Shree Arunodaya Secondary School Charambi

Shree Arunodaya Secondary School Charambi

Share

कोशी प्रदेश, भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीमा अवस्थित श्री अरुणोदय माध्यमिक विद्यालय ।

18/12/2024

श्री अरुणोदय माध्यमिक विद्यालयका पुर्व विद्यार्थीज्यूहरु, गुरुवर्ग तथा शुभचिन्तकहरु ।
विद्यालय स्थापनाको ६० औं वर्षको उपलक्ष्यमा पहिलो पटक अरुणोदय स्मारिका २०८१ को प्रकाशन तथा विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर स्थापनाको तयारी भईरहेको कुरा जानकारीका लागि अनुरोध छ । यसै सन्दर्भमा पहिलो चरणमा ४३० पृष्ठको स्मारिकाको पाण्डुलिपी तयार भएको व्यहोरा अनुरोध गर्दै स्मारिका प्रकाशन तथा मन्दिर निर्माणको अभियानमा हातेमालोका लागि स्मारिका प्रकाशन समतिको तर्फबाट हार्दिक अनुरोध गर्दछौं । संस्थागत सहयोग तथा विज्ञापन संकलनको काम भइरहेको छ, व्यक्तिगत रुपमा सहयोग गर्न चाहने महानुभावहरुले विद्यालयका संस्थापक प्राध्यानाध्यापक श्री प्रभु प्रसाद पराजुलीको नाममा लक्ष्मी सनराइज बैंकमा खोलिएको उल्लेखित बैंक खातामा रकम जम्मा गरी सोको स्क्रीनसट उपलब्ध गराइदिनु होला ।

25/10/2024

श्री अरूणोदय माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको संस्था पुर्व विद्यार्थी मञ्चले मिति २०८१ कात्तिक १० गते शनिबार आयोजना गरेको परिचय तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थापक प्रधानाध्यापक श्री प्रभु प्रसाद पराजुली, तत्कालीन शिक्षकहरु श्री विष्णु प्रसाद लम्साल, श्री प्रभु प्रसाद पराजुली, श्री नर प्रसाद लुईटेल, श्री खडानन्द पराजुली, जसमान राई लगायत विद्यालय स्थापनाका समयमा विद्यार्थीहरुको समेत उपस्थिती हुने भएकाले यो जानकारी अन्य अरुणोदयका पुर्व तथा हालका विद्यार्थीहरुसम्म पुर्याइ सहभागिता जनाउनका लागि विद्यालयका प्रधानाध्यापक श्री माधव प्रसाद पराजुलीको आज्ञाले हार्दिक अनुरोध । विशेष गरी सुनसरी, झापा र मोरङ आसपासमा बसोबास गरिरहनु भएकाहरुलाई कार्यक्रममा सहभागि हुन सजिलो हुने भएकाले सक्दो सहभागिताका लागि अनुरोध गरिएको छ । कार्यक्रममा उपस्थित हुन नसक्नेहरुका लागि सम्भव भएसम्म उक्त भेटघाट कार्यक्रमको प्रत्यक्ष प्रशारण यसै पेज मार्फत गर्ने पहल भईरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

कार्यक्रम मिति २०८१ साल कात्तिक १० गते शनिबार
समयः बिहान ११
स्थानः सुन्दर हरैचा ५ बाँसबारी, मोरङ (प्रधानाध्यापक श्री माधव प्रसाद पराजुलीको निजी निवास ।)
सम्पर्कः ९८४२१३३६९०

18/10/2024

विद्यालयले सञ्चालन तथा अपडेट गर्न सक्ने गरी श्री अरुणोदय माविको फेसबुक पेज निर्माण गरिएको छ । तत्कालका लागि स्मारिका प्रकाशन तथा विद्यालय परिसरमा सरस्वतीको मन्दिर स्थापनाका सम्बन्धमा आवश्यक सूचना, अपडेट तथा आग्रहहरु सम्प्रेषण गर्ने र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनलाई पेज हस्तान्तरण गर्ने गरी बनाइएको फेसबुक पेज लाइक तथा फलो गर्नुहोला ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Arun Rural Municipality 04, Charambi
Bhojpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 17:00