25/07/2026
आज हरिशयनी एकादशीको पावन अवसरमा तुलसी रोप्ने हाम्रो सानो प्रयासलाई घर–घरमा सफल बनाइदिनु भएकोमा सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक धन्यवाद। 🙏🌿
विद्यालयबाट दिइएको “तुलसी रोप्ने” कार्यलाई सकारात्मक रूपमा ग्रहण गरी आफ्ना बाबु–नानीहरूलाई संस्कार, परम्परा र वातावरणप्रतिको जिम्मेवारी सिकाउँदै फोटोहरू साझा गर्नु भएको देख्दा अत्यन्त खुसी लागेको छ।
बालबालिकाको सिकाइ केवल कक्षाकोठामा सीमित नभई घरपरिवारको साथ र सहभागिताबाट अझ जीवन्त र प्रभावकारी बन्ने कुरा आज पुनः प्रमाणित भएको छ।
हाम्रा नानीहरूलाई संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन अभिभावकज्यूहरूको यो साथ, सहयोग र सहभागिता अमूल्य छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहकार्यको अपेक्षा राख्दछौं।
धन्यवाद। 🌼