Shree Ganesh Secondary School, Changunarayan-5, Chhaling, BKT

Shree Ganesh Secondary School, Changunarayan-5, Chhaling, BKT ''Education for successful life ''

https://www.facebook.com/61572695642687/posts/122154926114756521/?app=fbl
12/10/2025

https://www.facebook.com/61572695642687/posts/122154926114756521/?app=fbl

दुखद् खबर
छालिङ जाने सडककाे दूरावस्थाका कारण तीन घाइते
घाइतेमा अभिभावकसहित दुई सन्तान

भक्तपुर । भक्तपुरको छालिङमा सडककाे दूरावस्थाकाे कारण आइतबार तीनजना घाइते भएका छन् ।

भक्तपुरबाट खरिपाटी ब्यारेक- गुडी- वडा कार्यालय जाने सडककाे दूरावस्थाकाे सिकारमा तीन जना परेका हुन् ।

बच्चा स्कुल पुर्याउन गएका बुवा सराेज वाइवा, छाेरा संजाेग र छाेरी अनुषा साइकलबाट लडेर घाइते भएका छन् ।

विहान साढे ९ बजेकाे समयमा खरिपाटी ब्यारेकबाट गुडीस्थित श्रीगणेश माध्यमिक विद्यालयमा बच्चा पुर्याउन जाने क्रममा साे सडककाे उकालाेमा थुपारिएकाे ढुंगाका कारण दुर्घटनामा परेकाे पीडित वाइवाले बताए ।

उनले उकालाेमा विपरीत दिशाबाट आइरहेकाे एक सवारी साधनलाई साइड दिने क्रममा उक्त घटना भएकाे बताए ।

`उकालो भाे, त्यही ढुंगा थुपारिएकाे छ । अर्कोतर्फबाट एउटा गाडी आइरहेको थियाे । म, छाेराछाेरी साइकलमै थियाैं । साइड दिन ठाउँ पुगेन । काेल्टे पर्याे । हामी लड्याैं´, उनको भनाइ छ ।

साईकलबाट लडेर घाइते तीनजनालाई नै भक्तपुरको ख्वप अस्पताल लगिएको थियाे । विद्यालय स्राेतका अनुसार दुर्घटनामा परेका तीनमध्ये बुवा र छाेरीकाे उपचार ख्वप अस्पताल र छाेराकाे धूलिखेल अस्पतालमा भएको छ ।

उक्त सडकको स्तराेन्नतिकाे काममा सम्बन्धित निकायको लापरबाहीका कारण सडकमा यात्रा गर्न जाेखिम बढेकाे छ ।
साे विषयमा स्थानीयले पटकपटक सराेकारवालाकाे ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन सकेको छैन ।

उक्त सडकको दूरावस्थाबारे सञ्चारकमी हरिसुन्दर छुकांले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउँदा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीकाे सचिवालयबाट अपशब्द प्रयाेग गरिएको घटना सेलाउन नपाउँदै दुर्घटना हुन पुगेकाे छ ।




https://bhaktapurdaily.com/?p=6696
21/05/2025

https://bhaktapurdaily.com/?p=6696

Home चाँगुनारायाण नगरपालिका चाँगुकाे छालिङ्ग स्थित गणेश माविमा विद्यार्थीकाे भर्ना उत्साहजनक चाँगुनारायाण नगरप.....

07/04/2025
24/02/2025

पूर्व प्रधानाध्यापक रत्न बहादुर ह्यौंमिखा

23/02/2025

रोशनराज तुइतुई, अध्यक्ष संयुक्त परीक्षा समिति
श्री गणेश माध्यामिक विद्यालय चाँगुनारायण नगरपालिका छालिङ भक्तपुरको ४४ औं वार्षिकोत्सव समारोह २०८१ अभिभावक दिवस, सम्मान कार्यक्रम पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

23/02/2025

श्री गणेश माध्यामिक विद्यालय चाँगुनारायण नगरपालिका छालिङ भक्तपुरको ४४ औं वार्षिकोत्सव समारोह २०८१ अभिभावक दिवस, सम्मान कार्यक्रम पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

18/02/2025

शिक्षक शिक्षिकाहरूको प्रस्तुती
श्री गणेश माध्यामिक विद्यालय चाँगुनारायण नगरपालिका छालिङ भक्तपुरको ४४ औं वार्षिकोत्सव समारोह २०८१ अभिभावक दिवस, सम्मान कार्यक्रम पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Shree Ganesh Secondary School, Changunarayan-5, Chhaling, BKT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category