27/08/2026
आह्वान गरिएको।
शिक्षा र अन्य सम्पूर्ण जानकारीका लागि ।🙏
27/08/2026
आह्वान गरिएको।
26/08/2026
भोजपुर जिल्ला अरुण गा.पा.-६ स्थायी ठेगाना भएका रोशन कुमार राई रा.प. तृतीय श्रेणी, शाखा अधिकृत(वि. नि)नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, मा सिफारिस भएकोमा हार्दिक बधाई 🙏
मेहनतको मात्राले मात्र सफलता प्राप्त नहुदो रहेछ, त्यसको लागि भाग र भोगको पनि चाहिदो रहेछ।पटक–पटकको पीडा सहँदै, अनेकौँ कठिनाइ पार गर्दै आजको सफलताको शिखरमा पुग्नुभएकोमा हार्दिक बधाई। तपाईंको संघर्ष, धैर्य र मेहनतको सुन्दर परिणाम हो।
शिक्षा अधिकृत ( वि.नि) को लिखित परीक्षा उत्तीर्ण यात्रा...
१. २०८० असार ( वैकल्पिक ) संघ
२.२०८२ जेष्ठ ( करार लिस्ट ) कोशी प्रदेश
३. २०८२ साउन ( वैकल्पिक ) कोशी प्रदेश
४. २०८२ साउन (वैकल्पिक ) बागमती प्रदेश
५. २०८२ चैत (वैकल्पिक ) कोशी प्रदेश
६. २०८३ भाद्र ३ (अन्तवार्तको नतिजा आउन बाँकी) मधेश प्रदेश
७. २०८३ भाद्र ९ संघ सिफारिस ।
८. २०८२ चैतमा नि. मा सिफारिस (नियुक्ति नलिएको )
मेहनत, लगनशीलता र निरन्तर प्रयासको सुन्दर परिणाम हो यो सफलता। आगामी कार्यकाल अझ सफल, प्रेरणादायी र गौरवमय रहोस्। उज्वल भविष्यको हार्दिक शुभकामना! 💐👏
20/08/2026
आउन त आयो! तर के आयो? प्रोत्साहन भत्ता स्थायीलाई मात्रा देखाउछ,त!
05/08/2026
Flash News : लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।
01/08/2026
सपना, साहस र कीर्तिमान: बेलायती सेनाको जागिर छाडेर विश्व जित्न निस्किएका निम्सदाइ, हिमालकै काखमा अस्ताए,अन्तिम सपना अधुरै!
१. म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका उनले सन् २००३ मा १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भई बाल्यकालको सपना पूरा गरेका थिए।
२. कुल १६ वर्ष सैन्य सेवा गरेका उनी सन् २००९ मा बेलायतको अति गुप्त र कठिन मानिने ‘स्पेसल बोट सर्भिस’ (SBS) मा चयन हुने पहिलो गोर्खा सैनिक बने, जहाँ उनले चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञका रूपमा काम गरे।
३. सन् २०१२ मा सगरमाथा आधार शिविरको यात्रापछि हिमालप्रति आकर्षित भएका उनले ६,११९ मिटर अग्लो लोबुचे इस्ट हिमालको सफल आरोहण गर्दै आफ्नो पहिलो हिम चुचुरो चुमेका थिए।
४. सन् २०१९ मा ब्रिटिस सेनाको आकर्षक जागिर छाडेर विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल मात्र ६ महिना ६ दिन (१८९ दिन) मा चढेर अभूतपूर्व विश्व कीर्तिमान बनाए।
५. सन् २०२१ जनवरी १६ मा मानिसका लागि असम्भव मानिएको माउन्ट केटु हिमालको जाडो याम (Winter) मा १० जना नेपाली टोलीसँगै पहिलो पटक सफल आरोहण गरी इतिहास रचे।
६. सन् २०१९ मा विश्वका तीन उच्च चुचुरा (सगरमाथा, ल्होत्से र मकालु) मात्र ४८ घण्टाभित्र चुमेर अद्भुत रेकर्ड बनाए।
७. बिना अक्सिजन सगरमाथा र ल्होत्से हिमाल सबैभन्दा छिटो (मात्र २६ घण्टाभित्र) आरोहण गरेको रेकर्ड राखे।
८. पाकिस्तानमा रहेका ८,००० मिटरभन्दा अग्ला पाँचवटै हिमाल (के२, नाङ्गा पर्वत, गासेरब्रुम १, गासेरब्रुम २ र ब्रड पिक) बिना अक्सिजन मात्र २६ दिनमा सफल आरोहण गरे।
९. विश्वका सातै महादेशका सर्वोच्च शिखरहरू (Seven Summits) सफलतापूर्वक चुमेका उनका नाममा पर्वतारोहण क्षेत्रका १८ भन्दा बढी आधिकारिक 'गिनीज वर्ल्ड रेकर्ड्स' कायम छन्।
१०. उनी विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला चुचुराहरू पूरक अक्सिजनविना (Without Supplemental Oxygen) दुई-दुई पटक सफल आरोहण गरेर विश्वमा एक अद्वितीय मानव बन्न चाहन्थे, तर यही अन्तिम हिमाल (ब्रड पिक) को आरोहणका क्रममा हिमपहिरोमा परी उनको दुःखद् निधन भयो।
01/08/2026
दुःखद् खबर: विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' अब हामीमाझ रहनुभएन। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 💔💔
01/08/2026
: पाकिस्तानको ब्रड पिक (८,०४७ मिटर) मा बिहीबार शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएका सात जना आरोहीको खोजी तथा उद्धार कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ। आरोहीहरूसँग बिहीबार बिहान अन्तिम सम्पर्क भएको थियो भने साँझ शक्तिशाली हिमपहिरोको खबर आएको थियो।
पाकिस्तान अल्पाइन क्लबकी प्रतिनिधि नाइला कियानीका अनुसार ट्र्याकिङ उपकरणको तथ्यांकले आरोहीहरूलाई हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ। खराब मौसम र भौगोलिक कठिनाइका कारण शुक्रबार साँझ रोकिएको अभियान मौसममा केही सुधार आउनासाथ फेरि तीव्र पारिएको हो।
यसअघि शुक्रबार ओमानकी नाधिरा, नेपालका पुरबहादुर गुरुङ र अमेरिकी आरोही म्यालोरी गेइसको श'व फेला पारी स्कर्दु पठाइएको थियो। अहिले पनि नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित किली पेम्बा, निमा, नावाङ थिन्दु र ग्यालु शेर्पाका साथै पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङ सम्पर्कविहीन छन्।
उनीहरूको खोजीका लागि सेनाको हेलिकप्टर, ड्रोन तथा प्रख्यात आरोही सर्बाज खान र मिङ्मा डेभिड शेर्पासहितको टोली परिचालित छ। ड्रोन फुटेजमा करिब ६ हजार मिटर उचाइमा आरोहीहरूको उपस्थिति संकेत देखिए पनि निरन्तर हिमपात, प्रतिकूल मौसम र पुनः हिमपहिरोको जोखिमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।
30/07/2026
30/07/2026
धर्म मानिसलाई जोड्ने माध्यम हो, छुट्याउने होइन।
आफ्नो धर्मप्रति आस्था राखौं, तर अरूको धर्मको पनि सम्मान गरौं।
शान्ति, सहिष्णुता र आपसी सद्भाव नै समृद्ध समाजको आधार हो।
घृणा होइन, मानवता रोजौं। 🙏🇳🇵