25/09/2026
आदरणीय अभिभावकज्यू,
सादर नमस्कार!
हिजो बिहानदेखि निरन्तर वर्षा भइरहेको तथा वर्षाको तीव्रता कहिले मध्यम र कहिले उच्च रहेको छ । भोलि पनि वर्षा नियमित र उच्च हुन सक्ने अनुमान गरिएको हुँदा यस प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै, विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखी भोलि सञ्चालन हुने कक्षा ८, ९ र १० का अतिरिक्त कक्षाहरू स्थगित गरिएको जानकारी गराइन्छ।
साथै, विद्यार्थीहरूलाई प्रदान गरिएको गृहकार्य नियमित रूपमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन आदरणीय अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ ।
विद्यार्थीहरूको सुरक्षा र शैक्षिक निरन्तरताका लागि यहाँहरूको सहयोग तथा सहकार्यप्रति हार्दिक धन्यवाद।
विद्यालय प्रशासन
विजय इङ्गलिस बोर्डिङ स्कुल