Nepal Deaf Residential Secondary School

Nepal Deaf Residential Secondary School Government school in Rapti municipality -8, east Chitwan, Nepal. The School Got Full Recognition after two years later in 1969 AD.

Basic School, Bazarhatti was Established in 1967 AD as a Branch of Shree Nava Pravaat Primary School . The School has been situated 550 meters North from Khurkhure chwok, the small town of Rapti municipality, of Mahendra Highway of Nepal and is about 22.5 KMs east of Bharatpur, The District Head Quarter of Chitwan District. The Student Enrollment Scenario truly reflects the Heterogeneity of the Ethnicity in the Area .Brahmin and Chhetry pre- dominant in the school outreach Area .Tharu and Darai are the Indigenous group. Other Ethnic groups are Tamang, Magar, Gurung and Newar. The School runs the basic education ( Nursery to class 8 ) and the Special Education ( Hard of hearing ) class for the Deaf students.

अन्तर्राष्ट्रिय राष्ट्रिय अपाङ्ग दिवसकाे अवसरमा विद्यालयमा बहिरा बालबालिकाहरू खेलकुद कार्यक्रममा रमाउँदै ।प्रधानाध्यापक ...
24/09/2026

अन्तर्राष्ट्रिय राष्ट्रिय अपाङ्ग दिवसकाे अवसरमा विद्यालयमा बहिरा बालबालिकाहरू खेलकुद कार्यक्रममा रमाउँदै ।

प्रधानाध्यापक
मीठू कुमारी पाठक डल्लाकाेटी

'बहिरा शिक्षा विकास काेष'मा सहयोग रकम हस्तान्तरण चितवन जिल्ला, राप्ती नगरपालिका वडा नं.-८ निवासी श्री अर्जुन कुमार कडेलल...
18/09/2026

'बहिरा शिक्षा विकास काेष'मा सहयोग रकम हस्तान्तरण

चितवन जिल्ला, राप्ती नगरपालिका वडा नं.-८ निवासी श्री अर्जुन कुमार कडेलले आफ्नो शुभ जन्माेत्सवकाे अवसरमा यस विद्यालयकाे 'बहिरा शिक्षा विकास काेष'मा रू ५,००५/-(पाँच हजार पाँच) विद्यालयलाई हस्तान्तरण गर्नुभयाे ।
उहाँको सुख, शान्ति, प्रगति, सु स्वास्थ्य र सुदीर्घ जीवनकाे कामना सहित विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक) डल्लाकाेटी

स्टेशनरी हस्तान्तरण कार्यक्रमचितवन जिल्ला खैरहनी नगरपालिका-१ चैनपुर निवासी लायन्स लक्ष्मण विसुरुवालज्यूले लायन्स क्लव अफ...
11/09/2026

स्टेशनरी हस्तान्तरण कार्यक्रम

चितवन जिल्ला खैरहनी नगरपालिका-१ चैनपुर निवासी लायन्स लक्ष्मण विसुरुवालज्यूले लायन्स क्लव अफ चैनपुर मार्फत आफ्नो जन्म दिनकाे सु अवसरमा यस विद्यालयका बहिरा बालबालिकाहरूका लागि रु ५,००० /- (पाँच हजार) बराबरकाे स्टेशनरी विद्यालयलाई हस्तान्तरण गर्नुभयाे । उहाँको सुख, शान्ति,समृद्धि, सु स्वास्थ्य, दीर्घायुकाे साथै उत्तराेत्तर प्रगतिको कामना गर्दछाैँ । साथै लायन्स क्लब अफ चैनपुरले सामाजिक कार्यमा चालेकाे पाइला निरन्तर अघि बढाेस् भन्ने कामना पनि गर्दछाैँ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक)डल्लाकाेटी

पितृहरूको नाममा विद्यार्थीहरूलाई टाई/ बेल्ट वितरण  आज मिति २०८३ भाद्र १६ गते राप्ती नगरपालिका वडा नं.- ७ निवासी रुद्र प्...
01/09/2026

पितृहरूको नाममा विद्यार्थीहरूलाई टाई/ बेल्ट वितरण

आज मिति २०८३ भाद्र १६ गते राप्ती नगरपालिका वडा नं.- ७ निवासी रुद्र प्रसाद पाठक र माता मीनाकुमारी पाठकका पुत्ररत्न सन्तोष पाठकज्यूले आफ्ना पितृहरूको नाममा यस विद्यालयका बालबालिकाहरूलाई १००/१०० थान टाई/ बेल्ट हस्तान्तरण गर्नु भयो । आफ्ना पितृहरूको नाममा हाम्रो विद्यालयका बालबालिकाहरूलाई सहयोग गर्नु भएकोमा उहाँहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ ।
उहाँहरूको सम्पूर्ण पितृहरूको आत्मा शान्तिका साथै मोक्ष प्राप्तिको कामना गर्दछौँ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक) डल्लाकोटी
एवम्
विद्यालय परिवार

जापानी नागरिककाे सहयाेगार्थ डा.यमुना कडेल खनाल र डा. किशाेर खनालज्यूकाे समन्वयमा २०८३ भदाै १ गते बहिरा आवासीय भवनकाे पहि...
17/08/2026

जापानी नागरिककाे सहयाेगार्थ डा.यमुना कडेल खनाल र डा. किशाेर खनालज्यूकाे समन्वयमा २०८३ भदाै १ गते बहिरा आवासीय भवनकाे पहिलो तलाकाे ढलान कार्य सम्पन्न भयाे ।

दन्त परीक्षण कार्यक्रम आज मिति २०८३ साउन २८गते ROTARACT CLUB OF KANTIPUR DENTEL COLLAGE का  एक समुहद्वारा  यस विद्यालयका...
13/08/2026

दन्त परीक्षण कार्यक्रम

आज मिति २०८३ साउन २८गते ROTARACT CLUB OF KANTIPUR DENTEL COLLAGE का एक समुहद्वारा यस विद्यालयका बहिरा बालबालिकाहरूका दन्त परीक्षा गरी मानवीय कार्य गर्नुभयाे । सहयाेगी हातहरू Nepal E-Billing, राप्ती नगरपालिका -५, चितवनलाई विद्यालयकाे तर्फबाट हार्दिक आभार व्यक्त गर्दछाैँ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक) डल्लाकाेटी

बहिरा शिक्षा विकाशकोष'मा रकम हस्तान्तरण !हरिकृष्ण डल्लाकोटी परिवारका जेष्ठ नागरिक स्व. एकमाया डल्लाकाेटीज्यूको हालसालै भ...
05/08/2026

बहिरा शिक्षा विकाशकोष'मा रकम हस्तान्तरण !

हरिकृष्ण डल्लाकोटी परिवारका जेष्ठ नागरिक स्व. एकमाया डल्लाकाेटीज्यूको हालसालै भएको महाप्रस्थानले सम्पूर्ण डल्लाकोटी परिवार मर्माहत र शून्यता महसुस गरिरहेकै बखतमा स्व. हजुरआमाका नाति श्री राजकुमार डल्लाकाेटीज्यूले 'बहिरा शिक्षा विकास काेष'का लागि रू.५,५५५/-(पाँच हजार पाँच सय पचपन्न) विद्यालयलाई हस्तान्तरण गर्नु भयो । स्व. एकमाया डल्लाकाेटीकाे ब्रह्मलीन आत्माकाे चिर शान्तिकाे कामना गर्दछौँ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक) डल्लाकोटी
एवम्
विद्यालय परिवार

जन्मदिनको अवसरमा दिवा खाजा सहयाेग ।आज मिति २०८३ साउन ७ गते धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका, साङ्काेस, मुरली भञ्ज्याङ (हा...
24/07/2026

जन्मदिनको अवसरमा दिवा खाजा सहयाेग ।

आज मिति २०८३ साउन ७ गते धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका, साङ्काेस, मुरली भञ्ज्याङ (हाल अष्ट्रेलिया )निवासी पिता जयराम लम्साल र माता सविना खरेल लम्सालका पुत्ररत्न श्री सात्विक लम्सालकाे साताैँ शुभजन्माेत्सवकाे अवसरमा यस विद्यालयमा अध्ययन गर्ने बहिरा बालबालिकाहरूलाई एकदिनकाे दिवा खाजा खुवाउन रू५,५५५/-(पाँच हजार पाँच सय पचपन्न) हजुरआमा ललिता खरेलले विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भयाे । सात्विक बाबुकाे सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सुदीर्घ जीवनका साथै सात्विक बाबुको मामली हजुरआमा, सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

प्रधानाध्यापक
मीठू कुमारी (पाठक) डल्लाकाेटी

Address

Bajarhatti
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779845063476

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Deaf Residential Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Deaf Residential Secondary School:

Shortcuts

Share

Category