मिति २०८३ साल जेठ ८ गते शुक्रबारको दिन अरुण गाउँपालिका वडा नं ३ मा अवस्थित यस श्री सरस्वती आधारभूत विद्यालयको बालक्लब द्वारा आयोजित गरिएको विभिन्न अतिरिक्त क्रियाकलापहरुको सानो अंश
श्री सरस्वती आधारभूत विद्यालय, अरुण गा. पा. ३, प्याउली भोजपुर
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती आधारभूत विद्यालय, अरुण गा. पा. ३, प्याउली भोजपुर, School, Arun 3, Pyauli Rikhetar, Bhojpur.
15/05/2026
श्री सरस्वती आधारभुत विद्यालय परिवारका प्रिय तथा सबैभन्दा कान्छाे विद्यार्थी कृयनजङ्ग कार्कीलाई जन्मदिनको हार्दिक शुभकामना। 🎂😊
30/04/2026
श्री सरस्वती आ.वि. परिवारको तर्फबाट आदरणीय Yashoda Rai Sth मिसलाई जन्मदिनको हार्दिक शुभकामना🎉🎂
28/04/2026
📢
आदरणीय अभिभावकज्यूहरू !
आज मिति २०८३ वैशाख १५ गतेबाट यस श्री सरस्वती आधारभूत विद्यालय, अरुण गा. पा. ३, प्याउली भोजपुर मा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्य सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
यस अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू तथा विद्यार्थी भाइबहिनीहरूलाई समयमा नै विद्यालयमा उपस्थित भई भर्ना प्रक्रिया सम्पन्न गर्न र पाठ्यपुस्तक प्राप्त गर्न हार्दिक अनुरोध गरिन्छ।
📚 शिक्षाको उज्यालो भविष्य निर्माणका लागि आफ्ना नानीबाबुहरूलाई विद्यालयमा भर्ना गराउनुहोस्।
🙏 हामीसँगै सिकाइको नयाँ यात्रा सुरु गरौँ !
धन्यवाद !!
— विद्यालय परिवर
श्री सरस्वती आधारभूत विद्यालय
20/04/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂
यस विद्यालयका सम्माननीय शिक्षकज्यूलाई उहाँको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको ज्ञान, समर्पण र मार्गदर्शनले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउँदै आएको छ। तपाईंको शिक्षण यात्रामा अझ धेरै सफलता, सुस्वास्थ्य, दीर्घायु तथा खुशी प्राप्त होस् भन्ने कामना गर्दछौँ।
विद्यालय परिवारको तर्फबाट पुनः एक पटक जन्मदिनको हार्दिक शुभकामना 🙏🎈
— [विद्यालय परिवार]
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा यस विद्यालय परिवारका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, विधालय व्यवस्थापन समिति तथा सम्पूर्ण सराेकारवालाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्षले सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोच ल्याओस्। शिक्षा, अनुशासन र मेहनतमार्फत हरेक विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न सफल होस् भन्ने कामना गर्दछौं।
यो नयाँ वर्षले हामी सबैलाई अझ जिम्मेवार, सिर्जनशील र सफल बनाओस्। सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित-नयाँ वर्ष ३०८३ को हार्दिक शुभकामना! 😊
📢 सूचना ! सूचना !! सूचना !!!
Annual Exam Result Notice
यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा सम्बन्धित अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा मिति २०८२ साल चैत ३० गते सोमबार बिहान ११:०० बजे विद्यालय परिसरमा प्रकाशित गरिनेछ।
👉 अतः सम्बन्धित सबै विद्यार्थी तथा अभिभावकज्यूहरूलाई उक्त समयमा उपस्थित भई नतिजा अवलोकन गर्न हुन अनुरोध गरिन्छ।
🎓 साथै, उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको Grade Sheet पनि वितरण गरिने हुँदा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरुलाई समयमा नै उपस्थित हुनका लागि अनुरोध गर्दछौं ॥
🙏 धन्यवाद !!
📍 श्री सरस्वती आधारभूत विद्यालय, अरुण गा. पा. ३, प्याउली भोजपुर स-परिवार
06/04/2026
यस श्री सरस्वती आ.वि. का अत्यन्त मिलनसार र सहयाेगी शिक्षक युबराज कार्की लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं
30/03/2026
यस श्री सरस्वती आधारभूत विद्यालयका शिक्षक श्री Chandrika KC Bohora को घरमा लक्ष्मीको आगमन भएकोले उहाँ र उहाँको परिवारजनमा हाम्रो विद्यालय परिवार हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछाैँ ।
22/03/2026
शैक्षिक सत्र २०८२ को पालिका स्तरीय कक्षा ८ को परीक्षा सञ्चालन गर्नका लागि अरुण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्याउली भोजपुरबाट श्री सरस्वती आधारभूत विद्यालय, अरुण गा. पा. ३, प्याउली भोजपुर , मा कक्षा ८ को केन्द्राध्यक्ष पदमा खटिएर आउनुभएको श्री शारदा माध्यमिक विद्यालय प्याउलीका शिक्षक सीतालक्ष्मी चौहान ज्यूलाई मिति २०८२/१२/०८ गते बिदाइ गर्नुहुदै विद्यालयका वि. व्य. स. अध्यक्ष पर्शुराम कार्की र प्र.अ. शिवराज सापकोटा साथै कार्यरत शिक्षकहरु
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Arun 3, Pyauli Rikhetar
Bhojpur
57000