खरायो पालन सम्बन्धि जानकारी ।

  • Home
  • Nepal
  • Bhaktapur
  • खरायो पालन सम्बन्धि जानकारी ।

खरायो पालन सम्बन्धि जानकारी । यो Page खरायो पालन सम्बन्धि जानकारीको प्रदान गर्नेको लागि खोलिएको हो ।

Dutch Rabbit लाई यसको शारीरिक Color  Pattern ले गर्दा चिन्न सजिलो हुन्छ। यो  Netherlands को Origin हो।  यसको औसत तौल १.६...
21/05/2020

Dutch Rabbit लाई यसको शारीरिक Color Pattern ले गर्दा चिन्न सजिलो हुन्छ। यो Netherlands को Origin हो। यसको औसत तौल १.६-२.५ किलो सम्म हो हुन्छ।यो घरमा पालनको लागि बढी प्रयोग गरिन्छ।
Picture From Internet.

New Zealand Rabbit America को Origin  हो। यसको औसत तौल ४.५-५.४ किलो सम्म को हुन्छ। यो ५ Color मा पाइन्छ White, Red, Blac...
21/05/2020

New Zealand Rabbit America को Origin हो। यसको औसत तौल ४.५-५.४ किलो सम्म को हुन्छ। यो ५ Color मा पाइन्छ White, Red, Black, Blue र Broken। यसको मुख्य रंग Red हो।
सन् १९१७ मा Mr. William S. ले White Color को छाला भएको खरायो विकास गरेका थिए जसलाई New Zealand White Rabbit भनिन्छ। पछि Red Color खरायो भन्दा White Color को खरायो सेतो छालाको कारणले धेरै प्रख्यात बन्यो किन भने यसको छालालाई अरु धेरै Color सजिलै रंगाउन सकिन्छ।
New Zealand White Rabbit आफ्नो सेतो रंग र शान्त सोभाबको कारण अरु जात को खरायो जस्तै Chinchilla , California , Dutch भन्दा As a Pet बढी Popular हुन गयो। यसका साथ साथै यसको Growth अरु खरायोको भन्दा छिटो हुने भएकोले मासु र छाला को लागि नि प्रख्यात छ।
त्यस्तै को जातको खरायो Handel गर्न सजिलो र Healthy हुने भएकोले Laboratory Testing को लागि नि प्रयोग गरिन्छ। New Zealand खरायोलाई मधुमेह, डिप्थीरिया, क्षयरोग, क्यान्सर, र हृदय रोग जस्ता रोरूको लागी परीक्षण र औषधि विकास गर्न प्रयोग गरिन्छ।

थप जानकारीको लागि यो लिंकमा जानु होला। https://en.wikipedia.org/wiki/New_Zealand_rabbit
Picture Is Downloaded From Internet.

Chinchilla Rabbit खरानी छाला भएको खरायो हो। यो मुख्तय मासु र छाला लागि पालिन्छ।  यो अन्तर्गत ३ प्रकार छन् :१. Standard c...
19/05/2020

Chinchilla Rabbit खरानी छाला भएको खरायो हो। यो मुख्तय मासु र छाला लागि पालिन्छ। यो अन्तर्गत ३ प्रकार छन् :

१. Standard chinchilla
यो Chinchilla Rabbit को मुख्य प्रकार हो। यसै बाट अन्य प्रकार विकास गरिएको हो। यसको औसत तौल २.५ किलो देखि ५.५ किलो सम्मको हुन्छ।

२. American Chinchilla :
यो प्रकारको खरायो Standard Chinchilla भन्दा ठुलो र बढी तौल भएको हुन्छ। यसको औसत तौल ४ किलो देखि ५.५ किलो सम्मको हुन्छ।

3. Chinchilla :
Standard Chinchilla र Flemish Giant बीच को Breeding बाट यो विकास गरिएको हो। यसको औसत तौल ५.५ किलो देखि ७.५ किलो सम्मको हुन्छ।

You can also Wikipedia for more https://en.wikipedia.org/wiki/Chinchilla_rabbit

California Rabbit एउटा घरेलु खरायोको प्रजाति हो । जुन  सन् १९२३-१९२८ बाट California का  Mr. George S.ले छाला र मासु उद्य...
16/05/2020

California Rabbit एउटा घरेलु खरायोको प्रजाति हो । जुन सन् १९२३-१९२८ बाट California का Mr. George S.ले छाला र मासु उद्योग को प्रयोजनको लागि विकास गरिएको हो। Mr. George ले Pure New Zealand Whites जातको खरायोलाई, राम्रो र घना छाला को लागि Standard Chinchilla जात को खरायो र शारीरिक देखावत को लागि Himalayan जातको खरायो बिच Crossing गराएर नयाँ जातको खरायो विकास गरे जसलाई विकास गरिएका ठाउँको नाम दिए California White Rabbit। यो जातको खरायोमा New Zealand White को जस्तो तौल , Standard Chinchilla को जस्तो राम्रो गुणस्तरको छाला र Himalayan को जस्तो बनौट छ।

13/05/2020
Pic From "खरायो संकलन तथा बिक्री केन्द्र कास्कि, पोखरा"
13/05/2020

Pic From "खरायो संकलन तथा बिक्री केन्द्र कास्कि, पोखरा"

खरायोको मासु किन खानेत जसको कारण निम्न छन् -१. खरायोको मासु सेतो मासु अन्तर्गत पर्दछ जसको मतलब यस अन्य मासुको तुलनामा एक...
13/05/2020

खरायोको मासु किन खानेत जसको कारण निम्न छन् -

१. खरायोको मासु सेतो मासु अन्तर्गत पर्दछ जसको मतलब यस अन्य मासुको तुलनामा एकदमै न्युन मात्रमा cholesterol र Fat हुन्छ जुन Diabetes,BP,Heart Patient, बाथ ,हाड,नासा,जोर्नी,युरिक एसिड , दमका रोगीहरुको लागि एकदमै राम्रो हो ।

२. यसमा अन्य मासुको तुलनामा कम मात्रमा calories हुन्छ । जो मासु छोर्न सक्दैन तर तौल घटाउन चाहन्छ तिनीहरुको लागि फाइदाजनक छ ।

३. खरायोको मासुमा प्रसस्त प्रोटिन,क्यालसियम, फसफोरस, ओमेगा-३ र फ्याटि एसिड पाइन तथा अरु मासुको तुलनामा पचाउन सजिलो भएकोले बालबालिका,जेष्ठ नागरिक , गर्भवती महिला ,स्तनपान गराई रहनु भएका महिला , लगभग सम्पूर्ण उमेर समूहका मानिसहरुको लागि लाभकारी छ ।

४. मुख्य कुरा त झन्डै छुटेको , खरायोलाई अन्य मासुको लागि पालिने पशुपन्छीलाई जस्तै त्यति रोग लाग्दैन जसको मतलब यिनीहरुलाई त्यति ओखती दिदैन । नत antibiotic दिईन्छ नत खोप ,त्यसमाथि यो बिस्तारै हुर्काएर मासुको लागि तयार गरिन्छ । कुखुरा जस्तै १.५ महिना मा २ किलो पुर्याउन जसरि दबाएर खुवाई उत्पादनगरिन्छ त्यस्तो खरायो पालन मा गरिन्दैन।

त्यसैले खरायोको मासु खाने बानी बसालौ स्वस्थ रहौ ।

27/04/2020

खरायोको आँखा चिप्राले बन्द हुँदा के गर्ने भन्ने बारे :

सामन्यतया खरायोको बच्चाको आँखा जन्मेको दिनबाट ९-१० औ दिनमा खोल्दछ । तर आँखा खोली सकेपछि पनि Nest Box सफा नहुँदा तिनीहरुको आँखामा Infection हुन्छ र चिप्राले गर्दा आँखा बन्द हुन्छ । यस्तो समस्या खरायो पालनको क्रममा आइरहेको हुन्छ जुन सामान्य मानिन्छ । जस्को समाधान खरायो पालक आफैँले गर्न सकिन्छ ।

यदि यो समस्या छ भने तपाई एउटा सफा कपडा लिनुस् , त्यो कपडालाई मनतातो पानीमा भिजानु होला अनि आफ्नो खरायोलाई आफ्नो काखमा (बच्चा चल्दा नखसोस भन्नको लागि ) राख्नु पर्छ। अब तपाईले अघि भिजाको कपडा आँखा बन्द भाको खरायोको बच्चाको आँखामा विस्तारै नथिचिकना चिप्रालाई मनतातो पनि ले भिजाउनु होला । चिप्रा नरम भैसकेपछि आफ्नो हातको सहायताले विस्तारै आँखा खोलिदिनु पर्छ । खरायोको बच्चा राम्ररी नहुर्केसम्म समय समयमा एक एक गरी पर्छ ।

Demo को लागि Video पनि हालेको छु हेर्नु होला ।
यो Post राम्रो लागे अरुलाई नि Share गर्नु होला ।

25/04/2020

हाम्रो Page को नाम "Rabbit For Meat Breed And Pet " बाट परिवर्तन गरि "खरायो पालन सम्बन्धि जानकारी ।" राखिएको छ ।

खरायोले आफूलाई कसरी सफा पार्छ?खरायो अरु पाल्तु जनावर भन्दा सफा प्राणी हो। सधै एकै स्थानमा मात्रै दिसापिसाब गर्छन यदि आफ्...
25/04/2020

खरायोले आफूलाई कसरी सफा पार्छ?

खरायो अरु पाल्तु जनावर भन्दा सफा प्राणी हो। सधै एकै स्थानमा मात्रै दिसापिसाब गर्छन यदि आफ्नो खोरमा रहेको खानेकुरा जस्तै घाँस , काउली बन्डाको पात , दाना आदि मा दिसापिसाब लागेमा त्यो खादैन ।
खरायोले बिरालो कुकुरहरूले जस्तै आफ्नो रौ र पञ्जा चाटेर दिनभर आफूलाई सफा राख्छन्। यसको मतलब खरायोलाई सामान्यतया अरू घरपालुवा जनावरहरूलाई जस्तै नुहाईदिनु पर्दैन ।

पोथी खरायोलाई भाले लगाउने बारे जानकारी : साधारणतया खरायोको  प्रजनन् सक्षम उमेर खरायोको नस्ल अनुसार फरक हुन्छ ।सानो जातको...
23/04/2020

पोथी खरायोलाई भाले लगाउने बारे जानकारी :

साधारणतया खरायोको प्रजनन् सक्षम उमेर खरायोको नस्ल अनुसार फरक हुन्छ ।सानो जातको खरायोमा ३-३.५ महिनामा परिपक्को हुन्छ भने ठुलो जातको मा अलि ढिला ४-५ महिनामा परिपक्को हुन्छ ।
तर व्यावसायक रुपमा खरायो पालन गर्ने हो भने प्रजनन् को लागि पोथी ६ महिना र भाले ७ महिना उमेरको खरायोलाई राम्रो मानिन्छ ।

खरायोलाई भाले लगाउदा दिनको सबै भन्दा चिसो समय बिहानपख वा साझ तिरको समय उपयुक्त हुन्छ ।सँधै पोथीलाई भालेको खोरमा लानु पर्छ । यदि तपाईंले भालेलाई पोथीको खोरमा राख्नुभयो भने, पोथी खरायोले आफ्नो क्षेत्रको सुरक्षाको लागि भालेसंग झगडा गर्न सुरु गर्दछ ।यसको विपरित, पोथिलाई भालेको खोरमा लैजादा पोथीले भालेको खोरको गन्ध सुन्घ्छ र झगडा गर्दैन र प्रजनन् हुन्छ ।

सामान्यतया पोथीलाई भालेको खोर मा हालेको ५-१० मिनेटमा भाले लाग्दछ। यस दौरान भाले पोथीको पछि पछि दौडन्छ , पोथी भाले बाट पर पर भाग्दछ, गोलगोल घुम्दछ, भालेले आफ्नो खुट्रटा बजार्ने गर्दछ भने अन्तमा पोथीले आफ्नो पछाडी को भाग उचाली दिन्छ अनि भाले सम्भोग प्रक्रिया सकाए पछि एउटा आवाज निकाली लर्डछ । यसरी पोथीलाई भाले लगाउने प्रक्रिया पुरा हुन्छ । भाले २-३ पटक लागे पछि पोथीलाई उसको खोर मा फिर्ता लानु पर्छ।

यदि यो दौरान भालेले पोथीलाई वास्ता नगरेमा वा ५-१० मिनेट पनि पोथी भाले लाग्नको लागि नमानेमा या झगडा गर्न सुरु गरेमा १-२ घण्टा पछि या अर्को दिनमा पुन कोसिस गर्नु पर्छ। त्यस्तै भाले लगाउदा पोथीलाइ भालेको खोर मा रातभर छोर्नु हुदैन किनभने यसरी राख्दा भाले लागेको नलागेको थाहा हुदैन। त्यसैले जैले पनि भाले लगाउदा भाले नलाग्दा सम्म अवलोकन गरि बस्नु पर्छ ।

महतोपूर्ण कुरा, यदि तपाई व्यावसायक रुपमा खरायो पाल्दै हुनु हुदैछ भने भाले लगाउदा हातानाता नपरेको खरोयो बीच मात्रै प्रजनन् गराउनु पर्छ । हातानाता पर्दा पनि बच्चा नजन्मिने हैन जन्मन्छ तर माऊले कम बच्चा जन्माउने , जन्मिने बच्चा चाडै मर्ने , राम्ररी नहुर्कने , शारीरिक तौल अरु भन्दा कम हुने सगोलमा भन्दा गुणस्तरीय बच्चा हुदैन । यसले गर्दा व्यावसायमा घाटा पर्न जान्छ।

Address

Bagmati
Bhaktapur
0977

Alerts

Be the first to know and let us send you an email when खरायो पालन सम्बन्धि जानकारी । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category