13/08/2026
मिति २०८३ साल श्रावण २७ गते बुधबार का दिन Kadoorie Agricultural Aid Association (KAAA) को आर्थिक सहयोगमा युसेप नेपाल, सानो ठिमी प्राविधिक शिक्षालयद्वारा सञ्चालित अटोमोबाइल, ड्राफ्टम्यानशीप तथा केयर गिभर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन समारोहमा KAAA का उप–निर्देशक श्री बिजयन्त शेरचनज्यू, ट्रेनिङ डाइरेक्टर श्री मिनजङ्ग गुरुङज्यू लगायत KAAA तथा युसेप नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस तालिम मार्फत सहभागीहरूले सम्बन्धित क्षेत्रमा आवश्यक ज्ञान, सीप तथा व्यावहारिक दक्षता हासिल गरेका छन्। सहभागी प्रशिक्षार्थीहरूलाई आगामी व्यावसायिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस महत्वपूर्ण सहकार्यका लागि Kadoorie Agricultural Aid Association (KAAA) प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।