19/04/2026
श्री पञ्चकन्या देवीकी जय!
सर्वप्रथम सबैमा सादर नमस्कार! पौवादुङमा गाउँ पालिकाको सेवा केन्द्र च्याङग्रे क्षेत्रको च्याङ्ग्रे पोखरीको किनारमा अवस्थित पवित्र भूमिमा पञ्चकन्या देवीको कलात्मक मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने हेतुले २०८३ वैशाख ९ गतेदेखि “श्रीमद् देवी भागवत नवाह पूराण विराट ज्ञान महायज्ञ तथा सांस्कृतिक महोत्सव” आयोजना हुन गइरहेको छ ,
यस पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, देश तथा विदेशमा रहनुभएका पौवादुङमाली तथा भोजपुरे महानुभावहरूलाई हार्दिक आव्हान गर्दछुकि एकपटक आफ्नो जन्मभूमिको माया सम्झेर कार्यक्रममा सहभागी बनौं।
उपस्थित हुन नसके पनि श्रद्धाअनुसार आर्थिक, भौतिक वा नैतिक सहयोग गरौं।
जन्मभूमि केवल सम्झनाको ठाउँ होइन, हाम्रो अस्तित्वको आधार हो। त्यसैले आउनुहोस्, यस ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा हातेमालो गरौं।
श्री पञ्चकन्या देवीकी जय! धन्यवाद।
– काजीमान थापा
संयोजक, प्रचार–प्रसार समिति
विराट ज्ञान महायज्ञ तथा पौवदुङमा सांस्कृतिक महोत्सव २०८३