सस्कृति ज्ञान परिक्षा नेपाल - Sgp NEPAL

  • Home
  • Nepal
  • Biratnagar
  • सस्कृति ज्ञान परिक्षा नेपाल - Sgp NEPAL

सस्कृति ज्ञान परिक्षा नेपाल - Sgp NEPAL सकारात्मक सोंच सकारात्मक विचार संस्क

प्रज्ञा अभियान किन ? सबलाई सद्ज्ञान दिन ।
अहिले हाम्रो समाजमा धेरै संस्कारहरु लोप भइसकेको कुनै लोपोन्मुख अवस्थामा पुगेको र केही प्रचलनमा रहे पनि प्राणहीन कर्मकाण्डका साथमा गरिने हुँदा संस्कार हुने ब्यक्तिले त्यो संस्कारको प्रेरणा,भावना,त्यसको वैज्ञानिक मनोवैज्ञानिक कारणको बारेमा थाहै पाइदैन । पंडित आफ्नै धुनमा हुन्छन् संस्कार हुने यजमान हेल्लो हेलो भन्दै मोबाइलमा ब्यस्त हुन्छन, आफुलाई त्यहाँ बिनाकाममा भुल्याएको ठान्छ , छिट्टै उठेर अरुसंग होहल्लामा सामेल हुन चाहन्छ । म जीवनको कुन मोडमा आइ पुगें? अब कसरी अगाडि बढ्नु पर्छ र मलाई यो प्रशिक्षण किन दिइदैछ भन्ने बुझेकै हुन्न । विवाहको भोलि पल्ट सोध्ने हो भने सप्तपदीको मर्म के हो ? प्रायश्चित्तको भावना के हो ? वर बधुको प्रतिज्ञाले के सिकायो ? थाहै हुन्न ।
आजकल संस्कार खान–पान नाच–गान र शानमा सीमित भयो । जनै भिराई दिए पछि ब्रतबन्ध भयो । सिन्दुर खन्याइदिए पछि बिवाह भयो । टीको र जवँरा लायो , नखाने कुरा खायो दशैं भयो । भैलो खेल्यो फागु खेल्यो, लोक संस्कृतिको जगेर्ना गरेको फूर्ति लायो । प्रत्येक चाड पर्बले दिन खोजको सन्देश प्रेरणा भावना वैज्ञानिक मनोवैज्ञानिक पक्ष त्यसको महत्व र आवश्कता बुझ्न नपाएर आज मनुष्यले आफैलाई हरायो । मनुष्यता गुमायो । मान्छे जस्तै देखिए पनि मान्छे हो कि होइन भनेर ठम्याउन पर्ने भयो । मान्छेले खान हुने र नहुने छुट्याउन छोड्यो , छिप्कली सम्म नछोड्ने भयो । संस्कार बिहिन भएर यस्तो भएको हो । “मानव जीवनको प्राण हो संस्कार” भन्ने कुरा भुल्यो । जीवनभर कुकृत्यमा रमायो , मर्नेबेलामा बृद्धाश्रमको हावा खायो । संस्कार छोड्दा के हुँदो रहेछ भन्ने अन्त्यमा बल्ल चाल पायो ।
पाश्चात्य छाडा संस्कृतिको नक्कल गर्न खोज्दा खोज्दै आफ्नो अक्कल पुरै गुमाएर उच्छृंखल,उद्दण्ड,अशोभनीय र अब्यवस्थित जीवन जीउन पुगेकाहरुको सद्बुद्धि जगाएर मनुष्यमा देवत्व भर्न र समाजलाई सुसंस्कृत बनाउन सज्जनहरुलाई संगठित गरेर सत्साहस र सत्प्रवृति संबर्धन गरेर ंिसगों नेपाललाई नै प्रज्ञामय बनाउने कार्यक्रमको नाम हो “प्रज्ञा अभियान नेपाल” यसको मूल नारा हो ः–
मेचि महाकाली चलाऊँ प्रज्ञा अभियान ।
सज्जनहरुको संगठन सत्प्रवृति संबर्धन ।।
अहिले पनि समाजमा सज्जनहरुको संख्या कम छैन, सज्जनहरु संगठित नभएको मौका पारी दुर्जनहरुले दुष्प्रबृति फैलाउन सफल भएका हुन् । यदि सज्जनहरु संगठित हुने हो भने समाजमा सत्प्रबृति फैलाउन सकिन्छ भन्ने सोचका साथ पहिलो पटक
“वैज्ञानिक अध्यात्मबाद आजको आवश्यकता,
विद्याथीलाई सुसंस्कार युक्त शिक्षा हाम्रो प्रतिबद्धता।”
भन्ने मूल नाराका साथ पूर्वाञ्चलको सिरहा जिल्ला धनगढी गा.बि.स बार्ड नं १ मा सगरमाथा प्रज्ञा पीठका नाममा आधुनिक गुरुकुल स्थापना भयो । यसको संचालन सफलता पूर्वक अगाडी बढ्दै गएपछि दोस्रो बर्षमै अन्यत्र कहाँ कहाँ चल्न सक्छ भनेर मेची महाकाली प्रज्ञा अभियानको कार्यक्रम बनाएर संभाब्यता अध्ययनको क्रममा झापाको बाहुनडाँगी देखि कञ्चनपुरको सुखासाल सम्म ११ अञ्चलको भ्रमण गरियो ।
संचालनमा आएको आधुनिक गुरुकुलको नमुना सगरमाथा प्रज्ञा पीठ सोनापुर धनगढी सिरहामा छ भने चल्न सक्ने सम्भाबना देखिएकाहरु मध्ये झापाको बाहुनडाँगी, कपिलबस्तुको बाणगंगा, दाङको घोराही, बाँकेको कम्दी, कैलालीको अत्तरीया र कञ्चनपुरको सुखासाल अगाडी आएका छन् । प्रज्ञा पुस्तकालयको हकमा माण्डब्य प्रज्ञा पुस्तकालय डमकडा मदनपोखरा पाल्पा र श्री चितवन कालिका मन्दिर भरतपुर १० मा सुरुवात भएको छ ।
बाल संस्कारशालाको लागि महाकाली, सेती, भेरी, राप्ती चार अञ्चलका निम्नानुसार १७ ठाँउमा नमुनाको रुपमा एक एक कक्षा संचालन गरेर देखाइयो । ः–
नमुना कक्षा संचालन गरिएका स्कूल क्याम्पसहरु ः
१. अम्ब्रोसिया एकेडेमी सुखासाल कञ्चनपुर ।
२. गुरुकुल एकेडेमी धनगढी कैलाली ।
३.स्टेपिङ स्टोन ईङ्ग्लिस स्कूल धनगढी कैलाली ।
४. मयूर ईङ्ग्लिस बोर्डिङ स्कूल धनगढी ।
५. भैरबबाबा नि.मा.बि धनगढी कैलाली ।
६. बासुदेवी उच्च मा.बि धनगढी कैलाली ।
७. भुबनेश्वरी बहुउद्देश्यीय सामुदायिक बिकास केन्द्र धनगढी कैलाली ।
८. राम जानकी मन्दिर ब्यबस्थापन समिति धनगढी कैलाली ।
९. राष्ट्रिय माध्यमिक विद्यालय मालाखेती कैलाली ।
१०. दुर्गालक्ष्मी बहुमुखि क्याम्पस अत्तरिया कैलाली ।
११. गुहेश्वरी माध्यमिक विद्यालय गेटा कैलाली ।
१२. सहीद स्मारक उच्च मा.बि. कम्दी बाँके ।
१३. ज्ञानदीप माध्यमिक विद्यालय डलैपुर कम्दी बाँके ।
१४. जगज्ज्योति मा.बि. फुटाहा बाँके ।
१५. मध्यपश्चिम बहुमुखि क्याम्पस नेपालगंज बाँके ।
१६. श्री माध्यमिक विद्यालय अमिलीया चोक दाङ ।
१७. श्री ज्ञानज्योति नि.मा.बि सतवरिया भौंका दाङ ।
यी कक्षा अवलोकन गरिसकेपछि क्याम्पस प्रमुख, शिक्षक, अभिभावक, ब्यबस्थापन समिति, विद्यार्थीको प्रतिक्रियामा हप्तामा कम्तिमा एउटा यस्तो कक्षा चल्नु पर्छ भन्ने सबैको रुचि र चाहना थियो । त्यसलाई ध्यानमा राखि प्रत्येक विद्यालयमा ६,७ र ८ कक्षाका विद्यार्थीहरुलाई शिक्षाकै साथमा विद्या पनि दिने उद्देश्यले उपयुक्त विषयबस्तुहरु समेत संकलन गरी बाल संस्कारशाला आचार्य मार्गदर्शिकाको तयारी भइसकेको छ ।
मानव जीवन ब्यबस्थापनका लगि विश्व ब्यापि वैज्ञानिक अध्यात्मवादको नाम हो विचार क्रान्ति अर्थात अब्यबस्थित रुपमा चलेको जीवन क्रमलाई ब्यवस्थित बनाउनको लागि गरिने विचार परिवर्तन सबैको चिन्तन चरित्र र ब्यवहारमा परिवर्तन आउँदा युग नै परिवर्तन हुने हुँदा यसलाई युग निर्माण योजना पनि भनिन्छ । यसको लागि मनुष्यमा प्रज्ञा जागृत गराउन अभियान चलाउन पर्ने भएकोले यसलाई प्रज्ञा अभियान पनि भनिन्छ । मानव मस्तिष्कमा सद्बुद्धि जगाउने हतियार गायत्री महामन्त्र भएकोले गायत्री साधकहरुको यस संगठनलाई अखिल विश्व गायत्री परिवार पनि भनिन्छ । यसको काम सज्जनहरुलाई संगठित गर्नु , सत्प्रवृति संबर्धन गर्नु मनुष्यमा देवत्व भर्नु धरतीमा स्वर्ग अवतरण गराउन समाजलाई सुसंस्कृत बनाउनु हो ।
प्रज्ञा अभियान नेपाल भित्रका कार्यक्रमहरु ः–
१. प्रज्ञा पाठशाला (आधुनिक गुरुकुल) २. प्रज्ञा पुस्तकालय ३. प्रज्ञा बाल संस्कारशाला
बाल संस्कारशालामा त्यस्तो के छ ?
प्रत्येक मा.बि. मा कक्षा ६,७ र ८ मा नैतिक शिक्षाको साथमा र गाँउ समाजमा भएका १० देखि १४ बर्ष सम्मका बाल बालिकाहरुको बिचमा बाल संस्कारशालाको कक्षा चलाएर अनुशासन, चरित्र, नैतिकता, कर्तब्य परायणता, माता पिता गुरु प्रति श्रद्धा, पितृभक्ति, समाज सेवा,राष्ट्र भक्ति,राष्ट्रिय एकता,समता,सचिता,शिष्टता,शालीनता,सभ्यता, खान पान रहन सहन सदाचार सुसंस्कार आदि कुराको ज्ञान दिएमा उनीहरु कहिल्लै नबिग्रने र माथिल्ला कक्षामा पुग्दा पनि अनुशासनमा रहने हुनाले पठन पाठनमा सुबिधा हुने समेत अनुभवी शिक्षकहरुको निष्कर्ष रहेको छ ।
मानब जीवनको प्राण हो संस्कार ।
सभ्य समाजको आधार बाल संस्कार ।।
बाल संस्कार शालाको मुख्य उद्देश्य के हो ?
बा ः बालकहरुमा दिब्य गुणहरुको बिकास गराउने ।
ल ः लक्ष्य निर्धारण गरेर अगि बढ्न सिकाउने ।
सं ः संस्कार र संस्कृतिको ज्ञान गराएर त्यसको संबर्धन गर्न लगाउने ।
स् ः स्मरण शक्ति बढाउने, स्वाध्यायी,स्वावलम्बी र स्वयंसेबी बनाउने ।
का ः कार्यक्षमता कार्यकुशलता बढाउने ।
र ः रचनात्मक शैलीबाट मानवीय गुणहरु बढाउने ।
शा ः शालीन शिष्ट र सभ्य ब्यक्तित्व तयार गर्ने ।
ला ः लाखौं मणिमा एउटा चम्किलो हीरा बनाउने ।
प्रज्ञा पीठ संचालन गर्ने ब्यक्तिहरु कम्तिमा पनि सज्जनहरुको संगठन सत्प्रबृति संबर्धन भन्न सुहाउने, सात्विक खानपान, सादा जीवन उच्च बिचार अवलम्बन गर्ने , सम्पत्ति ब्यक्तिगन स्वार्थपूर्तिको साधन मात्रै होइन सामाजिक प्रतिष्ठाका लागि पनि सदुपयोग गर्न सकिन्छ भन्ने बुझेको, लोकसेवाको भावनाले ओतप्रोत भएको हुनुपर्दछ । नाफा कमाउने उद्देश्य भन्दा पुण्य परमार्थ कमाउने मानसिकताले संचालन हुनुपर्दछ ।
आधुनिक गुरुकुल (प्रज्ञा पीठ) मा पढाउने गुरुहरु पनि साधना, स्वाध्याय, स्ांयम सेवालाई अवलम्बन गर्न सक्ने, मानब जीवन ब्यबस्थापनका लागि विश्वब्यापी वैज्ञानिक अध्यात्मवाद संग संबन्धित प्रज्ञा अभियानका संचालक पूज्य गुरुदेव द्वारा दीक्षित, युगनिर्माण योजनाको कार्यक्रमबाट प्रशिक्षित, आफुलाई नोकर सम्झिने मानसिकताबाट उठेर आफ्नो भाग्यको निर्माता आफै बन्ने र आफ्नो मालिक आफै हुने हिम्मत भएको, अनुशासन, चरित्र, नैतिकता, कर्तब्य परायणता, समाज सेवा, राष्ट्र भक्तिको साथै शिष्ट सभ्य शालीन र सुसंस्कार सम्पन्न हुनुपर्दछ । किनकि आफू संग नभएको चीज अरुलाई दिन सकिदैन ।
“शिक्षाले मात्र पुग्दैन ज्ञान नदिई हुदैन ।
शिक्षकमै छैन भने विद्यार्थीले पाउँदैन ।।“
पहिले पहिले गुरुकुलमा दिइने शिक्षा गुणग्राही हुन्थ्यो । अहिले त्यो छैन । आज विद्याथीले विद्या आर्जन गर्न पाएका छैनन किनकि आज आचार्य छैनन । गुरु शिष्य परम्पराको अभाव छ । शिक्षा केवल अर्थोपार्जनको साधन बनेको छ । शिक्षकको ध्यान पैसामा , विद्यार्थीको ध्यान सर्टिफिकेट हात पार्नुमा । यस्तो अवस्थामा राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति कसरी उत्पादन हुन सक्छ ? ब्यक्तिगत र पारिवारिक जीवनको उत्थान कसरी हुन्छ ? कसरी समाज र राष्ट्रको उन्नती प्रगती हुन्छ ?
एउटा कुशल शिक्षकले विद्यार्थीको दिमाग सफा गरिदिन्छ , राम्रा कुरा भरिदिन्छ ,भावना निर्माण गरिदिन्छ विचार क्रान्ति गरिदिन्छ । मनुष्यता भरिदिन्छ अर्थात एउटा असल नागरिक तयार गरेर समाजलाई दिन्छ छोटकरीमा भन्दा सभ्य समाज निर्माण गर्नुमा सबै भन्दा ठूलो भूमिका शिक्षकको हुन्छ जुन काम अरु कसै बाट सम्भव देखिदैन । शिक्षकले कोर्षमा भएका कुरामात्रै पढाएर पुग्दैन राम्रा कुरा जहाँबाट पनि ल्याएर विद्यार्थीलाई दिन जान्नु पर्दछ । किनकि ब्यक्ति निर्माण, परिवार निर्माण समाज निर्माण राष्ट्र निर्माण सबै शिक्षकले नै गर्ने हो । तर त्यो गर्नलाइ सबैभन्दा पहिले आफुलाई निर्माण गर्नु पर्दछ । आफै नसुध्रेकोले अरुलाई सुधार्ने अधिकार पनि हुदैन र संभव पनि छैन । शिक्षक स्वयं चन्चले छ , धर्यता छैन , स्वाध्याय गर्दैन ध्यान धारणाको महत्वनै बुझेको छैन भने विद्यार्र्थीलाई ज्ञान के दिन्छ ।
ज्ञान थोपर्ने कुरा होइन उसको सुतेको ज्ञानलाई जगाउने मात्र हो । त्यसैले पढाउनु भन्दा पढ्न प्रेरित गर्नु ठूलो कुरा हो । शिक्षकको काम पढाई प्रतिको भोक जगाई दिनु हो । त्यसको लागि यी पाँच प्रकृया अपनाउनु पर्दछ । १. सूचक , २ दर्शन , ३. वाचक , ४. प्रेरक र ५.बोधक बन्नु पर्दछ ।
कार्यक्रम छ, योजना बन्छ, काम हुन्छ, असम्भव भन्ने केही हुदै हुन्न ।"Nothing is impossible everything is possible" त्यसै भनिएको होइन ।

सम्पर्क
प्रज्ञा अभियान नेपाल
फोन नं. ः ९८४३४०८७१२
ः ९८४७१९०२३८

"संस्कार युक्त शिक्षा हाम्रो अभियान "आदरणीय सम्बन्धित सम्पुर्ण व्यक्तित्व ज्यु हरुलाई हामी संग जोडिन हार्दिक आमन्त्रण गर...
05/02/2025

"संस्कार युक्त शिक्षा हाम्रो अभियान "
आदरणीय सम्बन्धित सम्पुर्ण व्यक्तित्व ज्यु हरुलाई हामी संग जोडिन हार्दिक आमन्त्रण गर्दछौं !
संस्कृति ज्ञान परिक्षा नेपाल

03/04/2020

मृत्यु असहज प्रक्रिया हो । यो संग जस्तोसुकै महान विद्वान, योगी, महात्मा, सन्त, डाक्टर, वैज्ञानिकहरु पनि डराउँछन् । ....

26/02/2020

Yogacharya kamal Paudyal All Right received ..... Nepal's first Sanskaar & Holistic Spiritual Solution यो च्यानल विशुद्ध आध्यात्मिक,धार्मिक, च्यानल हो | जसको...

24/02/2020

मकै पोलेर जीवन धान्ने लोकराज पन्थको कथा Butwal यो च्यानल विशुद्ध आध्यात्मिक,धार्मिक, च्यानल हो | जसको माध्यमबाट हामीह....

19/01/2020

यो च्यानल विशुद्ध आध्यात्मिक,धार्मिक, च्यानल हो | जसको माध्यमबाट हामीहरु ज्योतिष ,कर्मकाण्ड,ध्यान,योग, वास्तु ,पुज...

16/01/2020

नेपाली समाजमा बसन्त पञ्चमीका दिन अधिकांसले अक्षरारम्भ गर्ने प्रचलन रहिआएको छ । तर कतिपयलाई यो विधि कसरी गर्ने भन...

10/01/2020

यो च्यानल विशुद्ध आध्यात्मिक,धार्मिक, च्यानल हो | जसको माध्यमबाट हामीहरु ज्योतिष ,कर्मकाण्ड,ध्यान,योग, वास्तु ,पुज...

23/12/2019

सामान्य स्तरमा घरमै आफैले सहज रुपमा यी नियमहरुको पालना गर्नाले सद्य कष्टबाट निवारण मिल्दछ । लामो समयको अनुसन्धा....

18/12/2019

यो च्यानल विशुद्ध आध्यात्मिक,धार्मिक, च्यानल हो | जसको माध्यमबाट हामीहरु ज्योतिष ,कर्मकाण्ड,ध्यान,योग, वास्तु ,पुज...

Address

Biratnagar

Telephone

+9779804449957

Website

Alerts

Be the first to know and let us send you an email when सस्कृति ज्ञान परिक्षा नेपाल - Sgp NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category