14/10/2022
अभिभावक ज्यूहरू
---------------------
१) बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !
२) आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस !
३) दैनिक सबै बिषयको कापी हेर्नुहोस। त्यो बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !
४) बच्चाको आधारभूत शिक्षा भविष्यको लागि अति महत्त्वपूर्ण हुन्छ !
५) बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस !
६) यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
७) आफ्नो बच्चालाई बिरुवा लगाउन र हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !
८) सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण, भिमसेन, अमर सिंह थापा, बलभद्र कुँवर जस्ताको जीवनी गाथा सुनाउनुहोस !
९) हरेक बर्ष गर्मी वा जाडोको छुट्टीमा ( आफ्नो क्षमता अनुसार ) कहि घुमाउन लानुहोस । यसबाट उनीहरुले भिन्दै मान्छेका साथ नयाँ ठाउँमा बस्न सिक्छ्न !
१०) आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! उसलाई तिखार्न सहायता गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउँछ !
११) बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
१२) भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ !
१३) प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैन भने अरूसँग सोधपुछ गरेर दिनुहोस् !
१४) बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् )
१५) बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हाड निल्नुहोस !
१६) बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !
१७) बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस । आबश्यक हुँदा आफ्नो निगरानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !
१८) बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै: खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९) सबैभन्दा महत्त्वपूर्ण चिज हामीले आफ्नो बच्चालाई शिक्षा को साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जीवनमा सफल र सहि मानिस बन्न सकुन !
Copy_Paste