14/04/2023
आदरणिय अभिभावक तथा यस सरोकारवालाहरु ।
गत शैक्षिक शत्रको शुरुवातमा श्री एकराज खरेल,फुलमाया तामाङ, शैलेन्द्र विष्ट, जगत कुवर, केशव अधिकारी, श्री कृष्ण थपलिया लगायत सम्पूर्ण शेयर होल्डरले विद्यालय कानुनी कागज गरि मलाई हस्तान्तरण गरे पछि मैले विद्यालयमा आवश्यक थप रु 25लाख 68हजार लगानी गरि भौतिक तथा शैक्षिक सुधार गरे पछि विद्यार्थी संख्या र गुणस्तर राम्रो हुदै गए पछि माथि उल्लखित शेयरहोल्डर हरुले शुरुमा ठगि गरेर र पछि गुण्डागर्दिको शैलि अपनाय पछि आफैले भर्ना गरेका विद्यार्थीहरुको पठन पाठन नबिग्रियोस भनि निस्क्रिय रहें र निज शेयरहोल्डरले विद्यालयमा पठनपाठन नगरी शैक्षिक ठगि गर्ने गरेको शैक्षिक शत्रको अन्त सम्म चुप रहें।
अब यस बिद्यालयको शेयरहोल्डरको नाममा ठगि गर्ने हरुको बिरुध्द कानुनी उपचारको बाटो शुरु गर्न लागिएकोले हाललाई भर्ना लगायत सबै कार्य बन्द गरियकोले ठगहरुको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध छ।
श्रीकृष्ण प्र आचार्य ।