19/10/2025
श्री त्रिभुवन माध्यमिक विद्यालय ठाकुरबाबा १ भुरिगाँउ, बर्दियामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि मिति २०८२/०६/२६ गतेदेखि २०८२/०७/०२ गतेसम्म सञ्चालन गरिएको कक्षा शिक्षणमा एआईको प्रयोग, स्मार्ट बोर्डको प्रयोग तथा विद्यालय व्यवस्थापन सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
उक्त तालिमको सहजीकरणका लागि समन्वय गर्नुभएका ठाकुरबाबा नगरपालिका का शिक्षा सुपरीवेक्षक आदरणीय श्री नन्दाराम अधिकारीज्यू तथा तालिमका प्रशिक्षक एवं शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत सूचना प्रविधि अधिकृत आदरणीय श्री अमेस कुमार थारूज्यूलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं।
19/10/2025
सफाइ कर्मचारी आवश्यकता सम्बन्धि सुचना
18/10/2025
शुभदिपावली ,छठ पर्व तथा नेपाल संम्वत ११४६ को पावन अवसरमा हजुर र हजुरको परिवारजनमा सुख, शान्ति, समृद्धि र दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।
श्री त्रिभुवन मा बि परिवार
28/05/2025
मिति २०८२ जेष्ठ १३ गते काठमाडौंमा सम्पन्न भएको NSK international open challenge championship Karate प्रतियाेगितामा यस बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु रमित थापा ,निसा खनाल ,हिरमता ढकाल ,मनिषा ढकाल,बिनु बि .क.ले उत्कृष्ट प्रदर्शन गरि गाेल्ड मेडल सहित ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएकोमा बिद्यार्थी भाई बहिनिहरुलाई हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताकाे शुभकामना ब्यक्त गर्दछौं ।बिद्यार्थी हरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्नुहुने कराते प्रशिक्षक Two DON श्री प्रेम बहादुर थारुलाई हार्दिक आभार सहित विशेष धन्यवाद ज्ञापन गर्दछौं ।।
28/05/2025
EMIS Transfer गरि सहयाेग गरिदिनहुन सम्बन्धित सबै सराेकारवालामा सादर अनुराेध ।
19/05/2025
कक्षा ११ को बार्षिक परीक्षा सञ्चालन समय तालिका
17/05/2025
शैक्षिक सत्र २०८२ काे लागि यस विद्यालयमा युवा रेडक्रस सर्कल,किशाेरी मैत्री समूह,बाल क्लव, खेलकुद समूह, वातावरण समूह र भाषा तथा साहित्य समिति गठन सम्पन्न गरियाे ।समूहमा आबद्ध सम्पुर्ण पदाधिकारी विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई र सफल कार्यकालकाे शुभकामना साथै सहजीकरण गर्ने सम्पूर्ण सर मेडमहरूलाई धन्यवाद ।
16/05/2025
बिहानी कक्षा संञ्चालन सम्बन्धी जानकारी