Mount Everest Academy

Mount Everest Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount Everest Academy, Middle School, Itahara, Sombare, Biratnagar.

एकपटक हेर्नुस् र मनन गर्नुहुस
11/11/2025

एकपटक हेर्नुस् र मनन गर्नुहुस

Check out 안타르맨’s post.

Job on Mt. Everest Academy
05/01/2018

Job on Mt. Everest Academy

05/01/2018

Job on Mt. Everest academy रतुवामाई नगरपालिका, RatuwaMai Municipality
Post: Accountant
Nos: 1

Teej special program ma dance ko tayarima students.
31/08/2017

Teej special program ma dance ko tayarima students.

15/07/2017

काठमाडौं ३१ असार/ छोराछोरीलाई ‘टिफिन’ के पठाउनुहुन्छ ? सजिलोका लागि चाउचाउ, चिप्स, चिजबल वा प्याकेटका खानेकुरा पठाउनुहुन्छ भने अब ख्याल गर्नुस् । अब विद्यालयहरूले यस्ता खाजामा प्रतिबन्ध लगाउँदैछन् । विद्यालयदेखि नै बालबालिकामा स्वस्थकर खानेकुरा खाने बानी बसाउन विद्यालयवरपर जंक फुड र चिनीको मात्रा बढी भएका ‘सुगर फुड’ निषेध गर्न लागिएको हो ।

जंक फुड निषेध प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँग समझदारी गरिसकेको छ । समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सबै विद्यालयले नर्स राखेरै स्वस्थकर खानेकुरा खाने, स्वस्थ रहने बानी र ज्ञान प्रवद्र्धन गराउनेछन् । सो अनुसार केही विद्यालयले नर्स राख्न सुरु गरिसकेको प्याब्सनले जनाएको छ ।

प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले जंक फुड र गुलिया पेयपदार्थ बेच्न रोक लगाउन र प्रयोग निरुत्साहित गर्न सदस्य विद्यालयलाई निर्देशन जारी भइसकेको बताए । ‘निर्वाचन आदि कारणले अनुगमन हुनसकेको छैन,’ उनले भने, ‘अब अनुगमन पनि हामी आफैं गर्छौं ।’ सम्बाहाम्फेले धेरै विद्यालयले अहिले पनि जंक फुड प्रयोग रोकिरहेको भन्दै अब सबैमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताए । उनले नर्स राख्न विद्यालयले धमाधम आवश्यकतासम्बन्धी विज्ञापन निकालिरहेको जानकारी दिए ।

सजिलोका लागि अधिकांश अभिभावकले छोराछोरीलाई खाजा जंक फुड पठाउँछन् । पोषणविद्का अनुसार जंक फुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौस्टिक तत्व हुँदैनन् । यस्ता खानेकुरा प्रयोगले विशेषगरी शारीरिक र मानसिक विकासमा ह्रास ल्याई दीर्घकालीन रुपमा अनेकौं स्वास्थ्य समस्या निम्तिन्छ ।

चिकित्सकका अनुसार पछिल्ला दिनमा नसर्ने खालका रोग मुटु, मधुमेह, उच्च रक्तचापको प्रमुख कारक जंक फुड, फास्ट फुड, बढी चिल्लो भएका, नुनिला र तारेका खानेकुरा हुन् । यस्ता खानेकुरा खाँदा रोगसँगै अल्छी लाग्ने, निद्रा नलाग्ने, अत्यधिक मोटोपन, डिप्रेसन, हड्डी कम्जोर बनाउने जस्ता समस्या देखापर्छन् ।

पूर्ववर्ती स्वास्थ्यमन्त्री गगन थापाले उपचारले मात्रै स्वास्थ्यसेवामा राज्यको खर्च घट्न नसक्ने र स्वास्थ्य आनीबानी विद्यालय तहदेखि नै प्रवद्र्धन गर्नुपर्ने भन्दै प्याब्सन पदाधिकारीसँग विभिन्न चरणको वार्ता गरेर उनीहरूलाई यसमा सहमत गराएका थिए । यसअघि नै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा समेत जंक फुड प्रतिबन्ध लगाउने उल्लेख छ तर धेरै विद्यालयले त्यसमा ध्यान दिएका छैनन् ।

प्याब्सन विद्यालयवरपर गुलिया पेय पदार्थ बिक्री रोक्नसमेत सहमत भएको छ । प्याब्सन र मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबीच जेठ तेस्रो साता भएको सम्झौतामा विद्यालयमा स्वस्थकर खाना खानेबानी प्रवद्र्धनसँगै स्कुलमा नर्स राखेर विद्यालयले स्वास्थ्य शिक्षासमेत दिने उल्लेख छ ।

केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सम्झौतामा विद्यालयले विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने र नियमित स्वास्थ्य परीक्षण, दिवा खाजामा पोषण तŒवयुक्त पदार्थ पठाउन अविभावकलाई मेनु उपलब्ध गराएर प्रेरित गर्नेसमेत उल्लेख रहेको बताउँछन् ।

विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरीलाई प्रोटिन, मिनरल, कार्बोहाइड्रेट, क्यालोरी, फ्याट, र भिटामिनयुक्त खाना आवश्यक पर्छ । त्यसका लागि सकेसम्म ताजा र घरैमा बनेका पौस्टिक तत्व पाइने खाना मकै, भटमास, चना, रोटी, आलु, सागसब्जी, फलफूलजस्ता खानाको प्रयोग बढाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘नर्स अनिवार्य’
बाल्यकालदेखि नै स्वास्थ्य ज्ञान र स्वस्थकर खाना खाने बानी विकास गर्नसके मात्रै निरोगी बन्न सकिने भन्दै सरकारले विद्यालयमा नर्स अनिवार्य राख्ने तयारी गरेको छ । निर्देशक खड्काका अनुसार यो वर्षको वार्षिक कार्यक्रममै स्कुलमा नर्सको व्यवस्था गर्ने कार्यक्रम परेकाले यो सरकारको प्राथमिकतामा रहेको छ ।

‘पहिलो चरणमा प्याब्सनसँग सहमति भइसकेकाले निजी विद्यालयमा नर्स राख्ने काम हुन्छ,’ खड्काले भने, ‘विस्तारै सरकारीमा पनि लागू हुन्छ,’ । देशभर हाल ३० हजारको हाराहारीमा विद्यालय छन् । तीमध्ये ७ हजार भन्दा बढी निजी विद्यालय छन् । हाल ७० हजारजति नर्स काउन्सिलमा दर्ता भएको नर्सिङ काउन्सिलले जनाएको छ ।

प्याब्सनसँगको सम्झौतामै विद्यालयमा राखिने नर्सले के÷के गर्ने भन्ने उल्लेख छ । ती नर्सले बच्चाको शारीरिक र मानसिक स्वास्थ्य ख्याल गर्ने, विद्यालयमा लाग्ने घाउचोटको प्राथमिक उपचार गर्ने र स्वस्थकर खाना प्रवद्र्धनार्थ पहल गर्नेछन् । मन्त्रालयले विद्यालयमार्फत बालबालिकाको आँखा, किड्नीजस्ता अंगको परीक्षण एवं चेतना बढाउने जनाएको छ । स्कुल नर्सहरू ‘मेरो स्वास्थ्य मेरो वर्ष अभियानअन्तर्गतका पाँच प्रतिबद्धता म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र परिवार तथार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ को प्रवद्र्धन गर्ने छन् । यसबाट स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास खड्काको छ । स्कुल नर्सले नियमित रुपमा पाठ्यक्रममा रहेको स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, परिवार नियोजन, महिनावारी, किशोरावस्थासम्बन्धी समस्या, सरसफाइ रहने र पोसिलो खाना खाने तरिका, कम उमेरमा विवाह गर्दा आउने समस्या, सुरक्षित यौनव्यवहार र गर्भधारण जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयमा ज्ञान दिनेछन् ।

नागरिकमा प्रकाशित खबर ।

20/06/2017

कुनै पनि अभिभाबकले आफ्नो बच्चालाई भन्न नहुने यी ३ कुरा
प्रकाशित मिति:मङ्लबार, असार ६, २०७४ | June 20,


तपाईं जुन दिन एक अभिभाबक बन्नु हुन्छ, त्यो दिनदेखि तपाईंमाथि कैयौं जिम्मेवारीहरु आइसकेका हुन्छन। यस भरिमा सबै भन्दा महत्वपूर्ण भनेको बच्चाको पालणपोषण। बच्चाहरु सबैभन्दा धेरै कुरा आफ्नो अभिभाबकबाट सिक्छन। अभिभाबकले जे सिकायो बच्चाहरु त्यहि सिक्छन। र मुख्य कुरा छोराछोरी कस्ता हुन्छन भन्ने कुरा अभिभाबकबाटै थाहा पाउन सकिन्छ।

यदि तपाईं अभिभाबक हुनुहुन्छ र बच्चाहरु राम्रो भएको देख्न चाहनुहुन्छ भने यी ३ कुरा बच्चाहरुलाई नगर्नुस र नभन्नुस-

१. बच्चालाई डराउने- धेरै जसो आमाबुबाहरु बच्चालाई काम गराउन होस्, सुताउन होस् या चुप गराउन होस, उनीहरुलाई डराउने गरिन्छ। धेरै चोटी यस्तो वाक्यको पनि प्रयोग गरिन्छ जस्तै “छिट्टो सुत नत्र भुत आउँछ”,”त्यहाँ नजाउ, अहिले जोगी आएर लीएर जान्छ।” यदि भुत, राक्षस, जोगी नामको प्रयोग गरी बच्चाहरुलाइ डराउनुहुन्छ भने यस्तो कदापि नगर्नुहोस।

२. धम्काउने- यदि कुनै बच्चा राम्रो संग होमवोर्क गर्दैन, ठिक समयमा पढदैन अथवा अरु कुनै गल्ति गरेको छ भने उसलाई घरबाट निकाल्दिने र घरभित्र थुनेर राख्ने जस्ता किसिमको धम्कीहरु दिने गरिन्छ। तर यो तरीका धेरै पुरानो र एकदमै खराब तरिका हो। यसरि बच्चाहरुलाई कहिल्यै पनि धम्कि नदिनुहोस। यसले बच्चाको मानसिक स्थितिमा गहिरो असर पर्ने गर्छ।

३. भर्बल अब्युज- “तैलें खान खाइनस भने फेरी कुटाइ खालास” । लगभग धेरै घरमा सुन्न सकिने यो वाक्यलाइ भर्बल अब्युज भानिन्छ। धेरै रिस उठेमा कैयौं अभिभाबकले त कुट्ने पनि गर्छन तर बच्चालाई यस्तो वाक्यको प्रयोग गर्ने र कुट्ने गर्नुहुन्छा भने आफ्नो बानि बद्लिहाल्नोस। उनीहरुलाई कुनै दोस्रो उपाय लगाएर सम्झाउनुहोस। तपाइँ उनीहरुको कुरालाई राम्रो संग सम्झनुहोस र आफ्नो कुरा पनि उनीहरुलाइ सम्झाउनुहोस।

02/06/2017

काठमाडौं १९ जेठ/सरकारले निजी विद्यालयको सहकायएमा मेरो वर्ष अभियान अगाडि बढाउने भएको छ । मेरो वर्ष म स्वस्थ, मेरो देख मेरो स्वस्थ नारासहि तगत बैशाखबाट सञ्चालन गरिएको उक्त अभियानले सम्पूर्ण नागरिक आफ्नो स्वास्थ्यप्रति सजज रहून भन्ने उद्देश्य लिएको छ ।
अभियानलाई सफल बनाउन सरकारले निजी विद्यालयको संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) सँग समझदारी समेत गरेको छ । समझदारीपत्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्का र प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले हस्ताक्षर गरे ।
केन्द्रका निर्देशक खड्काले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ बनाउन कम्तीमा एक निजी विद्यालयमा एकजना नर्स राख्नुपर्ने, नर्सको तालिम लगायतका विषयमा सरकारले व्यवस्थापन गर्ने, विद्यार्थीको स्वास्थ्य परीक्षण स्थानीय स्वास्थ्य संस्थाबाट सरकारले गराउने, कम्तीमा एक विद्यार्थी एक खेल अनिवार्य गर्नेलगायतका वुंदा समझदारी पत्रमा रहेको बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।

Cpid

08/05/2017

विद्यालयको प्रार्थना सकेर विद्यार्थीहरु आआफ्नो कक्षामा छिरे । शिक्षकहरु पनि हाजिरी खाता र हिजो जाँचेका अभ्यास पुस्तिका च्यापेर आआफ्नो समय तालिका अनुसार कक्षामा प्रवेश गरे ।
निलकण्ठ सर पाँच कक्षामा छिर्नु भो । कक्षामा तीसजना विद्यार्थी थिए । अँग्रेजीमा सबै विद्यार्थीले अभिवादन गरे, गुड मर्निङ सर । सरले पनि गुड मर्निङ भन्दै सिट डाउन भन्नु भो । सबै विद्यार्थी बसे ।
निलकण्ठ गुरु हाजिर बोलाउन थाल्नु भो, रोल नं. वट, टु.... । पछाडिको बेञ्चबाट एउटा आवाज आयो, सर मे आई गो टु टवाइलेट?
भर्खर बाहिरबाटै आएका विद्यार्थीले गृहकार्य नगरेको हुनाले सजायबाट बच्नका लागि बाहिर जाने बहाना बनाइरहेको छ भन्ने सोचेर गुरुले भन्नु भो, नो ।
गुरुले हाजिरी सकेर पाठ पढाउनु भो । दोस्रो घण्टी लाग्यो । गुरु अर्को कक्षामा जानुभयो । एकछिनमा राधे सर पाँच कक्षामा छिर्नु भो । कक्षामा निक्कै हल्लीखल्ली छ । सर... कस्तो गन्हायो भन्दै विद्यार्थी बाहिर भाग्न थाले ।
यस्तैमा त्यही कक्षाको रबिन सरको नजिक आएर भन्छ, सर, आईएम सफर्ड फ्रम डाइरिया ।’
अघि उही थियो निलकण्ठ गुरुसँग बाहिर जान पाउँ भनी बिन्ती गर्ने । cpd

Job opportunity in Mount Everest Academy
30/04/2017

Job opportunity in Mount Everest Academy

अाज मिति 2074 साल बैशाख 4 गतेमाउन्ट एभरेष्ट एकेडेमीले आयोजना गरेको स्वास्थ्य शिबीर बाट  ६०० जनाले स्वास्थ्य परीक्षणको फा...
17/04/2017

अाज मिति 2074 साल बैशाख 4 गते
माउन्ट एभरेष्ट एकेडेमीले आयोजना गरेको स्वास्थ्य शिबीर बाट ६०० जनाले स्वास्थ्य परीक्षणको फाइदा लिए ।

16/04/2017

Address

Itahara, Sombare
Biratnagar

Telephone

9801454010

Website

Alerts

Be the first to know and let us send you an email when Mount Everest Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mount Everest Academy:

Shortcuts

Share

Category