24/09/2026
आदरणीय अभिभावकज्यूहरू,
भरतपुर महानगरपालिकाको निर्णयअनुसार देशभर भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्ने सम्भावना र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै भोलि मिति २०८३/०६/०९ गते विद्यालयमा विदा रहने जानकारी गराइन्छ।
यस अवधिमा आफ्ना बालबालिकाहरूको सुरक्षालाई विशेष प्राथमिकता दिई अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा भारी वर्षा, बाढी, डुबान, पहिरो र चट्याङको जोखिम भएका स्थानमा नजान अनुरोध गरिन्छ।
साथै, मौसममा सुधार नआएसम्म सतर्क र सुरक्षित रहनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।