Maitreya yuwa sangha, bhaktapur

Maitreya yuwa sangha, bhaktapur this page is intended to share the activities of maitreya yuwa sangha,the association where pariyatti education(the buddha's teachings)is taught.

आज मिति २०८२ आश्विन ११ गते शनिबार मैत्रेय युवा संघको आयोजनामा भएको मैत्रेय बुलेटिन पत्रिकाको समीक्षा कार्यक्रम थथुबहीमा ...
27/09/2025

आज मिति २०८२ आश्विन ११ गते शनिबार मैत्रेय युवा संघको आयोजनामा भएको मैत्रेय बुलेटिन पत्रिकाको समीक्षा कार्यक्रम थथुबहीमा सम्पन्न भयो ।
संघ अध्यक्ष लक्ष्मीचन्द्र बज्राचार्यको सभापतित्वमा श्रद्धेय अरियञाणी गुरुमांको प्रमुख आतिथ्यमा गुरुमांबाट दीप प्रज्वलन र पञ्चशील ग्रहण गरी सुरुभएको उक्त कार्यक्रममा लक्ष्मीचन्द्र बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गत बैशाख २० गते देखि असार २१ गतेसम्म हरेक शनिबार संघद्वारा संचालित बुद्धशिक्षाको आधारभूत कक्षामा सम्मीलित भई परियत्ति कक्षा संचालन भएका प्रभात सेकेण्डरी स्कुलका तर्फबाट शिक्षिका अलिना शाक्य , बासु माध्यमिक विद्यालयकी शिक्षिका सूर्यलक्ष्मी श्रेष्ठ र सेक्रेड हार्ट एकेडेमीका प्रधानाध्यापक श्रीराम सुवालले परियत्ति शिक्षा कक्षा विद्यालयमा सुरु भई सकेको बारे जानकारी दिंदै विद्यार्थीहरूलाई नैतिकवान चरित्रवान बनाउने शिक्षकको धर्म हो भन्ने कुरा व्यक्त गर्नुभयो ।
मुनि विहारद्वारा आयोजित नेपालमण्डलव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएकी एभरेष्ट ईंग्लिश स्कुलकी छात्रा सौम्यता अधिकारी र बौद्ध विद्वान रत्नसुन्दर शाक्यले पनि मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रद्धेय अरियञाणी गुरुमांले उक्त बुलेटिन पत्रिकाको समीक्षा गर्नुभएको थियो । उहाँले लेखहरू अत्यन्तै घतलाग्दो रहेको कुरा व्यक्त गर्नुहुँदै तालिमबाट धेरै कुरा उपलब्धि भएकोमा खुशी पनि व्यक्त गर्नुभयो साथै संघको कार्यको सराहना गर्नुहुँदै अझ उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
पत्रिकाका लागि लेख तथा आधारभूत कक्षाको अनुभव लेखी सहयोग गर्नुहुने सम्पूर्णलाई बुद्ध चित्र , सम्पादक लक्ष्मीचन्द्र बज्राचार्य तथा समिक्षक अरियञाणी गुरुमांलाई बुद्धमूर्ति धर्मोपहार तथा बुलेटिन पत्रिकाको प्रायोजन गरी आर्थिक सहयोग गर्ने गणेश ज्यास: पस: लाई कृतज्ञता पत्र र मैत्रीपूर्ण धर्मोपहारबाट सम्मान गरिएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष तिर्थराज बज्राचार्यले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त पत्रिकाका लागि आर्थिक सहयोग गर्नुहुने दाता हेमबज्र बज्राचार्य ( गणेश ज्यास: पस: ) लाई विशेष आभार सहित कृतज्ञता व्यक्त गर्दै लेख लेखी सहयोग गर्नुहुने सम्पूर्णमा संघ हार्दिक साधुवाद व्यक्त गर्दछ ।
मैत्रेय युवा संघ , भक्तपुर ।।।
🌺🌺🌺साधु!!साधु!!साधु!!🌺🌺🌺

पुर्व मन्त्रि, बौद्ध बिद्वान​, पाटनका पुर्व मेयर बौद्ध सम्पदाका सुधारक आदरणिय बुद्धिराज बज्राचार्य ज्यु यहि २०८२ श्रावण ...
20/07/2025

पुर्व मन्त्रि, बौद्ध बिद्वान​, पाटनका पुर्व मेयर बौद्ध सम्पदाका सुधारक आदरणिय बुद्धिराज बज्राचार्य ज्यु यहि २०८२ श्रावण २ गते दिवंगत हुनुभयो । मैत्रेय युवा संघको हरेक प्रयासमा सल्लाह र सुझाबहरु दीरहनु हुने वहां बज्राचार्य ज्यु को सुगति तथा निर्वाण कामना तथा परिवारमा समबेदना ब्यक्त गर्दछौं ।

मैत्रेय युवा संघ तथा सम्पुर्ण परिवार

Address

Thathubahi, Jayakirti Mahavihar/16
Bhaktapur

Telephone

+9779843169551

Website

Alerts

Be the first to know and let us send you an email when Maitreya yuwa sangha, bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category