25/10/2018
तिम्रो साँचो प्रेमको मूल्य,तोकिएला होस गर ।
जवानीलाई पैसासँग, जोखिएला होस गर ।
औकात पनि बिर्सिएर, हदै सम्म भयो भने,
चुरीफुरीले उम्लिएर, पोखिएला होस गर ।
भोलीको दिन देखिन्दैन, समयले जे नी गर्छ,
हाँस्दा हाँस्दै सबै खुशी,खोसिएला होस गर ।
मायाँ गर्ने बाहानामा,स्वार्थ लुट्ने धेरै हुन्छन्,
मौका छोपी मुटुमा झिर,रोपिएला होस गर ।
समयले कोल्टे फेरे, आँखा तर्लान् आफन्तैले,
पाईलै पिच्छे ठेस लागि,ठोकिएला होस गर