श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया

Share

व्यावहारिक एंव गुणस्तरीय शैक्षिक केन्द्र

05/06/2026

विद्यालयमा भए हरेक विविध कृयाकलापको सङ्गालो ।

२०८३ जेठ २२ गते
Prem Prakash Pandeya

Photos from श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया's post 26/05/2026

आज मिति २०८३/०२/१२ गते मंगलबारका दिन श्री नेपाल राष्ट्रिय मा.वि. ठाकुरद्वारामा "सिकाइ सुधार परियाेजना" अन्तर्गत कक्षा ६ मा रिमेडियल कक्षा लिईरहेका २५ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण भएकाे छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमिल नेपालकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना कुमारी भट्टराई रहनु भएकाे थियाे भने विशिष्ट अतिथिमा ठाकुरबाबा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष राधा चाैधरी हुनुहुन्थ्यो। कार्यक्रममा गणित र विज्ञान विषयकाे रिमेडियल कक्षा लिईरहेका २५ जना विद्यार्थीहरुलाई आवश्यक झाेला, कपि, पेन र ज्यामिती बाकस प्रदान गरिएकाे थियाे। प्लान नेपालकाे साझेदारी संस्था भेरी वातावरणीय विशिष्टता समूह ( बि-ग्रुप )काे सहयाेगमा वितरण भएकाे शैक्षिक सामाग्रीबाट विद्यार्थीहरुकाे पठनपाठन प्रतिकाे उत्साह बढेकाे देख्न सकिन्थ्यो। विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गर्न सहयाेग गरिदिनुु भएकाेमा बि- ग्रुप प्रति हार्दिक आभार व्यक्त गर्दछौं🙏🙏🙏

प्रधानाध्यापक

22/05/2026
Photos from श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया's post 19/05/2026

विपत् पूर्व तयारी योजना निर्माण कार्यशाला सम्पन्न

आज मिति २०८३ साल जेठ ५ गते मंगलबारका दिन यस नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय ठाकुरद्धाराका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री प्रमिल नेपाल ज्यूको अध्यक्षतामा विद्यालयमा विपत् पूर्व तयारी योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

प्लान इन्टरनेसनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) को सहयोगमा सञ्चालित कार्यशालामा विद्यालयका विव्यस पदाधिकारी, शिक्षक अभिभावक संघ पदाधिकारी, विद्यालयका विभिन्न क्लब र समूहमा रहेका विद्यार्थी र अगुवा शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा ठाकुरबाबा नगरपालिका का शिक्षा सुपरिवेक्षक श्री नवराज ढुङ्गानाले गर्नुभएको थियो, भने बि ग्रुप फिल्ड सुपभाइजर विमला रावतले प्राविधिक सहयोग गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन गर्दै विद्यालयका शिक्षक हरिवंश पाण्डेले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिनु भएको थियो।

कार्यक्रममा सहभागीहरुले समूहमा विभाजित भई विद्यालय र विद्यालय वरपरको समुदायमा सम्भावित विपतको पहिचान, विपतको कारण, प्रभावित व्यक्त र क्षेत्रका साथै समाधान र पूर्व तयारी योजनाको नमुना तयार परी प्रस्तुत गर्नु भएको थियो।

आफ्नो भनाइ राख्दै बिब्यसका अध्यक्ष प्रमिल लेपालले कार्यशाला प्रभावकारी भएको र आयोजक तथा सहजकर्तालाई धन्यवाद दिनु भएको थियो।

साथै विद्यालयमा विपत् पूर्व तयारी योजना निर्माणका लागि विद्यालयका सहायक प्रधानाध्यापक हरिवंश पाण्डेको संजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरिएको छ।

विद्यालयको समग्र शैक्षिक, भौतिक तथा योजना निर्माणमा सहयोग गर्दै आएको BEE Group संस्थालाई विद्यालय परिवार हार्दिक धन्यबाद व्यक्त गर्दछ।

हरिवंश पाण्डे
सूचना अधिकारी
२०८३ जेठ ५ गते
Prem Prakash Pandeya प्रमिल कान्छाHaris Pandeyनेपाल राष्ट्रिय मा.वि. ठाकुरद्वाराश्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया Dhungana Bimala Rawat

Photos from श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया's post 15/05/2026

Friday extra activities
शुक्रवार विशेष

राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) गुलरिया बर्दियाको सहयोग र यस विद्यालयको समन्वयमा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

सहयोगी संस्थाप्रति विद्यालय परिवार हार्दिक धन्यबाद व्यक्त गर्दछ।

विद्यालय परिवार
२०८३ जेठ १ गते

10/05/2026

नतिजा प्रकाशित हुने तयारि हुदै गर्दा !

Photos from श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया's post 05/05/2026

२०८३ सालको सुरुवाति मै प्राकृतिक बिपत्तिको शिकार ।Haris PandeyPrem Prakash Pandeyaप्रमिल कान्छानेपाल राष्ट्रिय मा.वि. ठाकुरद्वारा्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्वारा बर्दिया

01/05/2026

अनिवार्य अवकास हुनु भएको आदरणिय विष्णु मेडमको सेवा निवृत्त जीवन सुखद अनुभूतिका साथ अगाडि बढोस् विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Want your school to be the top-listed School/college in Bardiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Thakurbaba
Bardiya

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00