17/05/2026
सूचना
विषय: बाल कक्षा देखि कक्षा ३ सम्म पठनपाठन स्थगन सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू,
यस श्री सत्यनारायण माध्यमिक विद्यालयको परिसरमा निर्माणाधीन नयाँ विद्यालय भवनको छत ढलान कार्य हुन गइरहेको हुनाले, उक्त निर्माण कार्यको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै भोलि मिति २०८३ साल जेठ ०४ गते सोमबारका दिन निम्न बमोजिमका कक्षाहरू मात्र बन्द रहने व्यहोरा जानकारी गराइन्छ:
• बाल कक्षा (ECD)
• कक्षा २ (Two)
• कक्षा ३ (Three)
निर्माण कार्यका कारण विद्यार्थीहरूमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी यो निर्णय गरिएको हो । उल्लेखित कक्षाहरू बाहेक अन्य सम्पूर्ण कक्षाहरू (कक्षा ४ देखि माथिका) नियमित रूपमा सञ्चालन हुनेछन्।
निर्माण कार्यका कारण पर्न गएको असुविधाप्रति विद्यालय प्रशासन क्षमाप्रार्थी छ । विद्यालयको भौतिक विकास र विद्यार्थीको सुरक्षाका लागि यहाँहरूको सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन
श्री सत्यनारायण माध्यमिक विद्यालय