सचिबको भान्जा- Vanja sachibko

सचिबको भान्जा- Vanja sachibko

Share

खरिदारको भान्जा official Page
मुल मन्त्र
काग चेष्टा बकुल्ला ध्यानम

20/03/2026

पुस्तक अध्ययन किन गर्ने ? 👇️
यी हुन् १०० कारणहरू
१. नयाँ कुराहरु सिकाउँछ ।
२. बसिबसि बाहिरी संसारमा भ्रमण गराउँछ ।
३. शब्दभण्डारको बिकास गराउँछ ।
४. अरुबाट सिक्नुपर्ने कुरा सिकाउँछ ।
५. दिमाग तीखो बनाउँछ ।
६. आराम दिन्छ ।
७. उन्नतिमा सहायता पुराउँछ ।
८. भिन्न भिन्नै बिधाको स्वाद दिन्छ ।
९. हिज्जेमा सिपालु बनाउँछ ।
१०. खुशी बनाउँछ ।
११. दृष्टिकोण फराकिलो बनाउँछ ।
१२. ठूलो सपना देख्न सहायता गर्छ ।
१३. बिचारशील बनाउँछ ।
१४. भावनात्मक बुद्धि बढाउन सहायता गर्छ ।
१५. नयाँ ब्यक्ति बारे सिक्न सहायता गर्छ ।
१६. खिन्नता र उदासीपनलाई हटाउँछ ।
१७. नयाँ दृष्टिकोण देखाउँछ ।
१८. आफ्नो दृष्टिकोणलाई चुनौती दिन्छ ।
१९. लेखनमा सुधार ल्याउँछ ।
२०. सम्भाब्यता के छ देखाउँछ ।
२१. ध्यान केन्द्रित हुन सहायता पुराउँछ ।
२२. बोल्ने शैलीमा सुधार ल्याउँछ ।
२३. प्रेरणा मिल्छ ।
२४. असल अगुवा बनाउछ ।
२५. नयाँ सोच, धारणा दिन्छ ।
२६. सावधानी हुन सचेत गराउँछ ।
२७. नयाँ सीप सिक्न सहायता गर्छ ।
२८. इतिहास सम्झाउँछ ।
२९. समस्या समाधान गर्ने क्षमता बिकास गर्छ ।
३०. रमाइलो बनाउँछ ।
३१. हानिकारक बिद्धुतिय साधनहरुदेखि अलग गराउँछ ।
३२. पढाइको तेज बढाउँछ ।
३३. रमाइला तथ्यहरु सिकाउँछ ।
३४. खर्च बचावट गर्छ ।
३५. नयाँ कुरालाई सराहना गर्न सिकाउँछ ।
३६. नयाँ स्थानहरु पत्ता लगाउछ ।
३७. धेरै पुस्तकहरुको संसारमा भ्रमण गराउँछ ।
३८. बिचार पुराउन प्रोत्साहन गर्छ ।
३९. बितेको समयमा भ्रमण गराउछ ।
४०. आउनेवाला समयमा भ्रमण गराउछ ।
४१. नयाँ संसारमा भ्रमण गराउछ ।
४२. एकाग्रतामा वृद्धि गर्छ ।
४३. ब्यक्तित्व बिकास गराउछ ।
४४. सहानुभूति बिकास गराउछ ।
४५. केही कुरा गर्नमा मद्दत पुराउछ ।
४६. दिमागलाई स्फूर्ती दिलाउछ ।
४७. पढाइमा सहायता पुराउछ ।
४८. यात्रामा सहायता पुराउछ ।
४९. तनाव घटाउँछ ।
५०. वास्तविक संसारबाट केही क्षण टाढा बनाउँछ ।
५१. धेरै बिकल्पहरु थाहा गराउछ ।
५२. दिमागलाई काम लगाउछ ।
५३. समयमा बाँधेर राख्छ ।
५४. राम्रो बोल्नमा सहायता गर्छ ।
५५. विश्लेषण गर्नमा सहायता गर्छ ।
५६. आफूलाई योग्य छु भन्ने सकारात्मक सोच बढाउँछ ।
५७. केहि नयाँ कुरा सिकाउँछ ।
५८. सबै उमेरको लागि उचित हुन्छ ।
५९. बोक्न सजिलै मिल्छ ।
६०. रातमा सुत्न अघि सहायता गर्छ ।
६१. प्रेरणाको स्रोत बन्छ ।
६२. सोचाइमा निखारता ल्याउँछ ।
६३. ब्याकरणमा सघाउ पुराउँछ ।
६४. आत्मविश्वास बढाउँछ ।
६५. नयाँ कुरा शुरु गर्न प्रेरणा दिन्छ ।
६६. दिनलाई उज्वल बनाउँछ ।
६७. चलचित्र भन्दा धेरै कुरा देखाउँछ ।
६८. इतिहासका कुरा सिकाउँछ ।
६९. बिचारणीय कुरा दिन्छ ।
७०. आश्चर्यचकित तुल्याउछ ।
७१. अन्य संस्कृति चिनाउँछ ।
७२. ब्यस्त बनाउँछ ।
७३. आत्मसम्मान निर्माण गर्छ ।
७४. मनोरञ्जन दिलाउँछ ।
७५. दिमागलाई सक्रिय पार्छ ।
७६. ब्यक्तित्व बिकासमा सहायता पुराउँछ ।
77. Top Psc Nepal
७७. संचारमा सहायता पुराउछ ।
७८. जुनै पनि भावनात्मक अनुभव गराउँछ ।
७९. बहस गर्न केही कुरा दिन्छ ।
८०. असल अनुभव गराउछ ।
८१. नयाँ ब्यक्तिहरु भेट गराउन सहायता गर्छ ।
८२. भाषा शैली बढाउँछ ।
८३. सक्षम बनाउछ ।
८४. बिचार बढाउँछ ।
८५. कथा सुनाउन सहायता गर्छ ।
८६. बिश्वले कसरी हेर्छ, त्यो सिकाउछ ।
८७. कल्पनाशील बनाउँछ ।
८८. जिज्ञासा बढाउँछ ।
८९. समझशक्ती बढाउँछ ।
९०. अरु भाषाहरु सिकाउछ ।
९१. आफ्नै बेगमा हिडाउछ ।
९२. चुनौती दिन्छ ।
९३. सृजनशील बनाउँछ ।
९४. कथा राम्ररी भन्न सहायता गर्छ ।
९५. केही बोल्नुपर्ने बिषय दिन्छ ।
९६. ठूलो स्वरमा पढ्न मिल्छ ।
९७. मित्रहरुसंग पढ्न पनि मिल्छ ।
९८. आफै एक्लै पढ्न मिल्छ ।
९९. पढ्नलाई धेरै पुस्तकहरु छन् ।
१००. किनकि तिमीले पढ्न सक्छौ ।
श्रोत : सामाजिक संजाल
BPK

11/01/2026

ाेस्राे_संस्करण, २०८२:-
~ उद्घाटन - वि स २०८२ मंसिर १
~ उद्घाटन गर्ने - प्र म शुसिला कार्की
~ उदघाटन खेल - काठमाडौं गाेर्खाज vs जनकपुर बाेल्ट्स(विजय - काठमाडौं)
~ सञ्चालन भएकाे - वि स २०८२ मंसिर १ - २७ सम्म
~ आयाेजक - CAN
~ खेल भएकाे स्थान - त्रिवि क्रिकेट मैदान किर्तिपुर,काठमाडौं
~ सहभागी टिम - ८
~ खेल सङ्ख्या - ३२
~ NPL काे Robotic dog - चंखे
~ NPL काे मस्कट - ``जित´´ नामक हिउँ चितुवा
~ विजेता - लुम्बिनी लायन्स(रु १ कराेड १० लाख)
~ उप विजेता - सुदूरपश्चिम राेयल्स(रु ५१ लाख)
~ तेस्राे - विराटनगर किंग्स( रु २५ लाख)
~ चाैथाे - काठमाडौं गाेर्खाज(रु १५ लाख)

कुन खेलाडीले के गरे ?
~ पहिलाे चाैका हान्ने खेलाडी - लाहिरु मिलान्था
~ पहिलाे छक्का हान्ने - आशिफ शेख
~ पहिलाे विकेट लिने खेलाडी - मिलिन्द कुमार
~ पहिलाे अर्ध सतक बनाउने खेलाडी - आशिफ शेख
~ पहिलाे सतक हान्ने खेलाडी - मार्क वाट(कर्णाली याक्स)
~ NPL इतिहासमा ५ सय रन पूरा गर्ने पहिलाे खेलाडि - राेहित पाैडेल
~ NPL इतिहासकै ह्याट्रिक विकेट लिने पहिलाे बलर - शाहव आलम

सर्वाधिक रन बनाउने खेलाडीहरु :-
१. एडम राेसिंगटन(इंग्ल्याण्ड)- ३२३(पाेखरा एभिन्जर्स)
२. राेहित पाैडेल(नेपाल) - २७६( लुम्बिनी लायन्स)
३. विनाेद भण्डारी(नेपाल) - २६४(सुदूरपश्चिम राेयल्स)

सर्वाधिक विकेट लिने खेलाडिहरु :-
१. सन्दिप लामिछाने - १७ विकेट(विराटनगर किंग्स)
२. शेर मल्ल - १७ विकेट(लुम्बिनी लायन्स)
३. अविनाश वाेहरा - १७ विकेट(सुदूरपश्चिम राेयल्स)

कुन खेलाडिले के पाए ?
~ player of the tournament award - रुवेन ट्रम्पलम्यान( रु ५ लाख)
~ Highest Wicket taker of the tournament award - सन्दिप लामिछाने
~ सर्वाेत्कृष्ट बलर तथा इमर्जिङ प्लेर अफ द टुर्नामेन्ट - शेर मल्ल(रु ६ लाख र माेटर साइकल)
~ Moment of the final award - दिनेश अधिकारी(रु १ लाख)
~ सर्वाेत्कृष्ट खेलाडी - राेहित पाैडेल(इभि कार र माेटर साइकल)

कुन खेलाडी के ?
~ उत्कृष्ट बलर - सन्दिप लामिछाने
~ उदयमान खेलाडी - शेर मल्ल
~ इनर जेटिक खेलाडि - अभिनाश बाेहरा

विविध :-
~ फाइनल खेलमा ह्याट्रिक विकेट लिने खेलाडी - राेहित पाैडेल
~ फाइनल खेल - लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स
~ सर्वाधिक रन बनाउने नेपाली खेलाडी - राेहित पाैडेल
~ सवैभन्दा कम बलमा अर्ध सतक बनाउने खेलाडी - भीम सार्की(१९ बलमा)
~ कप्तानी गर्ने पहिलाे विदेशी - वेन पार्नेल(दक्षिण अफ्रिकाका जसले जनकपुर बाेल्टसकाे कप्तानी गरेका)
~ अन्तिम चार/प्लेअफमा पुग्ने टिम - सुदूरपश्चिम राेयल्स,लुम्बिनी लायन्स,विराटनगर किंग्स र काठमाडौं गाेर्खाज
~ प्लेअफवाट बाहिरिएकाे पहिलाे टिम - कर्णाली याक्स
~ ट्रफी लगातार दुइपटक जित्ने खेलाडी - शेर मल्ल
~ सतक हान्ने दुई खेलाडीहरु - मार्क वाट(कर्णाली याक्स) र एडम राेसिङटन(पाेखरा एभेन्जर्स)
~ प्लेअफमा पुग्ने पहिलाे टिम - सुदूरपश्चिम राेयल्स
~ फाइनल पुग्ने पहिलाे टिम - सुदूरपश्चिम राेयल्स
~ दुई सय रन कटाउने पहिलाे टिम - विराटनगर किंग्स

28/12/2025

#कोशी_सातौं २०८२/०९/१२
#कोशी_सातौं
१)कार्यकालका आधारमा UNO का महासचिवहरूको क्रम?
२) बेरिङ सागर र लाल सागर जोड्ने नहर?
३) कोशी प्रदेशका ऋणात्मक जनसङ्ख्या रहेका जिल्लाको सङ्ख्या?
४) जनगणना २०७८ अनुसार सबैभन्दा बढी ऋणात्मक जनसङ्ख्या रहेका नेपालका ५ जिल्लाको क्रम,
५) सुरुको ५ ओटा BIMSTEC शिखर सम्मेलन आयोजना भएका शहरको क्रम,
६) आविष्कार भएको मितिका आधारमा टेलिस्कोप, टेलिफोन, रेडियो र हवाइजहाजको क्रम,
७) GEN Z आन्दोलन पश्चात् निर्णायक बहसका लागि प्रयोग गरिएको माध्यम ? Discord
८) NPL ट्रफीमा प्रयोग भएको पत्थर काला पत्थर बाट ल्याएको,
९)ठीक बेठीक - जनमत संग्रहमामा पञ्चायतको पक्षमा ४५% मत, बहुदल लाई नीलो रङ,
१०) दिगो विकास लक्ष्य ४,६,९ र ११ को जोडा मिलाउने,
११) १८ औं सार्क शिखर सम्मेलन भएको सहर,
१२)२०२५ को नोबेल शान्ति पुरस्कार विजेता,
१३) ८००० मी. माथिका १४ ओटै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला,
१४) नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कुन तहमा निहित रहने व्यवस्था,
१५) नेपाललाई संघीय गणतान्त्रिक घोषणा गरेको मिति,
१६) कर्मा धर्मा नाच कुन जाती सँग सम्बन्धित रहेको,
१७) लाल सागर र वेरिङ सागर जोड्ने नहर,
१८) धनीले गर्ने शासनलाई के भनिन्छ? Plutocracy
१९) बाबुको मृत्यु पछि जन्मेको छोरो? Posthumuos
२०) Are you interested (in/on/at/for)studying abroad?
२१)१६ औं योजनामा पर्यटनको कुल ग्राहस्थ उत्पादनमा कति प्रतिशत योगदान पुर्याउने लक्ष्य रहेको छ?
२२) कोशी प्रदेशका लैङ्गिक अनुपात?
२३) ME TOO अभियान कहिले देखि सुरु भयो?
२४) मध्यपहाडि लाेकमार्गले नछुने जिल्ला?
पाँचथर, ईलाम, धनकुटा र तेह्रथुम
२५) वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर केलाई चिनिन्छ?
२६) त्रिभुवन, सिद्धार्थ, अरनिको राजमार्गको राष्ट्रिय कोड?
२७) किताब मन पराउने? Bibliophile
२८) स्वतन्त्र रूपमा कार्य गर्ने, चरणहरू योजना बनाउने, निर्णय लिने र कार्यान्वयन गर्ने AI प्रणालीलाई के भनिन्छ?
Agentic AI

15/12/2025

#केही खेलहरु र खेल्ने ठाउँः-

➤ Diamond — बेसबल
➤ Ring — स्केटिङ्, बक्सिङ्
➤ Course — गल्फ
➤ Pool — पौडी/स्वीमिङ्
➤ Board — टेबल टेनिस
➤ Mat — जुँडो, कराते, तेक्वान्दो
➤ Arena — घोडा दौड
➤ Vellodrome — साइक्लिङ्
➤ Field — पोलो, फुटबल, हकी
➤ Track — एथलेटिक्स, दौड
➤ Pitch — क्रिकेट
➤ Greens — Bowls
➤ Rink — कर्लिङ्, आइस हकी
➤ Range — शुटिङ्, आर्चरी
➤ Court — टेनिस, व्याडमिन्टन, नेट बल, ह्यान्डबल, भलिबल, स्वास, खो-खो, कबड्डी ! ❤️

03/12/2025

कुन के सङ सम्बन्धित छन त ?
➡️ Protocol-18= मानव अधिकार
➡️ISO-9000 = वस्तुको गुणस्तर
➡️ISO-14000= वातावरण ब्यबस्थापन
➡️ISO-5000=उर्जा ब्यबस्थापन
➡️ISO-50000= सामाजिक सुरक्षा ब्यबस्थापन
➡️ISO-22000= खाद्य सुरक्षा ब्यबस्थापन
➡️ISO13885 = मेडिकल सामाग्री
➡️ISO 27001= सुचना सुरक्षा
➡️ISO 31000 = जोखिम व्यवस्थापन
➡️Euro-1 = सवारी प्रदुषण
➡️ Euro-3 = सवारी मापदण्ड
➡️ Vision-2005=पर्यटन
➡️Vision-2020=परिवार नियोजन
➡️UG-99= गहुबालिमा लाग्ने रोग
➡️To-In-To=सन 2022 सम्म बाघको संख्या दोब्बर पार्ने
➡️UNO-90-90-90= HIV/AIDS
➡️10/10/10= जलवायु परिबर्तन
➡️Cop = जलवायु परिबर्तन
➡️मेयर बसाल्ट= चन्द्रमा बाट ल्याइएको ढुङा
➡️PSRM= लोकसेवा आयोगको बिधुतिय सेवा
➡️Doping Test= खेलाडिको प्रतिबन्धित औसधि
➡️स्मृति बन 91= बृक्षारोपण सङ सम्बन्धित
➡️हाम्री बहिनी= वातावरण मैत्री सपिङ ब्याक
➡️एजेन्डा 21= मौसम परिबर्तन /जैबिक बिबिधता
➡️Golobal-500= वातावरण क्षेत्रको पुरस्कार
➡️Early-Bird= भु-उपग्रह
➡️जुनो= बृहस्पति ग्रहमा पठाएको यान
➡️क्यासिनी= सनि ग्रहमा पठाएको यान
➡️COTOPAXI= ज्वालामुखी
➡️HELIOTHERAPY= सूर्यको किरणद्वारा उपचार गरिने पद्धति
➡️पेपर गोल्ड= बिस्व बैन्कले प्रकासन गर्ने मुद्रा
➡️Green gold= चिया सङ सम्बन्धित
➡️ब्रेक्जिक्ट= Eu बाट बेलायत बहिर्गमन
➡️Ok-Tek-100= वातावरणिय गुणस्तर जनाउने चिन्न ➡️वासेल महासन्धि = फोहोरमैला ब्यबस्थापन
➡️Kirbo= विस्वको पहिलो बोल्ने रबोर्ट
➡️जिया जिया= मानबसङ बोल्न सक्ने रबोर्ट
➡️अपरेसन क्वार्क= नक्कली चिकित्सक पत्त लगाउन नेपाल प्रहरिले चलाएको अभियान
➡️एल निनो= पृथ्वीमा मौसम र तापक्रममा देखा परेको असमान्य स्थित

28/11/2025

कुन के सङ सम्बन्धित छन त ?
➡️ Protocol-18= मानव अधिकार
➡️ISO-9000 = वस्तुको गुणस्तर
➡️ISO-14000= वातावरण ब्यबस्थापन
➡️ISO-5000=उर्जा ब्यबस्थापन
➡️ISO-50000= सामाजिक सुरक्षा ब्यबस्थापन
➡️ISO-22000= खाद्य सुरक्षा ब्यबस्थापन
➡️ISO13885 = मेडिकल सामाग्री
➡️ISO 27001= सुचना सुरक्षा
➡️ISO 31000 = जोखिम व्यवस्थापन
➡️Euro-1 = सवारी प्रदुषण
➡️ Euro-3 = सवारी मापदण्ड
➡️ Vision-2005=पर्यटन
➡️Vision-2020=परिवार नियोजन
➡️UG-99= गहुबालिमा लाग्ने रोग
➡️To-In-To=सन 2022 सम्म बाघको संख्या दोब्बर पार्ने
➡️UNO-90-90-90= HIV/AIDS
➡️10/10/10= जलवायु परिबर्तन
➡️Cop = जलवायु परिबर्तन
➡️मेयर बसाल्ट= चन्द्रमा बाट ल्याइएको ढुङा
➡️PSRM= लोकसेवा आयोगको बिधुतिय सेवा
➡️Doping Test= खेलाडिको प्रतिबन्धित औसधि
➡️स्मृति बन 91= बृक्षारोपण सङ सम्बन्धित
➡️हाम्री बहिनी= वातावरण मैत्री सपिङ ब्याक
➡️एजेन्डा 21= मौसम परिबर्तन /जैबिक बिबिधता
➡️Golobal-500= वातावरण क्षेत्रको पुरस्कार
➡️Early-Bird= भु-उपग्रह
➡️जुनो= बृहस्पति ग्रहमा पठाएको यान
➡️क्यासिनी= सनि ग्रहमा पठाएको यान
➡️COTOPAXI= ज्वालामुखी
➡️HELIOTHERAPY= सूर्यको किरणद्वारा उपचार गरिने पद्धति
➡️पेपर गोल्ड= बिस्व बैन्कले प्रकासन गर्ने मुद्रा
➡️Green gold= चिया सङ सम्बन्धित
➡️ब्रेक्जिक्ट= Eu बाट बेलायत बहिर्गमन
➡️Ok-Tek-100= वातावरणिय गुणस्तर जनाउने चिन्न ➡️वासेल महासन्धि = फोहोरमैला ब्यबस्थापन
➡️Kirbo= विस्वको पहिलो बोल्ने रबोर्ट
➡️जिया जिया= मानबसङ बोल्न सक्ने रबोर्ट
➡️अपरेसन क्वार्क= नक्कली चिकित्सक पत्त लगाउन नेपाल प्रहरिले चलाएको अभियान
➡️एल निनो= पृथ्वीमा मौसम र तापक्रममा देखा परेको असमान्य स्थित
➡️राउल-पिन्डी= बालमजदुर अन्त्य

28/11/2025

मुस्लिमको समाज मा प्रभाव
********************

***जब मुस्लिम को जनसंख्या कुनै देश को १% मात्र ओगेटेको
हुन्छ तब त्यो देश मा उनीहरु शान्ति प्रीय भएर बस्छन !

जस्तै अमेरिका :मुस्लिम १%
क्यानाडा : मुस्लिम १-९%
चिन : मुस्लिम १-5 %

*** जब मुस्लिम को जनसंख्या कुनै देश मा बढेर २%, ३% रहन्छ
तेतिबेला त्यो देशमा उनीहरु को पहिचान माग्छन र तोड फोड
गर्छन !

जस्तै
डेनमार्क- २%
ब्रीटेन: २-7 %

****जब इनिहरु को जनसंख्या बढेर ५% पुग्छ तब त्यो देश मा हलाल हुनुपर्छ भनेर माग गर्छन, इनिहरु को चाड पर्ब मा छुट्टि पाउनु पर्ने कुरा गर्छन र मुहरम र मोहमद डे को नाममा हाथहथियार सहित सडकमा शक्ति प्रदर्शन गर्छन्। आफ्नो आफ्नो मानिश संसद मा पठाएर शिरिया कानुन माग्छन !

जस्तै हाम्रो नेपाल : ५.०९%
फ्रान्स : मुस्लिम *%
फिलिप्पिनेस -मुस्लिम ५%
switzerland - मुस्लिम ४.३ %

****** जब इनिहरु को जनसंख्या १० % पुग्छ, तेतिबेला त्यो देशमा कानुन को व्यापक उलंगन गर्छन, सानो सानो कुरा
सरकारी संस्था ध्वस्थ गर्छन ( जस्तै पेरिस मा कार बम, मुहमद
को कार्टुन को लागि चार्ली हेब्दो मा आतंक हमला )

केन्या - १०%
रसिया - १३%
भारत - १४%

*** जब इनिहरु को जनसंख्या २० % पुग्छ तेतिबेला जिहादी हरु
बन्छन, चर्च र सानो तिनो मन्दिर ध्वस्त गर्छन -

इथोपिया३२.८%

*** जब इनिहरु ४०% पुग्चन तब त्यो देश को शान्ति भंग हुन्छ,
जता तेती हत्या हुन्छ, जिहाद को नाम मा अरु धर्म को
मानिस को हत्या हुन्छ! जस्तै :

बोसिनिया - ४०%
चाद - ५१%
लेबनान - ५९%

***** जब इनिहरु को जनसंख्या ६०% भन्दा माथि पुग्छ, तेस्पची अरु धर्म मान्ने को दिनहु हत्या हुन्छ, काफिर ( हिन्दु,
क्रिस्टियन ) मा धेरै कर तिर्नु पर्ने हुन्छ

****** जब इनिहरु ८०% हुन्छ तेस्पची तेस्पची ETHNIC CLEANSING अर्थात् अरु धर्म को लाइ सफैया गर्न सुरु हुन्छ, दिनहरु अरु धर्म को हत्या र बलात्कार हुन्छ

बंगलादेश - ८३%
कश्मिर ( भारत को यो प्रान्त मा कश्मिरी हरु २० लाख
मारिएको थिए )
इन्डोनेसिया - ८६.१%
पाकिस्तान - ९७%
अरब ९६%
सिरिया - ९०%

***जब इनिहरु १०० प्रतिसत हुन्छ तेस्पची इनिहरु ले " दर्-एस- सलाम "
शान्ति देश इस्लाम को संज्ञा दिन्चन- अब यो देश आफु आफु मार्छन

अफगानिस्तान - १०० %
सोमालिया - १००%
एमेन - १००%

Source- facebook

19/11/2025

आजकाे २५ GK प्रश्नहरु :-
१.सर्वप्रथम Vat लागू गर्ने सार्क राष्ट्र - पाकिस्तान
२.मुस्लिम समुदायकाे अर्काे सम्वत - हिजरी सम्वत
३. असफल तारा - अरुण ग्रह
४. शालीग्रामका लागि प्रसिद्व नदी - कालीगण्डकी
५. काष्ठमण्डपकाे अर्काे नाम - मरुसत्तल
६. Early Bird - भू-उपग्रह संग सम्बन्धित
७. नेपाली भाषाकाे पहिलाे पाठ्यपुस्तक - अक्षराङ्क शिक्षा
८. एग बास्केटकाे रुपमा परिचित जिल्ला - चितवन
९. लक्ष्मी पुजाकाे रात - सुखरात्री
१०नेपालमा सवभन्दा वढी प्रयाेग भएकाे खनिज पदार्थ - चुनढुङ्गा
११पृथ्वीनारायण शाहले त्यागेकाे गाेत्र - भारद्वाज
१२Earth watch - वातावरणसंग सम्बन्धित
१३काेतपर्व हुँदा नेपालका प्रधानमन्त्री - फत्तेजङ शाह
१४प्यागाेडा शैलीकाे सवैभन्दा पूरानाे मन्दिर - चागुनारायण
१५सेताे परेवा - शान्तिकाे प्रतीक
१६सजिलैसंग नष्ट हुने वा गलेर जाने प्लाष्टिक - Biopol
१७नेपालमा जनगणना लिने पहिलाे संस्था - सेन्सस गाेश्वारा
१८टेराकाेटा - चिनियाँ मूर्तिकला
१९संगितकाे उत्पति - सामवेदवाट भएकाे
२०चेपाङ संग्रहालय - भरतपुर(चितवन)
२१युराेपकाे कारखाना भनेर चिनिने देश - बेल्जियम
२२सगरमाथा हिमालकाे नयाँ उचाईकाे मापन -वि स २०७७ मंसिर २३
२३जंगबहादुर राणाकाे वास्तविक नाम - वीरनरसिंह कुवर
२४नेपालकाे पुरानाे धर्म - शैव
२५काेलाेराे फ्लाेराे कार्वन(CFC) आविष्कारक - थाेमस मिज

16/11/2025

टिनको छानो हाल्ने रहरले बिदेशियको म 🙄

बिदेश आएको पहिलो बर्ष, के पुरानो घरमा टिन फेर्ने बरु अलि पैसा जम्मा गरेर नयाँ नै बनाउनु पर्ला

दोस्रो बर्ष, के गाउँमा घर बनाउनु गाउँमा कोहि छैनन्, अलि अलि हुने खाने सबै बसाई सरिगए। बरु अलिकति पैसा जम्मा गरेर तल फाँटमा रोडको छेउमा घर बनाउनु पर्ला

तेस्रो बर्ष सकिदा, घर बनाउनु नै छ भने के फाँटमा बनाउने, अलि धेरै पैसा जम्मा गरेर शहरमा बनाउनु पर्ला

चारवर्ष सकिँदा, अब चाहिँ घडेरी किन्नु पर्यो भनेर सहरमा घडेरी हेर्न लगाको झन्डै १.५ करोड अरे 😳

अनि सोँचे ५ बर्ष काम गरेर नि एउटा नाथे सहरमा घर त परको कुरो घडेरी नि किन्न नसकिदो रहेछ 😥

यसरी न शहरमा घर बन्यो न त गाउँको घरको छानो फेरियो

कोहि कोहिलाई यो मजाक लाग्ला तर यो बास्तबिकता हो

05/11/2025

श्री कृष्ण भन्नुहुन्छ सफल हुनुभन्दा अगाडि एक्लोपन,
पीडा,दु:ख,असफलता,धोका,अपमान सबै सहनु पर्छ।💗
#शुभ_रात्री 🙏🙄

05/11/2025

झट्ट सुन्दा जम्मा मेयर त हो जस्तो लाग्छ ! तर विश्वका सयौँ देशभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकी महानगर न्युयोर्क सिटीको मेयर हुनु चानचुने कुरो होइन !
डोनाल्ड ट्रम्पले खुलेरै सारा शक्ति प्रयोग गरे पनि न्युयोर्कले Zohran Kwame Mamdani लाई मेयरको रूपमा छान्यो !
विश्वकै सबैभन्दा सम्पन्न महानगरको मेयरमा निर्वाचित ममदानी अमेरिकाबाहिर अफ्रिकामा जन्मिएका हुन् र पहिलो मुश्लिम मेयर हुन् । गत सय वर्षमा उनी सबैभन्दा कम उमेरका मेयर पनि हुन् ! यसअघिका प्रायः सबै चुनाबी आकलनले उनलाई बलियो देखाएकाले यो सरप्राइज विजय भने रहेन ।

आन्तरिक लोकतन्त्र बलियो भएपछि सिङ्गो सङ्घीय सरकार र राष्ट्रपति नै विपक्षमा भए पनि उनी निर्वाचित हुन सके ! उनी मुश्लिम हुन् र विदेशमा जन्मिएका हुन् भन्ने कुराले उनको क्षमता र घोषणापत्रलाई रोकेन । निर्वाचित भएलगत्तै उनले विश्वकै शक्तिशाली आफ्नै राष्ट्रपतिलाई कटाक्ष गर्दै भने 'मलाई थाहा छ, तपाईं यो खबर हेरिरहनुभएको छ । मसँग तपाईंका लागि जम्मा चार शब्द छन्, 'समाचारको आबाज बढाउनु होस् (turn the volume up!) !

राष्ट्रपतिलाई च्यालेन्ज गर्ने यस्तो शक्ति पनि लोकतन्त्रले नै दिने हो ! लोकतन्त्र नभएको भए क्रिश्चियन देश भनेर चिनाउन चाहने हालको अमेरिकाका राष्ट्रपतिलाई भारतीय मूलको एउटा मुश्लिम युवा नेताले यसरी च्यालेन्ज गर्ने वातावरण हुँदैनथ्यो । लोकतन्त्र नभएका कति मुलुकमा यस्तो दृश्य देखिएला ?
हाम्रा मेयर बालेनले तत्कालीन प्रधानमन्त्री ओलीलाई गरेका कडा र कतिपय अभद्र टिप्पणी पनि लोकतन्त्रकै कारण सम्भव भएको हो ! उनी कांग्रेस र एमालेजस्ता ठूला दललाई हराएर मेयर बनेको नै लोकतन्त्रले गर्दा हो । व्यक्ति शक्तिशाली देखिए पनि शक्ति भनेको लोकप्रियता या लोकसम्मति नै हो ! शक्तिको स्रोत पछाडि बसेर समर्थन गर्ने आममान्छे नै हुन् । यस्तो शक्तिको दुरुपयोग भए रोक्ने या फिर्ता लिने पनि जनताले नै हो ! यसैले लोकतन्त्रलाई विश्वको उत्कृष्ट व्यवस्था मानिएको हो !

ग्रेटर न्युयोर्कको जनसङ्ख्या दुई करोड़ जति छ । जिडीपी नै दुई ट्रिलियन डलरभन्दा बढ़ी छ । साउथ कोरियादेखि अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश साउथ अफ्रिकाभन्दा न्युयोर्कको जिडीपी धेरै छ । तर ममदानी निर्वाचित भएको क्षेत्रचाहिँ त्यसभित्रको मुख्य न्युयोर्क सिटी हो, जसको अर्थतन्त्र पनि साउदी अरेबियाजत्रो छ । स्विट्जरल्याण्ड या बेल्जियमजस्ता देशको भन्दा ठूलो अर्थतन्त्र न्युयोर्क सिटीको छ ।

यो विश्वकै फाइनान्शियल हब हो ! अमेरिकाको आर्थिक राजधानी वालस्ट्रीट यहीँ छ । विश्वका दुई ठूला स्टक एक्सचेन्ज यहीँ छन् । सयभन्दा बढ़ी बिलियनेयर यहीँ छन् । जेपी मोर्गन, गोल्डम्यानस्याक, सिटी ग्रुप, मोर्गन स्टान्लीजस्ता विशाल ब्याङ्कका हेडक्वार्टर यहीँ छन् । प्रविधि होस् कि जनस्वास्थ्य, पर्यटन होस् कि सर्भिस, न्युयोर्क धेरै ठूलो र अगाडि छ ।

मेयरका रूपमा उनले आवश्यकता अनुसार उपमेयरदेखि अन्य राजनैतिक नियुक्ति गर्न पाउँछन् । आफूलाई सहज हुने टीम बनाउने हक उनलाई हुन्छ । सफलता र असफलताको जिम्मेदारी र जबाफदेहिता पनि उनकै हुन्छ ।

न्युयोर्कमा ८०० जति भाषा बोलिने तथ्याङ्क रहेछ जसले गर्दा यो विश्वकै बढ़ी भाषा बोलिने शहरमध्ये पर्छ । यहाँ दक्षिण अमेरिकी, चाइनिज, भारतीय, रसियन, अफ्रिकन, बङ्गलादेशी र नेपालीसम्मको बाक्लो बसोबास छ । यस्तै अर्को बहुसांस्कृतिक र वैश्विक शहर लण्डन पनि हो । टोरन्टो, पेरिस र सिड्नी पनि यस्तै छन् । वाशिङ्टन डीसी राजधानी बन्नुअघि यो अमेरिकाको राजधानी पनि थियो । पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनले यहीँ शपथ खाएका रहेछन् ।

विश्वको अर्को शक्तिशाली शहर लण्डनमा पनि लामो समयदेखि पाकिस्तानी मूलका सादिक खान मेयरका रूपमा कार्यरत छन् ! मुश्लिम भएकै कारण डोनाल्ड ट्रम्पको तारोमा पर्ने गरेका सादिक खानबाट अब ट्रम्पको ध्यान ममदानीमा केन्द्रित हुन सक्छ ।

न्युयोर्क मेयर निर्वाचित ममदानी भारतीय मूलका अभिभावकबाट युगाण्डामा जन्मिएका हुन् । उनी प्रसिद्ध फ़िल्ममेकर मीरा नायरका छोरा हुन् । डेमोक्रेटिक पार्टीका उनी समाजवादी विचारधाराका नजिक छन् र भुइँ मान्छेको विषयमा बोल्छन् । राष्ट्रपति ट्रम्पसँग पैँठेजोरी खेल्दै कार्यकाल पूरा गर्न सजिलो पक्कै छैन । त्यसै पनि राष्ट्रपतिपछि दोस्रो महत्त्वपूर्ण र कठीन जब भनेर न्युयोर्क मेयरलाई लिइन्छ । उनले बोलेजस्तै काम पनि गर्न सकून् । उनलाई बधाई !

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Biratnagar