Purbanchal University, Gothgaun, Morang, Nepal

Purbanchal University, Gothgaun, Morang, Nepal

Share

This is an Official page of Purbanchal University, Gothgaun, Morang, Nepal.

Photos from Purbanchal University, Gothgaun, Morang, Nepal's post 17/11/2025

पूर्वाञ्चल विश्वविद्यालय प्रविधिमैत्री दिशामा

पूर्वाञ्चल विश्वविद्यालयले सूचना तथा प्रविधिको प्रयोगमार्फत् विश्वविद्यालयबाट सम्पादन हुने विविध कार्यक्रमलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । हालै विश्वविद्यालयले केन्द्रीय कार्यालय र यस अन्तर्गतका १७ वटा निकायहरुमा सम्पादन हुने आर्थिक क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाई वैज्ञानिक ढंगबाट लेखा व्यवस्थापन चुस्त, पारदर्शी र अझ प्रभावकारी बनाउनमिति २०८२/०८/०१ गते देखि सञ्चालन हुने गरी Integrated Accounting Solution सफ्टवेयरको उपकुलपति प्रा.डा.विजु कुमार थपलियाज्यू र रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीज्यूबाट सम्पूर्ण संकाय डीनहरु, कार्यकारी निर्देशकहरु, योजना महाशाखा प्रमुख,निकायका प्रमुखहरु, प्रशासक तथा लेखा प्रमुखहरुको उपस्थितिमा संयुक्तरुपमा उद्घाटन सम्पन्न भयो ।
साथै, विश्वविद्यालयलाई थप प्रविधिमैत्री बनाउन, विश्वविद्यालयको अनुगमनलाई प्रभावकारी बनाउन एवं आवश्यक तथ्यांकहरुको वैज्ञानिक ढंगबाट संग्रह र विश्लेषण गर्न आगामी एक महिनाभित्र तयार हुने University Management System सफ्टवेयरको Demo Version को आवश्यक सुझावहरु लिने कार्य समेत सम्पन्न भयो ।
कार्यक्रमको अन्त्यमा उपकुलपतिज्यू र रजिष्ट्रारज्यूले सफ्टवेयर निर्माणमा योगदान पुर्‍याउने सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गर्दै डिजिटल रूपान्तरणका यस्ता थप परियोजनाहरूलाई निरन्तर अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

10/11/2025

विदासम्बन्धी सूचना !

Photos from Purbanchal University, Gothgaun, Morang, Nepal's post 03/11/2025

पूर्वाञ्चल विश्वविद्यालयमा पहिलो पटक ३ वर्षे कार्यकालका लागि प्रशासनिकतर्फको विशिष्ट श्रेणी प्रशासक पदमा नियुक्ति हुनुभएको फणिन्द्रराज गौतमज्यूको पदस्थापन कार्यक्रम। उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना!

20/10/2025

तिहार तथा छठ पर्वको शुभकामना !

14/10/2025

जीवन बिमासम्बन्धी प्रस्ताव आह्वानको सूचना !

22/09/2025

शुभकामना !

22/09/2025

दशैँ विदासम्बन्धी सूचना !

Photos from Purbanchal University, Gothgaun, Morang, Nepal's post 18/09/2025

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” नाराका साथ पू्वाञ्चल विश्वविद्यालयमा सीमित कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८२ मनाइएको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित केन्द्रीय कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रमा उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले देशमा विद्यमान विषम् परिस्थितिका कारण सीमित कार्यक्रम गरेर शिक्षा दिवस मनाइएको जानकारी दिनुभयो।
सो क्रममा उहाँले आगामी दिनमा राष्ट्रिय नारामा उल्लेख गरिएजस्तै सरोकाररवालाहरूसँग साझेदारी गर्दै विश्वविद्यालयको प्रणालीगत सुधार गरेर ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताको विकासमा निरन्तर लागिरहने प्रेरणा प्राप्त होस् भन्ने अपेक्षा सहित शिक्षा दिवसको अवसरमा विश्वविद्यालय परिवारलगायत सबैलाई शुभकामना दिनुभएको थियो।
कार्यक्रममा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीलगायत विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


University Marga
Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00