनी बिन्ती बिसाउछन ।

फेरी अर्को दिन पनि त्यही बच्चो चुरोट तान्दै गर्दा पक्राउ पर्छ, शिक्षकले पनि अभिभावकले गरेको अनुरोध सम्झन्छन् र उक्त विधार्थीलाई सहि बाटो ल्याउन सक्छु नि भनी गाली गर्छन्, २/४ थप्पड पनि लगाउछन ।

भोलिपल्ट त्यही बच्चोको अभिभावक दलबलसहित विद्यालय आएर हाम्रा बच्चालाई हान्ने मास्टर कुन हो, को हो त्यो? भन्दै तुरुन्त उपचार तथा क्षतिपूर्ति भराउन बवाल मच्चाइन्छ। निरीह शिक्षक खुट्टाका औंलादेखि टाउकाको रौं सम्मको उपचारका नाउँमा क्षतिपूर्ति तिर्न बाध्य हुन्छ, उस्तै पर गाउँका ठुटे नेताको रोहवरमा अबदेखि विद्यार्थीलाई पिट्ने छैन भनी कागज बनाइन्छ।

त्यसपछि त बच्चो बिन्दास चुरोट तान्दै हिंड्छ, कपाल ठाडो पार्छ, पाईन्ट चुज हुदै जान्छ, चप्पल ठुला हुदै जान्छन, शरीरभरि टाटु हान्छ। अनि फेरी २/४ जना वि. व्य. स. का पदाधिकारी लगायत अभिभावक समेतले भन्न थाल्छन्, "हैन, यो स्कूलका मास्टर कस्ता हुन हँ ??? विद्यार्थीले खुलेआम चुरोट तान्या नदेख्ने, टाटु हान्या नदेख्ने, यहाँका मास्टरको केही काम छैन। स्कूल त पुरै बिग्रेको पो रहेछ! स्कूल अलि सुधार्नु पर्‍यो।"

यसरी समय बित्दै जादा त्यो बच्चा घरबाट स्कूल जान्छु भनी निस्केपनी स्कुलमा पुग्दैन, जथाभावी डुल्छ मनलाग्दी खान थाल्छ।कुनै दिन स्कुल पुगेछ भनेपनी पढ्दैन, दिएका काम गर्दैन, भनेको टेर्दा पनि टेर्दैन। मोवाईल ल्याउछ टिकटक बनाउछ। ऊ एउटा बोरामा रहेको कुहिएको आलु सरह हुन्छ, उसको संगतले अरु विद्यार्थी नि गलत बाटोमा लाग्न थाल्छन् ...... ।।

फलस्वरूप शैक्षिक गुणस्तर दिनानुदिन खस्किदै जान्छ। स्थानिय सरकार लगायत कथित नीति निर्माता अनि शिक्षाविद्हरुको शिक्षक लक्षित लामो आरोप पत्र जारी हुन्छ।

त्यसपछि गुणस्तर कसरी सुधार्ने भन्ने छलफल चल्छ, केन्द्रिय स्तरमा शिक्षा सचिव, विभाग हुदै सरोकारवालाको,र निष्कर्ष निकाल्छन् विदेश भ्रमणमा जाने र त्यहाँ शैक्षिक गुणस्तर कसरी सुधारेका रहेछन् हेर्ने ।

विदेश घुमफिर गरि आउँछन् , भत्ता पचाउछन्, बचेकुचेको केही भए समन्वय इकाई सम्म आउछ। सम्पूर्ण विद्यालयका शिक्षकलाई पूर्ण बालमैत्री वातावरणमा शिक्षण गर्न-गराउन भनी निर्देशन जारी हुन्छ।

त्यही निर्देशनलाई आधार मान्दै गाउँले सिंहदरवारका छोटे राजाहरुल कारबाही गर्ने धम्की दिन थाल्छन् र भोका युट्युवेहरु मोवाईलको क्यामेरा ठड्याउछन । ठुटे नेतालाई ठुलो नेता हुने रहर जागेर आउछ र एकदिन ऊ पनि शिक्षामन्त्री बन्न पुग्छ। उसले आफ्नो भाषणबाटै शैक्षिक सुधार हुन्छ झैं अनवरत रूपमा भाषण दिदै जान्छ ...... ।

शिक्षक निरीह भएर सहिरहन्छ, उसको हृदय रुन्छ, आखाभरी आएको आशु पनि लुकाउछ! पुनः आफ्नो योजनाको एक नम्बरबाट आफ्नो काम सुरु गर्छ। आफू जलेर पनि यो बेमतलवी दुनियाँमा ज्ञानरूपी प्रकाश छर्न अनवरत लागिरहन्छ।

आउनुहोस् तपाईं हामी सबै मिलेर एक पटक शिक्षकलाई गाली गरौं र शैक्षिक गुणस्तर सुधार गर्नमा मदत पुर्‍याऔ ।।
Copied

हाम्रो अन्नपूर्णा पब्लिक काँलेजको सँचालक श्री होरिल साहज्यूको जन्मदिनको उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर...
06/07/2022

हाम्रो अन्नपूर्णा पब्लिक काँलेजको सँचालक श्री होरिल साहज्यूको जन्मदिनको उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

29/06/2022

प्रिय विद्यार्थीहरु नमस्कार। अत्यधिक वर्षाको कारण क्याम्पस जाने बाटो खराब भएको हुनाले कक्षा १२ को क्लास मिति २०७९-०३- २० गते सोमबार देखि पूर्व निर्धारित समयमा नै सँचालन हुनेछ। धन्यवाद

Address

Birgunj

Telephone

+97751520127

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Public college - APC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Annapurna Public college - APC:

Shortcuts

Share

Category