Bidyodaya Secondary School, Bhojpur Municipality-7 Bhojpur

Bidyodaya Secondary School, Bhojpur Municipality-7 Bhojpur

Share

श्री विद्योदय माध्यमिक विद्यालय भोजपुर, नेपाल ।
A well renowned community school located at Bhojpur headquarter

Photos from Bidyodaya Secondary School, Bhojpur Municipality-7 Bhojpur's post 26/07/2026

अभिभावक भेला/बैठक कक्षा (०-१२) मिति : २०८३ साउन १० गते आइतबार

24/07/2026

यस श्री विद्योदय मा.वि. भोजपुरका शिक्षक श्री भूमिका थापा (कार्की) का ससुरा तथा विद्यालयका पूर्व विद्यार्थी श्री चक्रबहादुर कार्कीका पिता पुष्पबहादुर कार्कीको यही मिति २०८३ साउन ७ गते ८३ वर्षको उमेरमा असामयिक निधन भएको खबरले विद्यालय परिवार मर्माहत भएको छ। शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

17/07/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सम्बन्धी सूचना

परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

13/07/2026

TMP का लागि शुल्क तथा कागजात बुझाउने सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भई प्रत्येक विषयमा सैद्धान्तिक तर्फ न्यूनतम डी ग्रेड र प्रयोगात्मक तर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्ड विराटनगरबाट Transcript, Migration & Provisional (TMP) प्रमाणपत्रहरू ल्याउनका लागि आवश्यक कागजात तथा शुल्क यथाशीघ्र (ढिलोमा असार मसान्त भित्र) विद्यालयमा जम्मा गर्न सूचित गरिन्छ।
आवश्यक कागजातहरू:
१. SEE उत्तीर्ण ग्रेडसिट
२. कक्षा ११ को ग्रेडसिट
३. नेटबाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट
४. TMP शुल्क

निर्धारित समयमा आवश्यक कागजात तथा शुल्क जम्मा नगर्ने विद्यार्थीहरूका प्रमाणपत्रहरू विद्यार्थी स्वयंले ल्याउनुपर्ने छ।

थप जानकारीका लागि: 9847952823

13/07/2026

प्रवेशपत्र बुझ्ने बारेको सूचना।

राष्ट्रिय परीक्षा बोर्डद्वारा यही साउन २ र ३ गते सञ्चालन गरिने कक्षा १२ को ग्रेड वृद्धि/मौका परीक्षामा सामेल हुन परीक्षा फाराम भरेका विद्यार्थीहरूलाई यही असार मसान्तभित्र विद्यालयमा सम्पर्क राखी प्रवेशपत्र बुझ्न सूचित गरिन्छ।

थप जानकारीका लागि: 9847952823

09/07/2026

यस विद्यालयका पूर्व विद्यार्थी श्री गोविन्द बहादुर कार्की नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

06/07/2026

कक्षा ११ को ग्रेड वृद्धि/छुट परीक्षाको परीक्षाफल प्रकाशनसम्बन्धी सूचना ।

Photos from Bidyodaya Secondary School, Bhojpur Municipality-7 Bhojpur's post 29/06/2026

हार्दिक कृतज्ञता तथा जन्मदिनको शुभकामना ! 🌸
नवोदय संस्थाका सल्लाहकार तथा मनकारी दाता आदरणीय मोहनदेवी श्रेष्ठज्यूको ८४औँ जन्मोत्सवको शुभ-अवसर पारेर यस विद्योदय माध्यमिक विद्यालय, भोजपुरका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण छात्रछात्राहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ।
यस विद्यालयका पूर्व विद्यार्थीहरू तथा मनकारी दाताहरूको तर्फबाट प्राप्त रु. १,०७,०००/- (एक लाख सात हजार) बराबरको आर्थिक सहयोगमा नवोदय संस्था, भोजपुरद्वारा विद्यार्थीहरूको आवश्यकता र दाताहरूको चाहनाअनुसार उक्त पोशाक वितरण सम्पन्न भएको हो।
यस पुण्य कार्यका सहयोगी दाताहरू (पूर्व विद्यार्थी तथा अक्षयकोष दाता):
ईश्वर श्रेष्ठ र सावित्री जोशी
मदन श्रेष्ठ र देवी श्रेष्ठ
सुन्दर मोहन प्रतिष्ठान
केदार श्रेष्ठ र लिला श्रेष्ठ
आफ्नो पूर्व विद्यालय र यहाँका विद्यार्थीहरूप्रति देखाउनुभएको यस अगाध माया र सहयोगका लागि सम्पूर्ण दाताहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
साथै, आदरणीय मोहनदेवी श्रेष्ठज्यूलाई ८४औँ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎂✨

23/06/2026

परीक्षा फारम भर्ने जरुरी सूचना

राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को वार्षिक परीक्षामा नियमित विद्यार्थीका रूपमा सहभागी भई बढीमा दुई विषयमा NG ग्रेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरुलाई यही मिति २०८३ साल असार १५ गतेभित्र विद्यालयमा सम्पर्क गरी परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ ।
आवश्यक कागजातहरू:
१. नेटबाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट
२. हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो
३. परीक्षा शुल्क
थप जानकारी: 9847952823

21/06/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को परीक्षाफलमा सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विभिन्न विषयमा ग्रेड वृद्धि (मौका) परीक्षामा सहभागी हुनुपर्ने (दुई विषयसम्म NG प्राप्त गरेका वा अनुपस्थित) विद्यार्थीहरूलाई तुरुन्त विद्यालयको सम्पर्कमा आई ग्रेड वृद्धि परीक्षाको तयारी कक्षामा सहभागी हुन सूचित गरिन्छ ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhojpur Municipality-7
Bhojpur

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00