NTSC -NPI Bhojad, Chitwan

NTSC -NPI Bhojad, Chitwan Student union

NTSC–NPI is delighted to wish a very Happy Birthday to our dedicated, talented, and supportive Class Coordinator, Mr. Ni...
10/09/2026

NTSC–NPI is delighted to wish a very Happy Birthday to our dedicated, talented, and supportive Class Coordinator, Mr. Nitesh Shah. 🌟

May your special day be filled with happiness, positivity, and memorable moments. May success, good health, and prosperity always accompany you in every step of your journey. 🍀✨

Wishing you many more wonderful milestones and achievements ahead. Enjoy your special day to the fullest! 🎊🎂

Happy Birthday once again! 🥳

श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका केही झलकहरू। ❤️भगवान् श्रीकृष्णको कृपा र आशीर्व...
06/09/2026

श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका केही झलकहरू। ❤️

भगवान् श्रीकृष्णको कृपा र आशीर्वाद सधैं हामी सबैमा रहिरहोस्। 🙏💙

जय श्रीकृष्ण! 🦚❤️

नेपाल तराई विद्यार्थी समिति (NTSC) लाई अझ मजबुत, एकताबद्ध र आगामी दिनमा थप सक्रिय रूपमा अगाडि बढाउने उद्देश्यका साथ Comm...
05/09/2026

नेपाल तराई विद्यार्थी समिति (NTSC) लाई अझ मजबुत, एकताबद्ध र आगामी दिनमा थप सक्रिय रूपमा अगाडि बढाउने उद्देश्यका साथ Committee Formation का सदस्यहरूलाई खादा ओढाई सम्मान गरिएको कृष्ण जन्माष्टमीका केही झलकहरू। 🙏❤️
जय श्रीकृष्ण! 🦚🙏

🚩कृष्ण जन्माष्टमी 🚩देशको वर्तमान अवस्था र सम्पूर्ण देशमा सुख, शान्ति एवं सद्भाव कायम रहोस् भन्ने कामनाका साथ नेपाल तराई ...
05/09/2026

🚩कृष्ण जन्माष्टमी 🚩

देशको वर्तमान अवस्था र सम्पूर्ण देशमा सुख, शान्ति एवं सद्भाव कायम रहोस् भन्ने कामनाका साथ नेपाल तराई विद्यार्थी समिति (NTSC) परिवार मिलेर भगवान श्रीकृष्णको पूजा–आराधना गर्दै यस वर्षको कृष्ण जन्माष्टमीलाई भव्यताभन्दा सरल, सभ्य तथा सांस्कृतिक तरिकाले मनाएका छौँ। 🙏❤️

भगवान श्रीकृष्णले सम्पूर्ण देशवासीमाथि आफ्नो कृपा र आशीर्वाद सदैव बनाइराखून्, सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने हार्दिक प्रार्थना गर्दछौँ। 🙏🦚

साथै, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण NTSC सदस्यहरू, आदरणीय शिक्षकज्यूहरू, विद्यार्थीहरू, क्यान्सर अस्पतालबाट सहयोग गर्नुहुने सरहरू, प्रायोजकहरू तथा सानो–ठूलो सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू प्रति NTSC परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद व्यक्त गर्दछौँ। 🙏💐

यहाँहरूको साथ, सहयोग र सद्भाव नै हाम्रो प्रेरणा हो। ❤️

जय श्रीकृष्ण! 🦚🙏

नेपाल तराई विद्यार्थी समिति (NTSC) द्वारा आयोजित श्रीकृष्ण जन्माष्टमी पूजा कार्यक्रमका केही तस्बिरहरू। 🦚✨भक्तिमय वातावरण...
04/09/2026

नेपाल तराई विद्यार्थी समिति (NTSC) द्वारा आयोजित श्रीकृष्ण जन्माष्टमी पूजा कार्यक्रमका केही तस्बिरहरू। 🦚✨

भक्तिमय वातावरणमा सम्पन्न पूजा, आरती तथा भजन–कीर्तनका सुन्दर झलकहरू। 💙🙏

हरे कृष्ण 🙏 राधे राधे 🦚❤️

हरेक वर्षझैँ यस वर्ष पनि नेपाल तराई विद्यार्थी समिति (NTSC) द्वारा आयोजित सांस्कृतिक कार्यक्रम तथा श्रीकृष्ण पूजा समारोह...
03/09/2026

हरेक वर्षझैँ यस वर्ष पनि नेपाल तराई विद्यार्थी समिति (NTSC) द्वारा आयोजित सांस्कृतिक कार्यक्रम तथा श्रीकृष्ण पूजा समारोहमा सम्पूर्ण विद्यार्थी, आदरणीय शिक्षकज्यूहरू तथा कर्मचारीज्यूहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ। 🙏

यस्तो दुःखद परिस्थितिमा भगवान् श्रीकृष्णले हामी सबैको रक्षा गरून्, दिवंगत आत्माहरूप्रति शान्ति प्रदान गरून् तथा सम्पूर्ण समाजमा सुख, शान्ति, समृद्धि एवं सद्भाव कायम गरून् भन्ने पवित्र उद्देश्यका साथ यस पूजापाठ तथा कीर्तन कार्यक्रमको आयोजना गरिएको हो।🚩🙏

📍 स्थान: NPI Multipurpose Hall
🕖 श्रीकृष्ण पूजा तथा पूजापाठ: बिहान ७:०० बजे
🕛 सांस्कृतिक तथा विशेष कार्यक्रम: दिउँसो १२:३० बजेबजे

🌸 निमन्त्रणा:
नेपाल तराई विद्यार्थी समिति (NTSC)

🙏 जय श्री कृष्ण! 🦚

🇳🇵बाढीपीडितहरूको राहतका लागि हाम्रो सानो सहयोग🇳🇵नेपाल तराई विद्यार्थी समिति परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको अवसर...
31/08/2026

🇳🇵बाढीपीडितहरूको राहतका लागि हाम्रो सानो सहयोग🇳🇵

नेपाल तराई विद्यार्थी समिति परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको अवसरमा संकलित रकममध्ये केही रकम बाढीपीडितहरूको राहत तथा सहयोगका लागि प्रदान गरिएको छ।🙏
विपद्को यस कठिन घडीमा पीडितहरूप्रति सहयोगको हात बढाउनु हामी सबैको साझा कर्तव्य हो। संस्थागत रूपमा गरिएको हाम्रो यो सानो प्रयासले पीडित परिवारहरूमा केही राहत र आशाको सन्देश पुर्‍याउन सकोस् भन्ने विश्वास लिएका छौँ। ❤️

यस दुःखद परिस्थितिमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा योगदान गर्न हार्दिक अपिल गर्दछौँ।🥺🇳🇵
सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत बन्न सक्छ। 🙏❤️

नेपाल तराई विद्यार्थी समिति परिवार

NTSC -NPI Bhojad, Chitwan

🦚✨ आउँदैछ… श्री कृष्ण जन्माष्टमी विशेष सांस्कृतिक कार्यक्रम! 🙏💙📅 मिति: २०८३/०५/१९ गते📍 स्थान: NPI Bhojad MultiPurpose Ha...
30/08/2026

🦚✨ आउँदैछ… श्री कृष्ण जन्माष्टमी विशेष सांस्कृतिक कार्यक्रम! 🙏💙

📅 मिति: २०८३/०५/१९ गते
📍 स्थान: NPI Bhojad MultiPurpose Hall
⏱️समय:- १२ बजे देखि

सबैमा हार्दिक निमन्त्रणा! 🎉

🎗️ रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! ❤️नेपाल तराई विद्यार्थी समिति (NTSC, NPI) परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा...
28/08/2026

🎗️ रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! ❤️

नेपाल तराई विद्यार्थी समिति (NTSC, NPI) परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा प्रेम, सद्भाव र आपसी एकताको पवित्र पर्व रक्षाबन्धनको हार्दिक शुभकामना। 🙏🌸

🕊️ हार्दिक श्रद्धाञ्जली तथा सुरक्षित रहन अपिलप्रकृति प्रकोपका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली।...
27/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली तथा सुरक्षित रहन अपिल

प्रकृति प्रकोपका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। 🙏

यस कठिन घडीमा हामी सबै एकजुट बनौँ, एक–अर्कालाई सहयोग गरौँ र मानवताको साथ दिऔँ। साथै, सम्भावित जोखिमबाट बच्न सबैलाई सुरक्षित र सतर्क रहन हार्दिक अनुरोध गर्दछौँ। ❤️🤝

एकता, सहयोग र मानवताका साथ — हामी एकजुट छौँ।

नेपाल तराई विद्यार्थी समिति (NTSC NPI)

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when NTSC -NPI Bhojad, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NTSC -NPI Bhojad, Chitwan:

Shortcuts

Share