Nabin Shrestha - शैक्षिक दर्पण

Nabin Shrestha - शैक्षिक दर्पण This Page has been created as a resource to collect and share informational & educational knowledge.

🇳🇵 Rabindra Dhant defeats Kasib Murdoch by split decision in the RTU Bantamweight Semifinal.Scorecards: 29-28, 28-29, 29...
29/08/2026

🇳🇵 Rabindra Dhant defeats Kasib Murdoch by split decision in the RTU Bantamweight Semifinal.

Scorecards: 29-28, 28-29, 29-28 🥊

Dhant is through to the Road to UFC Final! 🔥

नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन्।चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफ...
28/08/2026

नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्।

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने।

यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।

‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्।

रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए।

उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।

यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।

रवीन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा निकालेका थिए।

उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

        भदौ १०, बिहान ९:१५ बजे भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदा त्रीशुली न...
26/08/2026


भदौ १०, बिहान ९:१५ बजे
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदा त्रीशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कता सहित शुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा / National Disaster Risk Reduction & Management Authority

26/08/2026
शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ।
24/08/2026

शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ।

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना ।
20/08/2026

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना ।

शिक्षक सरुवा सम्बन्धी सूचनासिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ६ मा अवस्थित विद्यालयमा रिक्त हुन ल...
20/08/2026

शिक्षक सरुवा सम्बन्धी सूचना

सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ६ मा अवस्थित विद्यालयमा रिक्त हुन लागेको माध्यमिक तह तृतीय श्रेणी, विज्ञान विषयको स्थायी शिक्षक पदमा सरुवा भई आउन इच्छुक शिक्षक साथीहरू हुनुहुन्छ भने थप जानकारीका लागि विद्यालयका प्रधानाध्यापक शिक्षक आत्माराम दंगालज्यूसँग सम्पर्क गर्नुहुन अनुरोध छ।

सरुवासम्बन्धी आधिकारिक विज्ञापन अर्को हप्ता प्रकाशित हुने जानकारी छ।

थप जानकारी तथा सम्पर्कका लागि:
प्रधानाध्यापक आत्माराम दंगाल

सेवा प्रवेश तालिम, एक महिने प्रमाणीकरण तालिम (TPD) र प्रधानाध्यापक नेतृत्व विकास तालिमका लागि आवेदन फाराम भर्ने सम्बन्धी...
20/08/2026

सेवा प्रवेश तालिम, एक महिने प्रमाणीकरण तालिम (TPD) र प्रधानाध्यापक नेतृत्व विकास तालिमका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना!!!

शिक्षा तालिम केन्द्र, धुलिखेलको चालु आ व २०८३।८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २०८२ मा नियुक्ति हुनु भएका आधारभूत तह र माध्यमिक तहका शिक्षकहरुका लागि सेवा प्रवेश तालिम, हालसम्म पनि एक महिनाको TPD तालिम नलिएका इच्छुक (बालविकास केन्द्रका शिक्षक, आधारभूत तथा माध्यमिक तहका ) शिक्षकहरूले एक महिने प्रमाणीकरण तालिम र एक महिने नेतृत्व विकास तालिमका लागि माध्यमिक तह र आधारभूत तहका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकहरूले यस किसिमको तालिम हालसम्म नलिएको भए तपसिल अनुसारको प्रक्रिया अवलम्बन गरी मिति २०८३।०५।२० गते भित्र फाराम भर्नुहुन अनुरोध छ।
लिङ्‍कः
http://ttmis.bagamati.gov.np/index.php?accountid=application_form

📍 Ktm Public Transport.🚎 रुटमा चल्ने सार्वजनिक यातायात कहाँ छन् ? आफूले कुरेको ठाउँमा कुन बेला आइपुग्छन् ? 👉️ मोबाइल एप्...
19/08/2026

📍 Ktm Public Transport.

🚎 रुटमा चल्ने सार्वजनिक यातायात कहाँ छन् ? आफूले कुरेको ठाउँमा कुन बेला आइपुग्छन् ?

👉️ मोबाइल एप्लिकेसनमा हेर्न सकिन्छ ।

अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी सम्बन्धमा:- सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर...
18/08/2026

अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी सम्बन्धमा:- सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर्ने भएको छ ।

Address

Jorpati
Baudha
44600

Alerts

Be the first to know and let us send you an email when Nabin Shrestha - शैक्षिक दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nabin Shrestha - शैक्षिक दर्पण:

Shortcuts

Share

Category