Chandeshwari Bal Pratibha

Chandeshwari Bal Pratibha Every Week upload Student talent who is participant extra curricular activities.

चण्डेश्वरीका कोपिला प्रकाशन                                     वर्ष:४                                     अङ्क:४       ...
11/09/2024

चण्डेश्वरीका कोपिला प्रकाशन
वर्ष:४
अङ्क:४
सुषुप्त रहेका प्रतिभा जागरण हुने अवसर पाएर विद्यार्थी दङ्ग, सहजीकरण गरिदिने शिक्षाक मित्रमा धन्यवाद,,,,

16/03/2023

कक्षा २ का नानीहरुको नाच

15/02/2022

विषय : पठनपाठन बन्द रहने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा गण्डकी प्रदेश सरकार को मिति २०७८/११/०३ गतेको प्रकाशित सुचना अनुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७८ साल फाल्गुन ४ गते बुधबारका दिन गण्डकी प्रदेश भरका सरकारी कार्यालय, सार्बजनिक निकाय, शैक्षिक संस्थाहरु सम्पुर्णमा सार्बजनिक बिदा दिने निर्णय भए अनुसार भोलि मिति २०७८/११/०४ गते यस विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने ब्यहोरा सम्पुर्णमा सुचित गरिन्छ।

07/01/2022
30/03/2021

चार दिनको बिदामा बालबालिकालाई यस प्रकारको गृहकार्य गर्न लगाऔं I बाबुआमाले यस्ता विषयमा छोराछोरीसंग छलफल गरौँ I

१. तपाइंको घर बाहिर आज वातावरणको अवस्था कस्तो छ? चित्र बनाउनुहोस I

२. आफूले बनाएको चित्रलाई १००- २०० शब्दमा बर्णन गर्नुहोस I

३. के कारणले वातावरणमा यस्तो परिवर्तन आएको रहेछ? पत्रपत्रिका र सामाजिक संजालमा आएका कुरालाई आधार मानेर समीक्षा गर्नुहोस I

४. वातावरण बिग्रिएका कारण स्कुल बन्द भएको कुरा तपाइंलाई कस्तो लाग्यो?

५. वायु प्रदुषण हुँदा यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पर्न सक्छ होला ?

६. वृद्ध र बालबालिकालाई किन अति संवेदनशील मानिएको होला? बयस्क व्यक्तिभन्दा उनीहरुलाई वायु प्रदुषणले किन बढी असर गरेको होला?

७. वायु प्रदुषणका कारणहरु के के होलान?

८. तपाइंको घर छेउमा वायु प्रदुषणका कारक के के छन्? उनीहरुलाई वायु प्रदुषण कम गर्ने कस्ता उपाय सुझाव दिनुहुन्छ?

९. तपाइंले वन जंगलमा डढेलो लागेको देख्नुभएको छ? डढेलो किन लगाएका होलान? डढेलो लाग्दा वन्यजन्तू र वनस्पतिलाई कस्तो असर गर्छ होला?

१०. तपाइंको विचारमा डढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला?

११. उद्योग र कलकारखानाबा र इन्धन्युक्त सवारीसाधनबाट निस्किएको धुवाँले कसरी वायु प्रदुषण गर्छ होला? यसलाई नियन्त्रण गर्न के गर्नु पर्छ होला?

१२. तपाईंहामीले खाना पकाउँदा प्रयोग गर्ने दाउरा, खेतबारीमा बालिने पराल, अनि घरबाट निस्किएको प्लास्टिकजन्य फोहोर जलाउँदा वायु प्रदुषण हुन्छ कि हुँदैन होला? यसलाई नियन्त्रण गर्न के गर्नु पर्छ होला?

१३. काठमाडौँलाई विश्वकै प्रदुषित शहरमध्ये एक भनिएको छ? काठमाडौँ किन यति धेरै प्रदुषित भयो होला? यसमा तपाईंहामी कति जिम्मेवार छौं होला?

१४. काठमाडौँ उपत्यका भएको कारणले यहाँको फोहोर हावा सजिलै बाहिर जान नसकेको कारण यही जम्मा भएर बढी प्रदुषित भएको भन्ने गरिएको छ? यो भनाइ कति वैज्ञानिक छ होला? के निश्चित भौगोलिक अवस्था हुँदा त्यस क्षेत्रको वातावरण फरक पर्न सक्छ होला?

१५. विश्वभरि नै वातावरणको यही अवस्था रहे वा वायु प्रदुषणको मात्रा बढ्दै गए यसले मानवलाई कस्तो असर पर्छ होला? पृथ्वी र वायुमण्डलमा कस्तो असर पर्छ होला?

१६. ग्लोबल वार्मिंग भनेको के हो? वायु प्रदुषणसंग यसको के सम्बन्ध छ?

१७. बढ्दो वायु प्रदुषण कम गर्न के गर्नु पर्ला?

१८. कुनै निश्चित क्षेत्रमा वायु प्रदुषित छ भनेर कसरी थाहा पाउने? यसलाई कसरी मापन गरिन्छ होला?

१९. एक्युआई ( AQI ) भनेको के हो? यो कसरी खोज्ने? यसको मापन कसरी गर्ने? कुन स्थानको वाय्यु कति प्रदुषित भनेर कसरी पत्ता लगाउने?

२०. तपाईं बसेको सहर वा गाउँको एक्युआई कति रहेछ? नेपालका दश प्रमुख सहरको वायु प्रदुषणको अवस्था कस्तो रहेछ?

माथि उल्लेखित प्रश्न बालबालिकाको उमेर र तह अनुसार आफैं छुट्ट्याएर सोध्नुहोला I साना कक्षाका बालबालिकाले पनि कहिलेकाहीं गम्भीर विषयमा कुरा गर्न सक्दछन I छलफलमा सहभागी हुन सक्दछन I यी विषयमा पहिले छलफल गरेर मात्र उनीहरुलाई लेख्न वा विभिन्न परियोजनात्मक कार्य गर्न दिनुहोला I माथि उल्लेखित प्रश्नलाई सामुहिक छलफल, अन्तर्वार्ता, अवलोकन, सामाजिक संजाल वा अन्य गुगल/युट्युब/विकिपेडिया लगायत सामाग्रीबाट साभार गरेर खोज्न सकिनेछ I

साना कक्षाका बालबालिकाको हकमा भने अभिभावक आफैं सहभागी भएर उनीहरुसंग बुझ्ने भाषा र शैलीमा छलफल गर्न सक्नुहुनेछ I वातावरण सम्बन्धी गीत गाउने, कथा भन्ने, बाहिर घाम किन प्रष्ट नलागेको भनेर देखाउने, राति तारा किन प्रष्ट नदेखिएको भनेर सोध्ने, स्वास फेरेको अवलोकन गरेर किन गार्हो भएको होला भनेर सोध्ने, खाना पकाउँदा निस्किएको धुवाँ, गाडीबाट निस्किएको धुवाँ कहाँ जान्छ होला भनेर सोध्ने लगायत गतिविधि गर्न सक्नुहुनेछ

Wel come to all for visit this page.
05/12/2020

Wel come to all for
visit this page.

Every Week upload Student talent who is participant extra curricular activities.

Address

Kawasoti 15
Baratpur

Website

Alerts

Be the first to know and let us send you an email when Chandeshwari Bal Pratibha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category