राष्ट्र सेवक बन्ने लक्ष्य

राष्ट्र सेवक बन्ने लक्ष्य निरन्तर लक्ष्य उन्मुख छौँ ।

🙏🙏🙏
11/12/2024

🙏🙏🙏

https://learnanythingnepal.blogspot.com/2024/10/blog-post_15.html
23/10/2024

https://learnanythingnepal.blogspot.com/2024/10/blog-post_15.html

मदन पुरस्कार मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन प.....

23/10/2024

मदन पुरस्कार

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो। गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम रू. ४०००/- रहेको र २०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि दश–दश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था भयो । २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो । त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ ।

मदन पुरस्कार स्थापना घोषणा – वि.सं. २०१२ असोज १०

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको – वि.सं. २०१३

मदन पुरस्कार स्थापना कालको पुरस्कार राशि – रु. ४ हजार

मदन पुरस्कारको हालको पुरस्कार राशि – रु. ४ लाख

सबैभन्दा बढिपटक मदन पुरस्कार पाउने – सत्यमोहन जोशी (तीन पटक) वि.सं. २०१३, २०१७ र २०२८

मदन पुरस्कार पाउने पहिलो महिला – पारिजात (शिरीषको फुल) वि. सं. २०२२

हालसम्म मदन पुरस्कार पाएका महिला – ४ (पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की निहारिका )

सबैभन्दा कम उमेरमा मदन पुरस्कार पाउने – मोदनाथ प्रश्रित (२४ वर्ष, मानव महाकाव्य )

एउटै परिवारबाट मदन पुरस्कार पाउने – धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम

मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री – लोकेन्द्र बहादुर चन्द (विसर्जन)

मदन पुरस्कार पाउने पहिलो विदेशी – फादर विलियम बर्क हेलिङ्गयाक्स (सही शब्द, बि.सं.२०५१)

मदन पुरस्कार पाउने पहिलो उपन्यास – मन (लिलाध्वज थापा) वि. सं. २०१४

मदन पुरस्कार पाउने पहिलो महाकाब्य – मानव (मोदनाथ प्रश्रित) वि. सं. २०२३

मदन पुरस्कार पाउने पहिलो कथासंग्रह –नयाँ सडकको गीत (रमेश विकल) वि. सं. २०१८

मदन पुरस्कार पाउने पहिलो कवितासंग्रह – विस्फोट (भीमनिधि तिवारी) वि. सं. २०१७

मदन पुरस्कार गुठिका अध्यक्ष – कुन्द दीक्षित

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष – कनकमणि दीक्षित

मदन पुरस्कार पुस्तकालय भवन – पाटन ढोका, ललितपुर

मदन पुरस्कार पुस्तकालयका पुस्तकहरूको सूचि – मदन सौरभ

मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचि – मदन गौरव

मदन पुरस्कार वितरण नगरिएको बर्ष – वि.सं. २०३१ र २०३३



हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरूः

वि. सं. २०१३ : हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

वि. सं. २०१३ : जनरल भीमसेन थापा र तत्कालीन नेपाल – चित्तरञ्जन नेपाली

वि. सं. २०१३ : अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी

वि. सं. २०१४ : मन – लीलाध्वज थापा

वि. सं. २०१४ : मृत्तिका उद्योग – करुणाकर वैद्य

वि. सं. २०१५ : उद्यान – गंगाविक्रम सिजापति

वि. सं. २०१५ : कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान

वि. सं. २०१६ : महाकवि देवकोटा – नित्यराज पाण्डे

वि. सं. २०१७ : नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी

वि. सं. २०१७ : विस्फोट – भीमनिधि तिवारी

वि. सं. २०१८ : नयाँ सडकको गीत – रमेश विकल

वि. सं. २०१९ : आमाको सपना – गोपालप्रसाद रिमाल

वि. सं. २०२० : जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा

वि. सं. २०२० : नैषधीय चरित – कोमलनाथ अधिकारी

वि. सं. २०२१ : वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ

वि. सं. २०२१ : प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे

वि. सं. २०२१ : प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय

वि. सं. २०२१ : नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल

वि. सं. २०२२ : शिरीषको फूल – पारिजात

वि. सं. २०२३ : मानव – मोदनाथ प्रश्रित

वि. सं. २०२३ : स्रष्टा र साहित्य – उत्तम कुँवर

वि. सं. २०२४ : नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्मबहादुर देवकोटा

वि. सं. २०२४ : एब्स्ट्रयाक्ट चिन्तन: प्याज – शङ्कर लामिछाने

वि. सं. २०२५ : मङ्गली कुसुम – धर्मराज थापा

वि. सं. २०२५ : टिपन टापन – पारसमणि प्रधान

वि. सं. २०२६ : बेलाइततिर बरालिँदा – तारानाथ शर्मा

वि. सं. २०२७ : नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा

वि. सं. २०२८ : कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी

वि. सं. २०२९ : आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – ईश्वरबल्लभ

वि. सं. २०३० : लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य

वि. सं. २०३२ :आगत – भवानी भिक्षु

वि. सं. २०३४ :लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी

वि. सं. २०३५ : घामका पाइलाहरू – ध. च. गोतामे

वि. सं. २०३६ : नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल, करुणाकर वैद्य

वि. सं. २०३७ : नरसिंह अवतार – जगदीश शमशेर राणा

वि. सं. २०३८ : नदी किनाराका माझी – मोहन कोइराला

वि. सं. २०३९ : माधवी – मदनमणि दीक्षित

वि. सं. २०४० : अलिखित – डा. ध्रुवचन्द्र गौतम

वि. सं. २०४१ : प्रत्यागमन – कन्चन पुडासैनी

वि. सं. २०४२ : वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा

वि. सं. २०४३ : लिच्छवि संवत्को निर्णय – नयराज पन्त

वि. सं. २०४४ : उत्सर्ग प्रेम – राजेश्वर देवकोटा

वि. सं. २०४५ : ज्योति ज्योति महाज्योति – दौलत विक्रम विष्ट

वि. सं. २०४६ : नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम

वि. सं. २०४७ : मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल

वि. सं. २०४८ : पागल बस्ती – सरुभक्त

वि. सं. २०४९ : पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि. सं. २००७) – डा. भवेश्वर पंगेनी

वि. सं. २०५० : माध्यमिक नेपाली गद्याख्यान – शरद्चन्द्र शर्मा भट्टराई

वि. सं. २०५१ : सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स

वि. सं. २०५२ : योजनगन्धा – विनोदप्रसाद धिताल

वि. सं. २०५३ : नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ

वि. सं. २०५४ : विसर्जन – लोकेन्द्रबहादुर चन्द

वि. सं. २०५५ : दुखान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय

वि. सं. २०५६ : अतिरिक्त अभिलेख – दिनेश अधिकारी

वि. सं. २०५७ : नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ

वि. सं. २०५८ : अभिनव संस्कृति कोष – हरिराम जोशी

वि. सं. २०६० : नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली (कवि)

वि. सं. २०६१ : पल्पसा क्याफे – नारायण वाग्ले

वि. सं. २०६२ : राधा – कृष्ण धरावासी

वि. सं. २०६३ : छापामारको छोरो – महेशविक्रम शाह

वि. सं. २०६४ : अन्तर्मनको यात्रा – जगदीश घिमिरे

वि. सं. २०६५ : एक हातको ताली – युवराज नयाँघरे

वि. सं. २०६६ : नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद

वि. सं. २०६७ : जीवन काँडा कि फूल – झमक घिमिरे

वि. सं. २०६८ : सेतो धरती – अमर न्यौपाने

वि. सं. २०६९ : दमिनी भीर – राजन मुकारुङ

वि. सं. २०७० : खलङ्गामा हमला: एउटी नर्सको डायरी – राधा पौडेल

वि. सं. २०७१ : खुसी – विजय कुमार पाण्डे

वि. सं. २०७२ : ऐना – रामलाल जोशी

वि. सं. २०७३ : धृतराष्ट्र – घनश्याम कँडेल

वि. सं. २०७४ : योगमाया – नीलम कार्की “निहारिका“

वि. सं. २०७५ : रणहार – योगेश राज

वि. सं. २०७६ : महारानी – चन्द्रप्रकाश बानियाँ

वि. सं. २०७७ : लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)- भगिराज इङ्नाम

वि. सं. २०७८ : अग्नि- नवराज लम्साल

वि. सं. २०७९ : ऐँठन – बिबेक ओझा

वि. सं. २०८० : मुकाम रणमैदान - मोहन मैनाली

🙏
03/10/2024

🙏

Current Affairs 😊🙏
26/03/2023

Current Affairs 😊🙏

🙏🙏
26/03/2023

🙏🙏

✌️✌️
14/09/2022

✌️✌️

Wrong series question-2. 5, 27, 55, 89, 129, 176optionsa. 176b. 129C. 89d. 55
15/05/2022

Wrong series question-
2. 5, 27, 55, 89, 129, 176
options
a. 176
b. 129
C. 89
d. 55

Wrong series question-1. 81, 225, 153, 189, 173, 180optionsa. 153b. 189C. 180d. 173
15/05/2022

Wrong series question-
1. 81, 225, 153, 189, 173, 180
options
a. 153
b. 189
C. 180
d. 173

मानव अधिकार दिवस कहिले मनाईन्छ?डिसेम्बर 10गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?1955 Augus...
14/05/2022

मानव अधिकार दिवस कहिले मनाईन्छ?
डिसेम्बर 10
गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
1955 August 27
नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ?
उत्तमबाबु श्रेष्ठ
‘उसैका लागि’ (२०१५) र ‘फेरी उसैका लागि’ (२०२१) काव्य कृतिका रचनाकार को हुन्?
श्री ५ महेन्द्र
२०१५ सालको आमनिर्वाचनमा सबभन्दा बढी मत ल्याउने को हुन्?
काशी प्रसाद श्रीवास्तव
अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
नेदरल्याण्डको हेग
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स
२०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
सरिता अर्याल – मेरो अपहरण कृतीको लागि
पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?
पर्वतको जलजला गाउँपालिका
जापानबाट प्रदान गरिएको द अर्डर अफ राइजिङ सन् २०२१ पदक पाउने नेपाली को हुन् ?
हिमालयशमशेर जबरा
राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?
वडाकाजि
आर्थिक म्याग्नाकार्टा भनेर पनि चिनिने विश्व प्रसिद्ध कृति कुन हो ?
The wealth of nation
प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर कुन हो ?
चागुनारायण
भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सन् २०२१ मा सम्मानित हुनुहुने भारतका नेपालीभाषी साहित्यकार को हुन् ?
लीलबहादुर क्षेत्री
खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
प्यालेस्टाइन
नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र रहेको छ ?
सन्दकपुर, इलाम
तराईमा पुगेपछि वागमती नदिले कुन कुन जिल्लाको सिमानाको काम गरेको छ ?
रौतहट र सर्लाही
नरभूपाल शाहले नुवाकोट आक्रमण गर्दा गोर्खाली सेनाको सेनानायक को थिए ?
जयन्त राणा
नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?
सुबास नेम्वाङ – पेस्की खर्च ऐन २०६३
भेडीखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?
पर्वत
नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?
असार २
बारुदी सुरुङ मुक्त घोषित पहिलो एसियाली राष्ट्र कुन हो ?
नेपाल
अड्डा अदालतमा कोट फी लिने चलन कस्ले सुरु गरे ?
जुद्द शमशेर
टंगाल दरवार कसले बनाएका हुन् ?
भिम शमशेर
राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?
बैशाली
व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?
दक्षिण कोरिया
सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
दोभानचौर
सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
महोत्तरीको जलेश्वर
Land of Golden Fibre उपनामले चिनिने सार्क राष्ट्र कुन हो ?
पाकिस्तान
American and Third World War नामक पुस्तक कसले लेखेका हुन् ?
ओसामा बिन लादेन
नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?
पृथिबी नारायण शाह
-लोकसेवा तयारि बिराटनगर

03/05/2022

कुन मल्ल राजाले आफ्नो राज्य भोटको कुति सम्म विस्तार गरेका थिए?
- प्रताप मल्ल
मगर भाषाको आदिकवी कस्लाई भनिन्छ?
- रखबहादुर थापा मगर
सर्वप्रथम अम्लीय वर्षाको जानकारी दिने वैज्ञानिक को हुन् ?
-रबर्ट अगस्ट स्मिथ
जात्री पर्व कुन जातीले मनाउने पर्व हो ?
– धिमाल
नेपालमा गोरखा भर्ती केन्द्र खोल्ने अनुमति दिने राणा को थिए?
-धीर शमशेर
केटालाई सिस्नोले हानेर उसको धैर्यता र सहनशीलताको परिक्षण गरी केटी दिइने जाती कुन हो ?
- लेप्चा
लगातार दुई पटक सार्क महासचिव बन्न सफल देश कुन हो ?
-MALDIVES
चक्रव्युहमा चन्द्रसूर्य को लेखक को हुन्?
- पत्रकार सरोजराज अधिकारी
सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिलेबाट भएको हो ?
– सन् २००४ फेब्रुअरी ४
टाइटानिक पानीजहाज आन्द्रमहासागरमा कहिले डुबेको थियो ?
- सन् १९१२ अप्रिल १४
IBERIA देशको वायुसेवा हो ?
- स्पेन
हात्ती अंकित एक हजार रुपियाँको नोट कुन गर्भनरको पालादेखि निष्कासन भएको हो ?
– कुलशेखर शर्मा

* केहि गलत भएमा जानकारी गराई दिनुहोला *
धन्यवाद

02/05/2022

सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिलेबाट भएको हो ?

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्र सेवक बन्ने लक्ष्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category