24/11/2025
🎉 प्रतिभावान विद्यार्थीहरूलाई हार्दिक बधाई !
भोजपुर नगरपालिकाद्वारा आयोजित नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच सम्पन्न तहगत प्रतियोगिताहरूमा हाम्रो विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्नुभएको छ।
🗣️ वक्तृत्वकला प्रतियोगिता (आधारभूत तह – कक्षा ६–८)
🥈 द्वितीय स्थान: कक्षा ८ का छात्र उदय दाहाल
💃 नृत्य प्रतियोगिता (माध्यमिक तह – कक्षा ९–१२)
🏅 सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरू:
शुष्मा शिवा (कक्षा १२)
एलिसा खड्का (कक्षा १२)
सिलिमा राई (कक्षा ११)
सन्ध्या प्रधान (कक्षा ११)
📌 विद्यार्थीहरूको उत्कृष्ट तयारी, सहभागिता तथा व्यवस्थापनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण शिक्षकज्यूहरूलाई विद्यालय परिवारको तर्फबाट विशेष धन्यवाद प्रकट गर्दछौं।
👏 सबै सफल सहभागीहरूलाई हार्दिक बधाई तथा भावी यात्राका लागि शुभकामना!
24/11/2025
यस विद्यालयमा माध्यमिक तह विज्ञान तथा अंग्रेजी विषय मा शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी नियुक्ति प्राप्त गर्नुभएका सम्मानित शिक्षकद्वय शिखा कुमारी झा तथा बिशाल बाबु रिजाल ज्यूलाई विद्यालय परिवारद्वारा स्वागत गरिएको स्मरणीय क्षण।
📚 हामी तपाईँहरूको आगमनले विद्यालयको शैक्षिक गुणस्तर, सिकाइ वातावरण र शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्दछौं।
🙏 हार्दिक बधाई एवं उज्वल कार्यकालको शुभकामना!
— श्री सिद्धेश्वर माध्यमिक विद्यालय परिवार
24/11/2025
🏫 विद्यालयका अतिरिक्त क्रियाकलापहरू – प्रतियोगिता तथा विजेताहरू 🎉
गत कार्तिक २१ गते शुक्रबार सम्पन्न विभिन्न तहगत दौड प्रतियोगिताहरू तथा मङ्सिर ५ गते शुक्रबार सम्पन्न श्रुति लेखन तथा हिज्जे प्रतियोगिता (Spelling Contest) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
🏃 दौड प्रतियोगिता – विजेताहरू
कक्षा २–३ (छात्रा – १०० मि.)
🥇 सुवासना बस्नेत
🥈 सबिना बस्नेत
🥉 लक्ष्मी बस्नेत
कक्षा २–३ (छात्र – २०० मि.)
🥇 भरत खड्का र शेखर बस्नेत
🥈 हरि सार्की
कक्षा ४–५ (छात्रा – २०० मि.)
🥇 कृष्टिना पाण्डे
🥈 निरिसा तामाङ
🥉 सुश्मा कोइराला
कक्षा ४–५ (छात्र – ३०० मि.)
🥇 सार्जन खत्री
🥈 प्रमेश विशुन्के
🥉 प्रज्वल खत्री
कक्षा ६–८ (छात्रा – ३०० मि.)
🥇 दीक्षा श्रेष्ठ
🥈 रन्जना तामाङ
🥉 अन्जना तामाङ
कक्षा ६–८ (छात्र – ३०० मि.)
🥇 रोमन श्रेष्ठ
🥈 विवेक राई
🥉 कुमार पाण्डे
कक्षा ९–१२ (छात्र – ४०० मि.)
🥇 भीषण हिङमाङ
🥈 केशव कार्की
🥉 पारस खड्का
✍️ श्रुति लेखन / हिज्जे प्रतियोगिता विजेताहरू
कक्षा ६–८ (हिज्जे)
🥇 टेम्के सदन
🥈 सुन्तले सदन
🥉 मैयुङ सदन
कक्षा ९–१२ (हिज्जे)
🥇 मैयुङ सदन
🥈 सुन्तले सदन
🥉 सिलिचुङ सदन
💐 सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना !
अन्य सहभागी विद्यार्थीहरूलाई पनि अझ कडा मेहनतसहित आगामी कार्यक्रमहरूमा सहभागिता जनाई आफ्नो क्षमता उजिल्याउन शुभेच्छा व्यक्त गर्दछौं।
📚 “रोजगारी होइन, प्रतिस्पर्धापूर्ण भविष्यका लागि तयारी”
08/11/2025
हाम्रो विद्यालयमा कक्षा ३ मा पढ्ने छात्रा युनिका कठेत (७ वर्ष)को अकाल निधन भएको खबरले सम्पूर्ण विद्यालय परिवारलाई निकै दु:खी बनाएको छ।
युनिकाको आत्माको चिरशान्तिको कामना गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं।
शोकमा रहनु भएका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
— श्री सिद्धेश्वर माध्यमिक विद्यालय परिवार
07/03/2025
हार्दिक शुभकामना!
यस विद्यालयका सम्माननीय प्रधानाध्यापक श्री सुवासचन्द्र दाहालज्यूलाई भोजपुर जिल्लाबाट माध्यमिक तहमा द्वितीय श्रेणीमा पदोन्नति हुनुभएकोमा विद्यालय परिवार हर्षित एवं गौरवान्वित भएको छ।
यस उपलब्धिको सुखद अवसरमा विद्यालय परिवारको तर्फबाट वहाँलाई हार्दिक बधाई तथा उत्तरोत्तर सफलताको शुभकामना व्यक्त गर्दछौं। विद्यालयको शैक्षिक उन्नयनमा वहाँको अमूल्य योगदानले निरन्तर नयाँ उचाइ चुम्ने विश्वास हामीले लिएका छौं। 🎉👏
06/03/2025
🏆अक्षयकोष छात्रवृत्ति/प्रवीणता पुरस्कार २०८१ पाउने विद्यार्थीको विवरण सम्बन्धमा ।
श्री सिद्धेश्वर मावि, भोजपुरद्वारा प्रदान गरिने अक्षय कोष तथा प्रवीणता पुरस्कार प्राप्त गर्न सफल विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎉
पुरस्कार वितरण कार्यक्रम बि.सं. २०८१ फागुन २४ गते आयोजना गरिने हुँदा सम्बन्धित विद्यार्थीहरूले आफ्ना अभिभावकसहित अनिवार्य रूपमा उपस्थित हुन अनुरोध छ।
विद्यालयले प्रदान गर्ने यो सम्मान तपाईंहरूको मेहनत, लगनशीलता, र उत्कृष्ट उपलब्धिको प्रतीक हो। भविष्यमै पनि सफलता प्राप्त गर्दै अघि बढ्न शुभकामना! 💐
#अक्षयकोष #प्रवीणता_पुरस्कार #श्री_सिद्धेश्वर_मावि_भोजपुर_दावा #विद्यार्थीगौरव
06/03/2025
बालबालिकाहरूको सर्वाङ्गिण विकास हाम्रो प्रमुख लक्ष्य हो। 🎯 विद्यालयको ७७औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह विद्यालयमा उत्साहका साथ सञ्चालन भइरहेको छ। 🏃♂️🏆 खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा, टीम वर्क, र आत्मविश्वास अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो। 🏅 सहभागी सबैलाई शुभकामना! 🎉
#श्री_सिद्धेश्वर_मावि_भोजपुर_दावा
05/03/2025
विद्यालय परिवार सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछ ।