Routine of all knowledge

Routine of all knowledge सामान्य ज्ञान

27/07/2026
बागलुङको बडिगाड गाउँपालिकामा आइफोनको लोभमा परेर १७ वर्षीय किशोर लजिन थापाको आफ्नै साथीहरूको हा'तबाट ह त्या भएको घटना सार...
26/07/2026

बागलुङको बडिगाड गाउँपालिकामा आइफोनको लोभमा परेर १७ वर्षीय किशोर लजिन थापाको आफ्नै साथीहरूको हा'तबाट ह त्या भएको घटना सार्वजनिक भएको छ।

प्र'हरीका अनुसार साउन १ गते लजिनलाई उनका साथीहरूले जन्मदिन मनाउने बहानामा बोलाएका थिए। राति र'क्सी से'वन गरेपछि घर पुर्‍याइदिने भन्दै उनीहरू लजिनलाई एकान्त स्थानमा लगे। त्यहाँ पुगेपछि उनीहरूले लजिनसँग रहेको आइफोन खो'स्न खोजे। त्यसक्रममा पहिले मु'क्का प्रहार गरी बे'होस बना'इयो र पछि ढुं'गाले हा'नेर ह त्या गरिएको प्रहरीले जनाएको छ।

ह त्यापछि आरो'पीहरूले श'व लुकाउन करिब २५ मिनेट टाढाको खोल्सामा लगेर फा'लेका थिए। प्रहरीले घ'टनाको अनुसन्धानका क्रममा उनीहरूले दिएको गलत जानकारीका कारण श'व ९ दिनपछि मात्रै फे'ला पारेको हो। श'व भेटिँदा धेरै गलि'सकेको अवस्थामा रहेको थियो र पो'स्टमार्ट'मका लागि धौलागिरि अस्पताल पठाइएको छ।

लजिन काठमाडौंमा बसेर कक्षा ११ मा अध्ययन गर्दै आएका थिए। केही दिनअघि मात्र नागरिकता बनाउन घर आएका बेला उनीसँग ठूलोबुबाले किनिदिएको आइफोन थियो। प्रहरीका अनुसार साथीहरू त्यसै फोनबाट फोटो खिच्ने र प्रयोग गर्ने गर्थे। यही आइफोनकै लोभले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न भएको आरोपमा ददी परियार, रेमबहादुर बिक, सुदीप बिक र असिम वन गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

लजिन हराएको उजुरी आएपछि प्रहरीले लगातार खोजी गरेको थियो। अनुसन्धानका लागि प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर र पोलिग्राफ टोलीसमेत परिचालन गरिएको थियो। लामो खोजीपछि खोल्सामा शव फेला परेको हो।

यो घटनाले सामान्य लोभ र गलत संगतले कति ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने स्पष्ट देखाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ

01/05/2026

Shiva tandav

21/01/2026

😊 खुसी दिने हर्मोनहरू सक्रिय गर्ने उपायहरू
१) डोपामिन (Dopamine) – उत्साह र प्रेरणाको हर्मोन
• रमाइलो/ऊर्जावान संगीत सुन्नु
• राम्रोसँग आराम गर्नु
• डार्क चकलेटजस्ता साना मिठा खाने
• दिनको सानो लक्ष्य पूरा गर्नु
२) सेरोटोनिन (Serotonin) – शान्ति र सन्तुष्टिको हर्मोन
• हिँडडुल (Walking) गर्नु
• घाममा केही समय बिताउनु
• ध्यान (Meditation) गर्नु
• कार्डियो व्यायाम गर्नु
३) अक्सिटोसिन (Oxytocin) – माया र सम्बन्धको हर्मोन
• कसैलाई अँगालो हाल्नु
• आफूले माया गर्ने व्यक्तिका लागि खाना पकाउनु
• साथीहरूसँग कुराकानी गर्नु
• आफ्नो कुकुर/पाल्तु जनावरलाई माया गर्नु
४) एन्डोर्फिन (Endorphins) – दुखाइ कम गर्ने र खुसी दिने हर्मोन
• कमेडी हेर्नु / हाँस्नु
• सुगन्धित तेल (Essential oils) प्रयोग गर्नु
• कार्डियो व्यायाम गर्नु
• चकलेटजस्ता मिठा खाने

 #क्यान्सर_भनेको_के_हो र यस बाट कसरी बचन सकिन्छ?        सबैजनाले जानि राखौ है त !क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको...
09/01/2026

#क्यान्सर_भनेको_के_हो र यस बाट कसरी बचन सकिन्छ? सबैजनाले जानि राखौ है त !
क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :

कमजोरी हुने र तौल घट्ने
शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने
छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने
मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
खाना निल्दा दुख्ने र स्वर फेरिने
सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने
कारण पत्ता नलागेको ज्वरो आइरहने
दिसामा रगत देखिने हुन्छ ।
क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने
पान सुपारीहरु नखाने
अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने
अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने
सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।
अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।
चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने
आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने
क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?
नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

#विज्ञानका_कुरा 🙏🇳🇵




अब हामि चार
30/12/2025

अब हामि चार

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Routine of all knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Routine of all knowledge:

Shortcuts

Share

Category