River Queen's School

River Queen's School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from River Queen's School, School, Badhaiyatal/7, Tilkana, Bardiya.

Children are actively encouraged to accept accountability and responsibility for their own learning and behaviour, demonstrating a growing understanding of their development as independent learners.

Our students are giving their best effort to improve their handwriting skills with dedication, patience, and regular pra...
28/09/2026

Our students are giving their best effort to improve their handwriting skills with dedication, patience, and regular practice.

आज मिति: २०८३ असोज ११ गते, बढैयाताल इन्स्टिच्युसनल प्राइभेट एसोसिएसन (BISA) को आयोजनामा बर्दिया सनलाइट एकेडेमीमा सम्पन्न...
27/09/2026

आज मिति: २०८३ असोज ११ गते, बढैयाताल इन्स्टिच्युसनल प्राइभेट एसोसिएसन (BISA) को आयोजनामा बर्दिया सनलाइट एकेडेमीमा सम्पन्न अन्तरविद्यालय चेस प्रतियोगितामा हाम्रो विद्यालयका कक्षा ८ का विद्यार्थी मास्टर सचिन चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।

यस गौरवपूर्ण उपलब्धिका लागि सचिनलाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना!

साथै, प्रतियोगिताका आयोजक संस्था, सहभागी विद्यालय तथा सम्पूर्ण प्रतियोगी विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौँ।

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,बढैयाताल गाउँपालिकाको निर्णय तथा प्राप्त सूचनाअनुसार भारी वर्षाका कारण उत्पन्...
25/09/2026

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

बढैयाताल गाउँपालिकाको निर्णय तथा प्राप्त सूचनाअनुसार भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको सुरक्षाका लागि आज मिति: २०८३ असोज ०९ गते विद्यालयमा बिदा रहने जानकारी गराइन्छ।

त्यसपछिका दिनमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धमा मौसमको अवस्था तथा सम्बन्धित निकायबाट प्राप्त सूचनालाई मध्यनजर गरी निर्णय गरिनेछ।

मौसमको प्रतिकूल अवस्थामा सबैलाई सुरक्षित रहन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ।

धन्यवाद।
विद्यालय प्रशासन

संविधान दिवस विशेष | वातावरण सरसफाइ कार्यक्रम संविधान दिवसको अवसरमा रिभर क्वीन्स स्कूलका कक्षा ८ देखि १० सम्मका विद्यार्...
19/09/2026

संविधान दिवस विशेष | वातावरण सरसफाइ कार्यक्रम

संविधान दिवसको अवसरमा रिभर क्वीन्स स्कूलका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा आज वातावरण सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्वच्छ वातावरणप्रतिको चेतना, सामाजिक उत्तरदायित्व र “असल नागरिक बन्ने जिम्मेवारी व्यवहारबाटै सुरु हुन्छ” भन्ने सन्देशसहित विद्यार्थीहरूले उत्साहपूर्वक सरसफाइ अभियानमा सहभागिता जनाए।

स्वच्छ वातावरण • सचेत नागरिक • समृद्ध समाज

विद्यार्थीहरूको उत्साह, अनुशासन र सामाजिक जिम्मेवारीप्रति हार्दिक प्रशंसा।

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

#संविधानदिवस #वातावरणसरसफाइ #स्वच्छवातावरण #सामाजिकउत्तरदायित्व

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️हाम्रो विद्यालयका कर्मठ, सरल तथा प्रिय चालक स्व. रमेश हिताङज्यूको असामयिक निधनप्रति विद्यालय प...
16/09/2026

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️

हाम्रो विद्यालयका कर्मठ, सरल तथा प्रिय चालक स्व. रमेश हिताङज्यूको असामयिक निधनप्रति विद्यालय परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

उहाँले विद्यालयप्रति पुर्‍याउनुभएको योगदान, समर्पण र आत्मीयता सधैँ हाम्रो स्मृतिमा जीवित रहनेछ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली!

15/09/2026

शोक बिदा सम्बन्धी सूचना

मिति: २०८३/०५/३०

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

यस विद्यालयमा कार्यरत सवारी चालक श्री रमेश हिताङ्ग ज्यूको आज मिति २०८३/०५/३० गते दिउँसो करिब ४:४५ बजे असामयिक निधन भएको दुःखद खबरले रिभर क्वीन्स स्कूल परिवार अत्यन्त मर्माहत भएको छ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै भोलि मिति २०८३/०५/३१ गते बुधबार विद्यालयमा शोक बिदा रहने जानकारी गराइन्छ।

विद्यालयको नियमित पठनपाठन मिति २०८३/०६/०१ गते बिहीबारदेखि पूर्ववत् सञ्चालन हुनेछ।

यस दुःखद घडीमा सम्पूर्ण विद्यालय परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

विद्यालय प्रशासन

14/09/2026

मिति: २०८३/०५/२९

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

यसअघि मिति: २०८३/०५/२६ गते शुक्रबार जारी गरिएको सूचनामा विद्यालय भाद्र ३१ गतेसम्म बिदा रही असोज १ गतेदेखि सञ्चालन हुने जानकारी गराइएको थियो।

तर, बिसा संगठनको संशोधित निर्णयअनुसार उक्त सूचनामा परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ।

विद्यालय मिति: भाद्र २९ गते सोमबार र भाद्र ३० गते मंगलबार मात्र बिदा रहनेछ।

📌 विद्यालय पुनः सञ्चालन हुने मिति: २०८३ भाद्र ३१ गते, बुधबार दिनदेखि विद्यालयका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक कार्यहरू नियमित रूपमा सञ्चालन हुनेछन्।

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद!

विद्यालय प्रशासन

13/09/2026

A Special Teej Musical Moment!

What a lovely moment at our Teej celebration!
Master Abiral Subedi and Mr. Jagat Rai added even more fun and energy to the program with their beautiful song performance.

Their voices, music, and cheerful presence made the atmosphere even more enjoyable, and the audience truly loved it! 👏

हाम्रा प्रतिभाशाली विद्यार्थीहरूले बढैयाताल संस्थागत विद्यालय संगठन (BISA) द्वारा शुभकामना एकेडेमीमा आयोजित तीज नृत्य प्...
12/09/2026

हाम्रा प्रतिभाशाली विद्यार्थीहरूले बढैयाताल संस्थागत विद्यालय संगठन (BISA) द्वारा शुभकामना एकेडेमीमा आयोजित तीज नृत्य प्रतियोगितामा River Queen’s School को प्रतिनिधित्व गर्दै मन छुने प्रस्तुति दिए।

मञ्चमा उनीहरूको जोश, आत्मविश्वास र सुन्दर तालमेलले सबैको ध्यान खिच्यो। हरेक स्टेपमा देखिएको मेहनत र अभ्यास साँच्चिकै प्रशंसनीय थियो।

हाम्रा प्यारा विद्यार्थी कलाकारहरू र उनीहरूलाई तयारी गराउन निरन्तर साथ र मार्गदर्शन गर्नुहुने नृत्य शिक्षिका दिक्षा थापालाई धेरै–धेरै धन्यवाद! 🙏

Once an RQS star, always an RQS star!

07/09/2026

मिति: २०८३/०५/२२

आदरणीय अभिभावकज्यू,

नेपाल सरकारले ‘Gen-Z शहीद दिवस’ को अवसरमा भोलि मिति: २०८३ भदौ २३ गते, मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेको हुँदा हाम्रो विद्यालय पनि उक्त दिन पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यस अवसरमा राष्ट्र र समाजका लागि योगदान पुर्‍याउने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दछौँ। 🙏🇳🇵

नियमित कक्षा: भदौ २४ गतेदेखि यथावत् सञ्चालन हुनेछ।

धन्यवाद।

विद्यालय प्रशासन

Address

Badhaiyatal/7, Tilkana
Bardiya

Telephone

+97784411043

Website

Alerts

Be the first to know and let us send you an email when River Queen's School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to River Queen's School:

Shortcuts

Share

Category