प्राबिधिक सहायक छलफल समुह

  • Home
  • Nepal
  • Bharatpur
  • प्राबिधिक सहायक छलफल समुह

प्राबिधिक सहायक छलफल समुह प्राबिधिक सहायक तर्फमा तयारी गर्नु ह?

15/06/2023
Pdf को लागी youtube को कमेन्त बक्समा gmail लेख्नु होला।।।
21/08/2022

Pdf को लागी youtube को कमेन्त बक्समा gmail लेख्नु होला।।।

लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा विभिन्न सरकरी संगठन परीक्षा तयारी विशेष प्रश्नोउत्तर ::-- #...

01/08/2022

आज पनि नि. मा. वि तह शिक्षक सेवा आयोग लाइसेन्सको नेपालको शैक्षिक इतिहासको बारेमा भिदियो लिएर आएका छौ कृपया भिदियो हेर्नका लागि कमेन्तमा जानु होला !!

आज हामी नेपालको शैक्षिक इतिहासको पहिलो भाग :- 1 एक्दमै महत्वपुर्ण खण्ड लिएर आएका छौ हेर्नको लागि कृपया कमेन्त बक्समा जान...
24/07/2022

आज हामी नेपालको शैक्षिक इतिहासको पहिलो भाग :- 1
एक्दमै महत्वपुर्ण खण्ड लिएर आएका छौ हेर्नको लागि कृपया कमेन्त बक्समा जानूहोला ।।

23/07/2022

आजपनी निम्न माध्यमिक तह विशेष अध्यापन अनुमतिपत्रको सामग्री लिएर आएका छौं,तल कमेन्टमा हेर्न नभुल्नुहोला ।❤️😊

22/07/2022

थप जानकारिका लागि पेज लाइक शेयर गर्नुहोला।।।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍😍😍

21/07/2022
Choose the best answer...
05/07/2022

Choose the best answer...

शिक्षा सम्बन्धी आधारभूत जानकारी !!! # २६० वटा बस्तुगत प्रश्नउत्तर !!!---------------------------------------------१) खुल...
23/06/2022

शिक्षा सम्बन्धी आधारभूत जानकारी !!!
# २६० वटा बस्तुगत प्रश्नउत्तर !!!
---------------------------------------------
१) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो?
- सन् १९६९, बेलायत
२) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन?
- वविट ( Bobbitt)
३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ खुलेको थियो?
- वि. स. २००१ साल, विरगन्ज
४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गर्यो?
- सन् १९९० सेप्टेम्बर १४
५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन थियो?
- अक्षराङ्क शिक्षा
६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ?
- संस्कृत शिक्षा
७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए?
- हेमराज पाण्डे
८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो?
- राशिपयो २०२८
९) लिंगभेद भन्नाले के बुझिन्छ?
- स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता
१०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो?
- बाँके
११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ?
- वि. व्य. स.
१२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग संबन्धित छ?
- मेरिया मोन्टेस्वरी
१३) " गुञ्ज सत्र " कुन विधि अन्तर्गत पर्दछ? - छलफल विधि
१४) प्रदर्शन विधिको पहिलो चरणमा के गरिन्छ?
- विषयवस्तु छनोट
१५) नवजात शिशुको उचाइ कति हुन्छ?
- २० इन्च
१६) व्यावहारिक मनोविज्ञानका जन्मदाता को हुन?
- थर्नडाइक
१७) बालकमा सबैभन्दा पहिले कुन संवेग देखा पर्दछ?
- डर
१८) " सफल प्रतिक्रिया दोहोरिन्छन्, गलत प्रतिक्रिया हट्दछ " यो भनाइ कुन सिद्धान्त सँग सम्बन्धित छ?
- प्रयत्न र भूलद्वारा सिकाइ
१९) निरन्तर विधार्थी मूल्यांकन के संग सम्बन्धित छ?
- उदार कक्षोन्नति
२०) सार्क राष्ट्रहरु मध्ये न्युन साक्षरता भएको देश कुन हो ?
- अफगानिस्तान
==========================
१• शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
> रु ९,०००
५• विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
११• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
> १०४
१२• शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
> विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
१३• प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
> ६
१४• विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
> शिक्षक
१५• तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन रहेको छ ?
> शिक्षामा पहँुच बढाउने
१६• राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित विद्यालय तहको शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
> ३+४+३
१७• स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ?
> आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
१८• तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु
१९• प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ?
> एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका
२०• मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
> २ वर्षदेखि ६ वर्षसम्म
===========================
१. नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको कुनचाही पर्दैन ?
(क) सार्वभौम मानवीय मुल्य, राष्ट्रिय तथा सामाजिक मान्यता र अनास्थाहरुको सम्बद्र्धन
(ख) समाजको आधुनिकीकरण र मानव संशाधनको विकास
(ग) शिक्षाको विकेन्द्रीकण र मानव संशाधनको विकास
(घ) सामञ्जस्यपूर्ण जीवन यापन
२. दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
(क) _ Mr. Hudson (ख) Mr. Canning
(ग) Mr. Ross (घ) Mr. Perking
३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार माध्यमिक शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख छ ?
(क) २ वर्ष (ख) ३ वर्ष
(ग) ४ वर्ष (घ) ५ वर्ष
४. रा.शि.प.यो. २०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने प्रस्ताव गरेको थियो ?
(क) ३+५+२ (ख) ५+३+२
(ग) ३+४+३ (घ) ५+२+३
५. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदनमा माध्यमिक तहको पूर्णाङ्क कति प्रस्ताव गरिएको छ ?
(क) ५००+१०० (ख) ६००+१००
(ग) ७००+१०० (घ) ८००+१००
६. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन चाहीलाई प्रस्तावित गरेको छ ?
(क) ६–७, ८–१०, ११–१२ (ख) ६–८, ९–१२
(ग) ६–८, ९–१०, ११–१२ (घ) ६–१२
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नेपालको विद्यालय शिक्षाको तह र अवधि कुन हो ?
(क) तह दुई र अवधि १० वर्ष (ख) तह दुई र अवधि १२ वर्ष
(ग) तह तीन र अवधि १२ वर्ष (घ) तह तीन र अवधि १३ वर्ष
८. माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग राशी कति प्रतिशत छ ?
(क) ४५% (ख) ४३%
(ग) ४०% (घ) २०%
९ EFA (२००४–२००९) मा समष्टिगत रुपमा कार्यक्रमको व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएको कार्यक्रम तथा वस्थापन समिति (PMC) को अध्यक्षता कसले गर्ने उल्लेख छ ?
(क) मन्त्री, शिक्षा तथा खेलकुद (ख) राज्यमन्त्री, शिक्षा तथा खेलकुद
(ग) सचिव, शिक्षा तथा खेलकुद (घ) सह–सचिव, योजना महाशाखा शिक्षा तथा खेलकुद
१०. किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) समूह निर्मणको अवस्था (घ) दोधारको अवस्था
११. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार मन्त्रिपरिषद्को गठन कसरी गरिने प्रावधान छ ?
(क) आठ दलीय सहमतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ख) सर्वसम्मतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ग) राजनैतिक सहमतिका आधारमा

 #शिक्षक_अध्यापन_अनुमतीपत्र_विशेष 😍😍➤ सुचना तथा सञ्चार प्रविधि नीति २०७२ ले कुन कुन पक्षमा जोड दिएको छ ?    क. E-School ...
09/06/2022

#शिक्षक_अध्यापन_अनुमतीपत्र_विशेष 😍😍

➤ सुचना तथा सञ्चार प्रविधि नीति २०७२ ले कुन कुन पक्षमा जोड दिएको छ ?
क. E-School
ख. E-learning
ग. E-Education
घ. All of the above
उत्तर: घ. All of the above

➤ नेपालमा इन्टरनेट प्रविधि सर्वप्रथम कसले प्रयोगमा ल्याएको थियो ?
क. राष्ट्रिय वाणिज्य बैंक
ख. अर्थ मन्त्रालय
ग. मरकन्टाइल कम्पनी
घ. नेपाल राष्ट्र बैंक
उत्तर: ग. मरकन्टाइल कम्पनी

➤ शिक्षा ऐन, २०२८ कहिलेदेखि लागु भयो ?
क. २०२८/०५/१५
ख. २०२८/०७/१५
ग. २०२८/०७/२५
घ. २०२८/०६/१५
उत्तर: ख. २०२८/०७/१५

➤ विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको उल्लेख शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को कुन परिच्छेदमा छ ?
क. परिच्छेद ४
ख. परिच्छेद ५
ग. परिच्छेद ६
घ. परिच्छेद ७
उत्तर:ग. परिच्छेद ६

➤ शिक्षा ऐन, २०२८ सर्वप्रथम कहिले लालमोहरमा कहिले प्रकाशन भएको हो ?
क. २०२८/०६/२८
ख. २०२८/०५/२४
ग. २०२८/०४/२८
घ. २०२८/०७/१५
उत्तर: ख. २०२८/०५/२४

➤ शिक्षकले प्रसूति स्याहार बिदा कति दिन लिन पाउँछ ?
क. ६० दिन
ख. १२ दिन
ग. १५ दिन
घ. ३० दिन
उत्तर: ग. १५ दिन

➤ कार्यालयमा प्राप्त हुन आएका चिठ्ठीपत्र तथा निवेदन तथा अन्य कागजातहरूको व्यवस्थित ढङ्गले प्रारम्भिक अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?
क. फायलिङ
ख. अनुक्रमिक
ग. चलानी
घ. दर्ता
उत्तर: घ. दर्ता

➤ प्रदेश सरकारले लिन सक्ने परीक्षा तलको मध्ये कुन हो ?
क. कक्षा ८
ख. कक्षा १०
ग. कक्षा ११
घ. कक्षा १२
उत्तर: ख. कक्षा १०

➤ सिकाइ अनुभवलाई पाठ्यक्रमको तत्वको रुपमा सर्वप्रथम प्रयोग गर्ने विद्वान को हुन ?
क. टोलम्यान
ख. रुसो
ग. टायलर
घ. अरस्तु
उत्तर: ग. टायलर

➤ शिक्षामा सूचना तथा सञ्चार प्रविधि भन्नाले मुख्यतया कुनलाई बुझाउँछ ?
क. प्रविधिको प्रयोगमार्फत शैक्षिक अवसर वृद्धि गर्ने शिक्षा
ख. सूचना तथा सञ्चार प्रविधिलाई प्रयोग गर्न सक्षम बनाउने शिक्षा
ग. विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना गरी दिइने शिक्षा
घ. विज्ञान र प्रविधिको आविश्कार गर्ने
उत्तर: क. प्रविधिको प्रयोगमार्फत शैक्षिक अवसर वृद्धि गर्ने शिक्षा

➤ समावेशी शिक्षा नीति कहिले जारी भएको हो ?
क. २०७३/०९/२६
ख. २०७२/०९/२६
ग. २०७१/०९/२६
घ. कुनै पनि हैन
उत्तर: क. २०७३/०९/२६

➤ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अर्न्तगत विभागस्तरीय केन्द्रीय कार्यलयहरु कति वटा रहेका छन् ?
क. ३
ख. ४
ग. ५
घ. ९
उत्तर: क. ३

Address

Bharatpur Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when प्राबिधिक सहायक छलफल समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category