10/02/2026
पूर्वाञ्चल विश्वविद्यालय नेवि संघ कलेज अफ ल इकाई समिति बाट आज मिति २०८२/१०/२७ गते आयोजना गरिएको नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक बिच बढदो असन्तुष्टि: सुधार कि विकल्प?" विषयक बहस प्रतियोगिताका केही दृश्यहरु।
Nationality, Democracy, Socialism, Student Unity
10/02/2026
पूर्वाञ्चल विश्वविद्यालय नेवि संघ कलेज अफ ल इकाई समिति बाट आज मिति २०८२/१०/२७ गते आयोजना गरिएको नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक बिच बढदो असन्तुष्टि: सुधार कि विकल्प?" विषयक बहस प्रतियोगिताका केही दृश्यहरु।
02/02/2026
उल्लासमय सहभागिताका लागि अनुरोध गर्दछौं।
30/01/2026
नेपाल विद्यार्थी संघ पू. वि. कलेज अफ ल इकाई समितिले मिति २०८२/०९/२६ मा संकाय डिनको कार्यालय विराटनगर भवनमा तालाबन्दी गरेकोमा विश्वविद्यालय प्रशासन सँगको निरन्तर संवादले आज मिति २०८२/१०/१६ गते विश्वविद्यालय बाट गठित वार्ता टोली र ने वि संघ साथै अखिल क्रान्तिकारी इकाई समिति सँग गम्भीर छलफल र संवाद पश्चात निम्न बमोजिमको आशय रहेको सहमति गरी ताला खोल्ने निर्णय गरियो।
निम्न:
१. विश्वविद्यालयले संकाय डिनको कार्यालय राख्न अन्यन्त्र व्यवस्था नगरेसम्म कलेज अफ ल लाई तत्काल आवश्यक कक्षाकोठा सञ्चालन गर्न दिने र भविष्यमा आवश्यक कक्षाकोठा आवश्यकताका आधारमा भवन लाई खाली गर्दै जाने विषयमा सहमति गरियो।
२.आगामी निर्वाचन लगत्तै कानुन संकाय सह डिन नियुक्त गरी क्याम्पस हाता भित्रै व्यवस्थापन गर्ने सहमति गरियो।
३. संकाय डिनको कार्यालयमा रहेको सभाहल विद्यार्थी/शैक्षिक कार्यक्रम प्रयोजनका लागि सहज बनाउन एक थान चाबी क्यम्पस प्रमुख सँग राख्ने।
४. विश्विद्यालयका सम्पूर्ण निकायमा भुक्तानी प्रक्रिया लाई सहज बनाउन अनलाइन भुक्तानी प्रणाली यथासिघ्र लागू गर्ने व्यवस्था मिलाउने।
५.आर्थिक वर्ष २०८२/०८३ भित्र काम सम्पन्न हुने गरी क्यान्टिन बनाउन प्रक्रिया अगाडि बढाउने।
६. कलेज अफ ल लाई प्रविधि मैत्री बनाउने काममा तत्कालका लागि कम्तीमा २ वटा smart-classroom निर्माण गर्ने।
७. अब पुनःनिर्माण गर्न लागिएको पुस्तकालय (लाइब्रेरी)लाई eLibrary को रुपमा विकास गर्ने।
८. आगामी आर्थिक वर्षको बजेटमा कलेज अफ ल लाई छुट्टै कलेज बस खरिद गर्न बजेट विनियोजन गर्ने।
९. कलेज अफ ल को आयोजनामा आगामी वैशाख महिनामा National level Moot Court Competition आयोजना गर्न आवश्यक रकम छुट्याउने।
23/01/2026
वसन्त पञ्चमी (सरस्वति पूजा) को हार्दिक शुभकामना।
माता सरस्वतीको आशीर्वादले सम्पूर्णमा सत्कर्म र सद्बुद्धि प्राप्त होस।
14/01/2026
सूचना
10/01/2026
नेपाल विद्यार्थी संघ कलेज अफ ल इकाई समितिले डिनको कार्यालय विराटनगर को भवनमा तालाबन्दी गरेको छ।
डिनको कार्यालय खाली गराई कलेज अफ ल को स्वामित्वमा रहने गरी पठनपाठनको निम्ति कक्षाकोठा निर्माण गरेर सञ्चालन गर्नु पर्ने साथै विराटनगर कार्यालय बाट गोठगाउँ केन्द्रीय कार्यालय स्थान्तरण गरिएको कला कानुन तथा शिक्षा शास्त्र संकाय कानुन संकाय केन्द्रीय क्यम्पस हाता भित्र नै रहने गरी व्यवस्था गर्नुपर्ने माग राख्दै आज तालाबन्दी गरिएको हो।