Study and literature activity

Study and literature activity literature activity and creativity only on this page.

Permanently closed.

myself bishwas tamang and all around writer and business cose trainer and long life learner and listener or big thinking.in this page we'll learn and teach all creative literature with group.

दशैँव्यस्त छ सहर आजमान्छेको भिड अनी,यात्रीको सहयात्रा संगैरमाउँदै छन सबै जनात्यसैले व्यस्त छ सहर आजकोहि खुसी किन्दै छकोह...
10/10/2021

दशैँ

व्यस्त छ सहर आज
मान्छेको भिड अनी,
यात्रीको सहयात्रा संगै
रमाउँदै छन सबै जना
त्यसैले व्यस्त छ सहर आज
कोहि खुसी किन्दै छ
कोहि दु:ख किन्दै छ
त्यसैले व्यस्त छ सहर आज।

कोही बालाई सगरमाथा झै शिर उच्च राख्ने,
ढाका टोपी किन्दै छ।
कोहि राष्ट्रियता जोगाउने धर्तीमाता लाई
चौउबन्दी चोली किन्दै छ
कोही राष्ट्र को सन राख्ने बाबू नानि लाई
उपहार वस्त्र किन्दै छ।
कोहि,गाउँ सम्मको खुसी किन्दै छ
कोहि,विदेश सम्मको दु:ख किन्दै छ
म भने बन्द कोठामा एकलै सब्द किन्दै छु।
सबैले खुसी,दु:ख, हासो,सम्झना अनि सपना
केहि न केही किन्दै छ।
हो, त्यसैले व्यस्त छ सहर आज।

03/10/2021

साहित्य सङ्ग्रह मात्र सुरुवात अब।

🌻🌻अन्धकार छअध्यारो छ,यो दुनियाँ सुन्छु, रातको अन्धकार झैअन्धो सोच,विचार र भावना,भएका यी ब्वाँसाहरुकोचहल पहल छ रे आज भोली...
06/05/2021

🌻🌻अन्धकार छ

अध्यारो छ,यो दुनियाँ
सुन्छु, रातको अन्धकार झै
अन्धो सोच,विचार र भावना,
भएका यी ब्वाँसाहरुको
चहल पहल छ रे आज भोली
गाउँ गाउँ,सहर सहर र बस्ती बस्तीमा
खै के गर्नु,अनी
सुन्छु आज भोली त घरमै पनि
जन्मिनछन रे ती अन्धकारको धब्बाहरु,
जस्ले ती सुन्दर चन्द्रमालाई समेत,
दाग लगाउन पछि हट्दैन्न रे।

कविले शब्द खेलाए झै
फुलहरु खेलाउने बानी छन् रे।
यि ब्बाँसाहरुको
हुल पसेर निमोठि दिन्छन रे।
धुजा धुजा बनाई दिन्छन् रे
जुट्नु दिन्न रे
फुल्नु दिन्न रे।
गमलाले नै घात गर्छन रे
कहिले त,
आखिर किन नगरोस पनि
माटोमा झै मात्रीता छैन यीनीमा,
अनि,जगतलाई अटाउने ममाता छैन,यिनिमा
अनि,
सृष्टि जगाई प्राण दिने क्षमाता छैन यिनीमा।
त्यसैले,
फुलहरू गमला विना नै फुल्न सिक्नु पर्छ।
यात्रीहरु उज्यालो विनानै यात्रीन सिक्नु पर्छ।
किनकि,
धर्तीले कहिले घत गर्दैन फुल्न,
फुलहरुलाई, अनी
अध्यारो ले पनी, त्यसैले,
उठ्नु पर्छ अनि जुट्नु पर्छ,
बच्दैनन् यी ब्वाँसाहरु,सहर छिरे पछी
त्यसैले, सिक्नु पर्छ लौरी विना नै खेदाउँन,
अनि सक्नु पर्छ खेदाउन।

_जय नारी(written by bishwas)

14/04/2021

साधन आफ्नै भएर के गर्नु मित्र, चालक अरुनै भएपछी सफलता नमिलदो रहेछ।big thinker
-Bishwas tamang🌻🌻🌻

14/02/2021

आज फुल दियो
भोली भुलदीयो
पर्सि अर्कै संग डुलदीयो?

दिल दिए पो दिगो हुन्थ्यो
एक अर्काको मनमा छुन्थ्यो।

एउटाको कुरा अर्काले सुन्थ्यो
संगै हास्थयो संगै रुन्थ्यो।

कस्तो बतासे चलन आयो
फुल दियो माया लायो।

दिल नसाटी फुल साट्यो
मनका कुरा सबै ढाट्यो।

ढाट्यका कुरा र साटेको फुल
प्रेमको नाम मा गर्दियो भुल।

एउटाको हतियार मा अर्काको पाईन
आयो अनि गयो बतासे भ्यालेन्टाइन।

मात्र (व्यङ्ग्य )

17/08/2020

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Study and literature activity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share