Purbanchal Vidhya Sadan B. School

Purbanchal Vidhya Sadan B. School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Purbanchal Vidhya Sadan B. School, School, Veterinary Line, Biratnagar-13, Morang, Biratnagar.

29/09/2024

आज असाेज १३ गतेदेखि परीक्षा सुचारु हुने।

परीक्षा तालिका (Exam schedule) अनुसार परीक्षा सञ्चालन हुने जानकारी अभिभावक साथै विद्यार्थीहरूलाई गरिन्छ।
विद्यालय प्रशासन ।

27/09/2024

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अनुरोध
बर्षातको समयमा सवारी साधन चलाउदा सवारी चालक तथा पैदल यात्रीहरुले अपनाउनु पर्ने सावधानीहरुः-

१) बर्षातको समयमा सवारी साधनहरुले अनिवार्य वाइपरको प्रयोग गर्ने,
२) सडकको सतह पानीको कारणले चिप्लो हुने हुँदा सवारी साधनको गती कम गर्ने,
३) सवारी साधन ब्रेक लगाउदा चिप्लिने डर हुने हुँदा अन्य समय भन्दा अगाडीको सवारी साधन संग दुरी बढाउने,
४) पानी, हावा तथा हुस्सुको कारणले दृष्यावलोकन (Visibility) कमजोर हुने हुँदा पैदल यात्री, डिभाइडर, जेब्राक्रसिङ, सडक बत्ती देख्न कठिन हुने हुँदा सवारीको गती कम गरी सवारी चलाउने,
५) सडकमा पानी जमेको स्थानमा खाल्डा खुल्डी हुन सक्ने हुँदा सवारीको गति कम गरी सवारी चलाउने,
६) पैदल यात्रीहरुले जथाभावी बाटो नकाट्ने तथा काट्नु परेमा दायाँ बायाँ हेरी सुरक्षित स्थानबाट मात्र बाटो काट्ने,

‌‌‌==आफु सुरक्षित रहौँ र अरुको सुरक्षामा ध्यान दियौँ,==

सहभागिताकाे लागि हार्दिक धन्यवाद ।
20/09/2024

सहभागिताकाे लागि हार्दिक धन्यवाद ।

जय विश्वकर्मा बाबा ।सवै यात्रु विद्यार्थीहरूकाे सुरक्षित यात्राकाे लागि प्रार्थना ।
17/09/2024

जय विश्वकर्मा बाबा ।
सवै यात्रु विद्यार्थीहरूकाे सुरक्षित यात्राकाे लागि प्रार्थना ।

 #चाैथाे_संस्करणकाे_नाटक_महाेत्सवमा_पनि_पूर्वाञ्चल_स्कुल_नै_उत्कृष्ट ।गुरूकुल आराेहण, विराटनगरले आयाेजना गरेकाे चाैथाे स...
16/09/2024

#चाैथाे_संस्करणकाे_नाटक_महाेत्सवमा_पनि_पूर्वाञ्चल_स्कुल_नै_उत्कृष्ट ।
गुरूकुल आराेहण, विराटनगरले आयाेजना गरेकाे चाैथाे संस्करणकाे 'विराटनगर विद्यालय नाटक महोत्सव २०८१' मा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले प्रस्तुत गरेकाे नाटक "एक पटक बोलेको एक रुपियाँ" उत्कृष्ट नाटक घाेषित भएकाे छ। त्यस्तै गरी पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलकै छात्र सुदेश चाैधरी उत्कृष्ट अभिनेता घाेषित भएका छन्।
गत वर्षकाे तेस्रो संस्करणकाे नाटक महाेत्सवमा पनि पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल नै उत्कृष्ट भएका थिए।

06/09/2024
यश पूर्वाञ्चल स्कुलमा सञ्चालित पूर्वाञ्चल स्काउट ट्रुपका स्काउट मास्टर श्री गाेविन्द कुमारलाई जन्म दिनको लाखौं लाख शुभका...
25/08/2024

यश पूर्वाञ्चल स्कुलमा सञ्चालित पूर्वाञ्चल स्काउट ट्रुपका स्काउट मास्टर श्री गाेविन्द कुमारलाई जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार ।

पठनपाठन लगायत विविध विषयमा प्रिन्सिपलसँग अन्तरक्रिया गर्दै कक्षा ८ का विद्यार्थीहरू ।
22/08/2024

पठनपाठन लगायत विविध विषयमा प्रिन्सिपलसँग अन्तरक्रिया गर्दै कक्षा ८ का विद्यार्थीहरू ।

 #ढोग आदरणीय गुरु अभि सुवेदीकाे खुल्ला पत्र बालबालिकालाई !प्यारा भाइबहिनीहरु,नमस्कार !तिमीहरू के राम्रो, के नराम्रो छुट्...
19/08/2024

#ढोग आदरणीय गुरु अभि सुवेदीकाे खुल्ला पत्र बालबालिकालाई !

प्यारा भाइबहिनीहरु,
नमस्कार !
तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठुलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामर्थ्य लुकेका हुन्छन्
हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।
म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर,मोवाइल,टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो।
मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ।
लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफुभन्दा ठुलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा,दया र कल्याणका कथा हेर्नुपर्छ। संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने गर्‍यो भने तिमीहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समुह बनाएर खेल्नुपर्छ । प्रकृृति पनि एउटा पाठशाला हो । त्यसकारण घर र विद्यालय हाता बाहिरको वातावरण बारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ। कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।
किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठुला कक्षामा जस्तोसुकै सुत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएका बखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।
पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदी बाट प्राप्त रुपैयाँ, खेलौना, लुगाकपडा जस्ता सामानमा भरसक खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठुलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौं देशी-विदेशी किताब छन्। मैले घरैमा पढ्न शुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएका किताब पनि मेरो घरको लाइब्रेरिमा छन् । आजकल मेरो कोठा कक्षाकोठा जस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरु र साथी भएका छन् ।
तिमीहरूको उमेर जीवनको सुरुवाती अवस्था हो । यस्तो उर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनु हुँदैन । हामीले आफ्नो समयमा केहि नयाँ र असल काम गर्न सक्यौं भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ ।

तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी
(साभार: सामाजिक सञ्जाल )

Interaction with junior level students..
18/08/2024

Interaction with junior level students..

कक्षा १०, ११ र १२ पढ्ने युवाहरुसँग कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी समीक्षा तथा अन्तर्कृया कार्यक्रममा आफ्नाे प्रश्...
17/08/2024

कक्षा १०, ११ र १२ पढ्ने युवाहरुसँग कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी समीक्षा तथा अन्तर्कृया कार्यक्रममा आफ्नाे प्रश्न र धारणा राख्दै यस विद्यालयका कक्षा १० कि विद्यार्थी #जीया #मण्डल ।

विद्यार्थीहरूकाे गुनासो र सुझाव संकलन पछि प्रिन्सिपललाई हस्तान्तरण गर्दै कक्षा ८ का विद्यार्थीहरू।
16/08/2024

विद्यार्थीहरूकाे गुनासो र सुझाव संकलन पछि प्रिन्सिपललाई हस्तान्तरण गर्दै कक्षा ८ का विद्यार्थीहरू।

Address

Veterinary Line, Biratnagar-13, Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Purbanchal Vidhya Sadan B. School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category