Mind Blowing

Mind Blowing

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mind Blowing, Newyork, Bhairahawa.

29/03/2026

बल्ल लोकसेवा पढ्ने बेला चाहिने बुँदाहरु भेटिए ।
नेपाल सरकारका एक सय कार्यसूची छोटकरीमा

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

06/01/2026

: CAN ले आगामी T20 विश्वकपका लागि नेपालको टिम घोषणा गरेको छ। 🇳🇵❣️🙏
Rohit Paudel (C)
Dipendra Singh Airee (VC)
Sandeep Lamichhane
Kushal Bhurtel
Aasif Sheikh
Sundeep Jora
Aarif Sheikh
Basir Ahmad
Sompal Kami
Karan KC
Nandan Yadav
Gulshan Kumar Jha
Lalit Rajbanshi
Sher Malla
Lokesh Bam

कस्तो लाग्यो त विश्वकप खेल्ने टोलि ?

Photos from Mind Blowing's post 01/01/2026

नागरिक लागनी कोषको चौथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।
सबैलाई बधाई तथा शुभकामना ।

14/12/2025

▫️सन २०२५ मा नेपालको अवस्था:-
•विश्व शान्ति सूचकांक - ७६ औं,
•मानव बिकास सूचकांक - १४५ औं,
•विश्व खुसी सूचकांक - ९२ औं,
•विश्व भोकमरी सूचकांक - ७२ औं,
•भ्रस्टाचार सूचकांक - १०७ औं,
•प्रेस स्वतन्त्रता सूचकांक - ९० औं,
•आर्थिक स्वतन्त्रता सूचकांक -१३१औं,
•दिगो बिकास सूचकांक - ९५ औं,
•जलवायु परिवर्तन जोखिम -६९ औं,
•हेन्ली पासपोर्ट इन्डेक्स -१०१ औं ।
#समसामयिक

14/05/2025

महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन २०८२
***********************************
✅ कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख । सो बेरुजु मध्ये संघीय सरकारका कार्यालयतर्फ ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख र समिति तथा अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख रहेको ।

✅कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड (अघिल्लो वर्षको भन्दा ९.४५ प्रतिशतले बढेको) । जसमा संघीय सरकारी कार्यालयहरूको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय तहको २ खर्ब ९ अर्ब २९ करोड र समिति तथा अन्य संस्थाहरूको १ खर्ब १७ अर्ब ९७ करोड बेरुजु

✅टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड

✅ बेरुजु सम्परीक्षण सो वर्ष २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिएको थियो भने लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल गरिएको ।

--

27/03/2025

🔰 नायब सुब्बा पदको #काठमाडौ को प्रथम चरणको नतिजा सार्वजनिक भएको छ ।
🔹जम्मा सहभागी :-१८४८४
🔹उत्तीर्ण :- ३१५६
🔹उत्तीर्ण प्रतिशत :-१७.०७%
#नायब_सुब्बा_नतिजा

Photos from Mind Blowing's post 19/03/2025

२०८१/१२/०५ मा मधेश प्रदेश सहायक पाचौ लाइ सोधिएका IQ प्रश्नहरुको समाधान ।।

17/03/2025

नुन किन्न भन्दा
कानुन किन्न सजिलो छ नेपालमा 🇳🇵

17/03/2025

उहाँहरुलाई पनि कसैले 6 पटक मै रोकेको भए 🤔
➊अब्राहम लिंकन (Abraham Lincoln) – ८ पटक चुनाव हारे, तर अन्ततः अमेरिका को राष्ट्रपति बने।

➋थोमस एडीसन (Thomas Edison) – १०,००० पटक प्रयोग असफल भएपछि मात्र बिजुली बल्ब आविष्कार गरे।

➌रामचन्द्र पौडेल (नेपालका राष्ट्रपति) – लामो समयसम्म राजनीतिमा संघर्ष गरे। १७ पटकसम्म प्रधानमन्त्री बन्न असफल भए, तर धैर्य गुमाएनन्। अन्ततः उनी नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए।

➍जे.के. रोलिङ (J.K. Rowling) – १२ पटक प्रकाशकहरूबाट रिजेक्ट भएपछि मात्र "ह्यारी पोटर" पुस्तक प्रकाशन भयो।

➎कर्नल स्यान्डर्स (Colonel Sanders) – KFC को रेसिपी १००० भन्दा बढी पटक रिजेक्ट भयो, तर अन्ततः विश्वभर सफल भयो।

-स्मरण रहोस्, एक त सबैजना फेल भएकै होइनन् । अर्को कुरा फेल हुनु अपराध होइन, हार मान्नु अपराध हो!

Want your school to be the top-listed School/college in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Newyork
Bhairahawa