10/05/2023
राष्ट्रिय परीक्षा वाेर्ड विराटनगरवाट कक्षा १२ काे परीक्षा अनुगमनका शिलशिलामा भाेजपुर देउराली अाउदा विद्यालयकाे निरीक्षणका क्रममा परीक्षा वाेर्डका सुचना अधिकारी अादरणिय शालिग्राम दाहाल सरसँग विद्यालयमा ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendrodaya Secondary School. Shadananda 12 Bhojpur, School, Phalimohoriya, Bhojpur.
10/05/2023
राष्ट्रिय परीक्षा वाेर्ड विराटनगरवाट कक्षा १२ काे परीक्षा अनुगमनका शिलशिलामा भाेजपुर देउराली अाउदा विद्यालयकाे निरीक्षणका क्रममा परीक्षा वाेर्डका सुचना अधिकारी अादरणिय शालिग्राम दाहाल सरसँग विद्यालयमा ।
08/05/2023
विद्यार्थीहरू प्राथना समयमा ।
13/04/2023
विद्यालयकाे कक्षा ८ वाहेक अन्य कक्षाहरूकाे शैक्षिक सत्र २०७९ सालकाे नतिजा
04/03/2023
षडानन्द नगरपालिका शिक्षा शाखावाट अायाेजित नगरपालिकाका अन्तर मा वि (कक्षा१२ ) सम्मकाे हाजरीजवाफ प्रतियाेगिता २०७९ फागुन २० मा पुन: महेन्द्राेदय मा वि देउरराली प्रथम हुन सफल भएकाे छ । सहभागी भाइहरू शक्तिराज मगर , अनिस खड्का र सिद्दार्थ कार्की लाई वधाई !
21/02/2023
अरूण मा विमा आयोजना गरिएकाे षडानन्द नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद (2079-11-7 देखि 9 सम्म )प्रतियोगितामा सहभागी तथा सफल बिध्यार्थी भाइहरुलाई बधाई ...
1. ट्रीपल जम्प दोस्रो - हरि ब परियार
2.रिले 100×4 मि तेस्रो आदित्य तामाङ, सिद्धार्थ कार्की,
सन्जिप श्रेस्ठ, हरिब परियार
3. 200 मि रनिङ दोस्रो-सिद्धार्थ कार्की
4. 400 मि रनिङ दोस्रो - सन्जिप श्रेस्ठ
5.800 मि रनिङ दोस्रो - सिद्धार्थ कार्की
28/12/2022
विद्यालयकाे ६६ अाै वार्षिकाेत्सव तथा अभिभावक दिवस २०७९/९/१२ गते षडानन्द नगरपालिका नगरप्रमुख तथा विद्यालयका पुर्व प्रधानाध्यापक श्री सुरन्द्र कुमार उदास ज्यू काे प्रमुख अातिथ्यमा भव्यताका साथ सम्पन्न भयाे साथै यस अवसर उहाँलाई कदर पत्र सहित सम्मान तथा विद्यालयकाे तर्फवाट अाैपचारिक वधाई तथा शुभकामना व्यक्त गरियाे । साथै विद्यालयवाट सरूवा भई जानु भएकी शिक्षक मञ्जु श्रेष्ठकाे विदाई तथा उत्कृष्ठ वर्ष शिक्षककाे रूपमा श्री विपना श्रेष्ठलाई सम्मान गरियाे । साथै विभिन्न अक्षय काेषहरू प्रल्हाद कटुवाल स्मृति पुरस्कार , टिकादत्त उपाध्याय दिनानाथ कट्टेल स्मृति पुरस्कार, खेमचन्द्रमाया स्मृतृि पुरस्कार, उत्तरटिका स्मृत्ति पुरस्कार , तिलवहादुर राजमाया किराँत स्मृत्ति पुरस्कार, लिलावहादुर कार्की स्मृत्ति पुरस्कार, रामनरमाया कार्की स्मृत्ति पुरस्कार, गाेपाल प्र भट्टराई पुरस्कार, मञ्जु श्रेष्ठवाट वितरित पुरस्कार गाेपाल भट्टराई शिक्षक पुरस्कार लगायत शैक्षिक पुरस्कार वितरण तथा खेलकुद पुरस्कार वितरण गर्दै मिति २०७९/९/१२ मा सम्पन्न गरियाे ।
26/12/2022
विद्यालयकाे ६६ अाैं वार्षिकाेत्सव तथा अभिभावक दिवस २०७९ पुस ८-१२ काे समापन समाराेह २०७९ पुस १२ गते हुने र सम्पर्ण सराेकारवाला तथा पाहुनाहरूलाई अामन्त्रण गरिसकिएकाे छ । कुनै कारणवश पत्र नपुगे यस सुचनालाई अाधार मानि कार्यक्रमकाे साेभा वढाइ दिन हुन अभिभावक , पुर्व विद्यार्थी तथा विद्यालयसँग सम्वन्धित सम्पुर्णमा अनुराेध छ ।
09/11/2022
प्रदेश नं.१ का वन तथा वातावरण तथा भुसंरक्षण मन्त्री शेखर चन्द्र थापाकाे निधन भएकाेले प्रदेश सरकारले शाेक मनाउने तथा कातिक २४ गते शाेक विदा दिने तथा कार्तिक २५ गते फाल्गुनन्द जयन्तिकाे विदा हुने भएकाले सम्वन्धित सवैलाई जानकारी अनुराेध छ ।
16/10/2022
महेन्द्राेदय वा वि देउरालीमा समाज विकास केन्द्र (साेडेक) मार्फत विद्यालयकाे भाैतिक संरचना सुधारका लागि क्यानेडियन सहयाेग संस्थावाट विद्यालयकाे वस्तुस्थीतिकाे अध्ययनका लागि पाल्नु भएका विदेशी पाहुनाहरू Craig Street काे टिमलाई स्वागत तथा भाैतिक अवस्थाकाे जानकारी गराइयाे । साथै उहाँहरूवाट भाैतिक संरचना सुधारमा सहयाेगकाे अपेक्षा तथा विद्यालयकाे तर्फवाट कार्य गर्ने प्रतिवद्दता व्यक्त गरियाे । यस क्रममा सहयाेग गर्नहुने विद्यालयका पुर्व प्र अ तथा षडानन्द नगरप्रमुख सुरेन्द्र कुमार उदास ज्यू , समाज विकास केन्द्र ( साेडेक) वाट पाल्नु हुने श्री पर्शुराम दाहाल, श्री टाटानाथ त्रिताल तथा स्थानिय समाजसेवी श्री राजु श्रेष्ठ ज्यूहरू प्रति हार्दिक अाभार व्यक्त गरिन्छ ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 13:30 |
| Sunday | 10:00 - 16:00 |