Ministry of hypocrisy

Ministry of hypocrisy सबै कुरा स्पष्ट छ… बस सबैका लागि होइन।

19/09/2026

इतिहासमा पहिलोपटक होला, एकैपटक १३ जना राजदूत नियुक्ति हुँदा न त कसैले ‘मेरिटोक्रेसी भएन’ भन्ने आरोप लगायो, न आफ्ना मान्छे नियुक्त गरेको प्रमाण र आरोप नै आयो, न त हिजोका दिनमा जस्तो पैसाको चलखेल भएको आरोप नै सुनियो।

बरु, सबैजना अत्यन्त योग्य, सम्बन्धित देशलाई बुझेका र सक्षम व्यक्ति चयन भएको कुरा प्रमाणित नै भइसकेजस्तो देखिन्छ। किनकि सरकारको सानोभन्दा सानो कमजोरी भेटे पनि खेदो खन्ने राष्ट्रिय सञ्चारमाध्यमहरू नै पहिलोपटक यस्तो भएको भन्दै प्रशंसामा शब्द खर्च गरिरहेका छन्।

४४०० जनामध्ये १३ जना नियुक्त गर्दा बाँकी प्रतिस्पर्धीहरूले ‘हामीलाई भएन’ भन्नु त स्वाभाविक नै हो। तर यही प्रक्रियामा योग्यता, क्षमता र सम्बन्धित देशको ज्ञानलाई प्राथमिकता दिइएको छ भने यही नै सुशासनको वास्तविक अर्थ हो।

र, सरकार सही बाटोमा हिँडिरहेको छ भन्ने प्रमाण पनि यही हो।

18/09/2026

मधेशकाे दुख बनेर १५ वर्षदेखि रूग्ण कमला नदीकाे पुल निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे छ !

असोज २ गते ।

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुुगेको हो ।

पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो।

नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ। आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ ।

धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ। सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ ।
अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुुगेको हो ।

२०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो। सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्। आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ।

18/09/2026

Lately IM sunil lamsal is showing some positive signs, we have feeling that you will slap us with results, we are the one who ask questions for your incompetence.

18/09/2026

“नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा”

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। यसअघि धनुषाका ३९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

17/09/2026

१ असोज, काठमाडौं । सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले १५ हजारसम्म जरिवानाको प्रस्ताव गरिएको छ । पूर्वाधा...

16/09/2026

जसरी अनपेक्षित ढंगले महँगी बढ्दै गएको छ, त्यसरी नै राज्य गम्भीर भएर सक्रिय हुनुपर्ने देखिन्छ। राज्यले रोजगारी सिर्जना गर्न सकेको छैन; जसोतसो पालिएका जनतालाई महँगीका कारण थप थला पर्नबाट जोगाउनु आवश्यक छ। यो सरकारको क्षमताभन्दा बाहिरको विषय होइन।

यो त नितान्त चाडपर्व नजिकिँदै गर्दा विगतमा देखिँदै आएको कालोबजारीको पराकाष्ठा हो। तर कालोबजारीविरुद्ध कारबाही र मूल्य नियन्त्रणमा सरकारको कुनै ठोस पहल देखिएको छैन। उल्टै विभिन्न निकायमार्फत मूल्यवृद्धि भएकै छैन भन्दै वक्तव्य निकाल्ने काम भइरहेको छ।

समयमै सरकारको ध्यान जाओस्।

16/09/2026

नीतिगत भ्रष्टाचार भनेको सरकारको खातामा रहेको पैसा व्यक्तिगत चेकमा हस्ताक्षर गरेजसरी सिधै निकाल्ने कुरा होइन। यो प्रक्रियामै हुने कुरा हो। नीतिगत भ्रष्टाचारमा प्रायः सबै चरणहरू मिलाइएको हुन्छ, कानुनका प्रक्रिया पूरा गरिएका हुन्छन् र त्यही कानुनी प्रक्रियाभित्रै भ्रष्टाचार हुने गर्छ। सबैलाई थाहा हुन्छ, तर कानुनको नजरमा त्यसलाई भ्रष्टाचार प्रमाणित गर्न सजिलो हुँदैन। भ्रष्टाचार यसरी नै हुने गर्छ।

गिरीबन्धुकै कुरा गर्ने हो भने, त्यससम्बन्धी ऐन नै ल्याएर संसद्बाट पारित गराइएको थियो। जग्गा सट्टापट्टा र हदबन्दीसम्बन्धी विषयमा के भइरहेको थियो भन्ने कुरा दुनियाँलाई थाहा थियो। तर कानुन बनाएरै त्यसलाई अगाडि बढाइएकाले कानुनको नजरमा त्यो नीतिगत निर्णय बन्न पुग्यो। त्यसमा कारबाही गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यहीँबाट जटिल बन्छ। नेपालको कानुनअनुसार मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयलाई लिएर अख्तियारले त्यसैको आधारमा अनुसन्धान र कारबाही अघि बढाउन सक्ने अवस्था सीमित छ।

यो विषय त्यति सहज छैन, जटिल छ। विश्वभर नै भ्रष्टाचारको छानबिन र कारबाही जटिल विषय हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने, प्रमाण पर्याप्त रूपमा जुटेपछि कारबाही हुन समय लागे पनि अन्ततः हुन सक्छ। लोकतान्त्रिक व्यवस्थाभित्र यो झन् जटिल विषय हो।

तर अबको हाम्रो अपेक्षा के हुनुपर्छ भने, केन्द्रमा नेतृत्वको मिलेमतोमा नीतिगत भ्रष्टाचार नहोस्। यति मात्र सुनिश्चित गर्न सकियो भने पनि हामीले आफूलाई भाग्यमानी मान्नुपर्छ।

तर प्रश्न भने अहिलेको सरकारकै हो। त्यो प्रश्न हो—छानबिन र कारबाहीमा उचित प्रक्रिया र परिपक्वता किन देखाउन सकिएन?

प्रहरी, अनुसन्धानमा खटिएका अधिकारी तथा कर्मचारीलाई विश्वासमा लिएर काम गराउनुको सट्टा डर, धम्की र हुकुमी आदेशका भरमा काम गराउन खोजियो भने त्यसको अपेक्षित प्रतिफल आउँदैन। राज्य संयन्त्रलाई बलियो बनाएर, प्रमाणमा आधारित अनुसन्धान र कानुनी प्रक्रियामार्फत अघि बढ्नु नै दीर्घकालीन समाधान हो।

15/09/2026

पूँजी बजारमा सुधारका कार्यक्रम ल्याएर राहतको काम गरेजस्तै, अन्य व्यवसायिक तथा मूल्य अभिवृद्धि र राजस्वमा योगदान गर्ने हरेक क्षेत्रमा प्याकेजमै कार्यक्रम ल्याएर बैंकमा थुप्रिएर बसेको पैसालाई राष्ट्र निर्माणमा प्रयोग गर्नु आवश्यक छ।

अहिलेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउनु र जनताको हातमा पैसा पुर्‍याउनु सबैभन्दा महत्वपूर्ण कुरा हो। जब अर्थतन्त्र बढ्छ, आमजनताको हातमा पैसा पुग्छ, खर्च गर्ने क्षमता र बचत गर्ने क्षमता बढ्छ—जनता त्यसै खुसी हुन्छन्। जनता पैसा कमाउने काममा व्यस्त हुन्छन् र राज्यको अनावश्यक दखलअन्दाजी पनि क्रमशः कम हुँदै जान्छ।

जनतालाई कमाउन देऊ, कमाउने वातावरण बनाइदेऊ। बाँकी काम बिस्तारै गर्दै जान सकिन्छ।

यो युगमा सबैलाई चाहिएको कुरा पैसा नै हो। जब जनताको हातमा पैसा पुग्दैन, सरकारले जतिसुकै भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा गरे पनि त्यसको जनताको दैनिक जीवनमा खासै फरक पर्ने छैन।

पहिले अर्थतन्त्र चलायमान बनाऔँ, जनतालाई कमाउने अवसर दिऔँ र जनताको हातमा पैसा पुर्‍याऔँ—सुशासनको वास्तविक अनुभूति त्यसपछि आफैँ हुन थाल्छ।

15/09/2026

नेता–कार्यकर्ता लाइन लागेर चीन जाने, प्रशिक्षण–तालिम लिने, भ्रमण गर्ने, त्यहाँका नेताहरूसँग भेटघाट गर्ने सबै कुरा जायज हुने। तर अमेरिकाको नाम मात्र सुन्नेबित्तिकै राष्ट्रवाद जाग्ने! चीन जाँदा अन्तर्राष्ट्रिय सम्बन्ध, अमेरिका सुन्दा राष्ट्रघात—यो कस्तो दोहोरो मापदण्ड हो? कि विदेश नीति पनि आफ्नो सुविधाअनुसार चल्ने हो?

15/09/2026

विश्वबजारमा इन्धनमा आएको अस्वाभाविक मूल्यवृद्धिका कारण यातायात लगायतका खर्च बढ्दा वस्तुको मूल्यमा वृद्धि आउनु स्वाभाविक मान्न सकिन्छ। तर त्यो मूल्यवृद्धि पनि वैज्ञानिक र वस्तुगत हुनुपर्छ।

विगतको मूल्यमा इन्धनको मूल्य कति बढेको हो र त्यसले वस्तुको ढुवानी लागतमा प्रतिइकाइ कति मूल्यवृद्धि गराएको हो भन्ने कुराको प्रत्येक वस्तुअनुसार हिसाब हुनुपर्छ। साथै, सरकारले विशेषगरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको मूल्य निर्धारण गरी सोहीअनुसार बजार अनुगमन गर्नु अब अपरिहार्य भइसकेको छ।

छोटो समयमै जसरी मूल्यवृद्धि भएको छ, त्यो आम सर्वसाधारणले धान्न सक्ने अवस्था छैन। त्यसैले बेलैमा सचेत भएर आवश्यक कदम चाल्न नेपाल सरकारलाई अनुरोध गर्दछु।

Address

Singa Durbar
Bharatpur

Telephone

+9779845394372

Website

Alerts

Be the first to know and let us send you an email when Ministry of hypocrisy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ministry of hypocrisy:

Shortcuts

Share