16/07/2026
**हार्दिक धन्यवाद! 🙏🌿**
**2nd Symposium on Agriculture-Based Learning for Entrepreneurs Experience (SALEE-2026)** को दोस्रो चरण सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), बर्दिबास परिवार हार्दिक आभार व्यक्त गर्दछ।
यस कार्यक्रमलाई केवल मूल्याङ्कन मा सीमित नराखी सिकाइ, अनुसन्धान, अनुभव आदान–प्रदान र सीप विकासको साझा मञ्च बनाउन अहोरात्र खटिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, प्राध्यापकहरू, अनुसन्धानकर्ता, निर्णायक मण्डल, सत्र अध्यक्षहरू, मार्गदर्शक शिक्षकहरू, कर्मचारी, स्वयंसेवक, प्राविधिक टोली तथा सम्पूर्ण विद्यार्थीहरू प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।
विशेष रूपमा आफ्ना अनुसन्धानलाई आत्मविश्वासका साथ प्रस्तुत गरी ज्ञान र अनुभव साटासाट गर्नुभएको ३८ जना विद्यार्थी अनुसन्धानकर्ताहरू प्रति हामी गर्व गर्दछौं। तपाईंहरूको मेहनत, जिज्ञासा र अनुसन्धानप्रतिको समर्पण नै यस कार्यक्रमको वास्तविक सफलता हो।
हामी विश्वास गर्दछौं कि परीक्षा केवल अंक प्राप्त गर्ने माध्यम होइन, सिक्ने, सोच्ने, साझा गर्ने र भविष्य निर्माण गर्ने अवसर पनि हो।" यही भावनालाई आत्मसात् गर्दै SALEE-2026 ले Learning for Entrepreneur Experience (LEE) लाई वास्तविक अर्थमा **Learning, Innovation, Skill Sharing and Research Excellence** को उत्सवका रूपमा स्थापित गरेको छ।
यस सफल यात्रामा साथ, सहयोग, प्रेरणा र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा पुनः हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र प्रेरणाको अपेक्षा गर्दछौं।
**धन्यवाद!**
**प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), बर्दिबास**
**कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), नेपाल**