Deepak English Medium High School

Deepak English Medium High School For the glory of our beloved nation !

30/09/2026
आदरणीय अभिभावकज्यू,नमस्कार। गाउँपालिकाको निर्णय अनुसार भोलि एक दिनका लागि विद्यालय बन्द रहने जानकारी गराउँदछौं।विद्यालय ...
24/09/2026

आदरणीय अभिभावकज्यू,
नमस्कार।
गाउँपालिकाको निर्णय अनुसार भोलि एक दिनका लागि विद्यालय बन्द रहने जानकारी गराउँदछौं।
विद्यालय प्रशासन
दीपक बोर्डिङ स्कूल (Deepak E. M. H. School)
खजुरा, बाँके

Today, we proudly awarded prizes to our talented students from Grades 1 to 5 who achieved outstanding results in Friday’...
22/09/2026

Today, we proudly awarded prizes to our talented students from Grades 1 to 5 who achieved outstanding results in Friday’s Drawing Competition.
Congratulations to all the young artists for their remarkable creativity and exceptional effort! 👏🎨✨ English Medium High School Khajura Bazar #

Students who excelled in the grades 1–10 spelling competition were honored with awards.  E.M.H. School # Khajura Bazar
21/09/2026

Students who excelled in the grades 1–10 spelling competition were honored with awards. E.M.H. School # Khajura Bazar

हार्दिक बधाई तथा सम्मान कार्यक्रम! 🏆✨न्यू शान्ति स्पोर्ट्स क्लब, बर्दियाद्वारा आयोजित सामूहिक नृत्य प्रतियोगितामा उत्कृष...
15/09/2026

हार्दिक बधाई तथा सम्मान कार्यक्रम! 🏆✨
न्यू शान्ति स्पोर्ट्स क्लब, बर्दियाद्वारा आयोजित सामूहिक नृत्य प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित प्रथम स्थान हासिल गर्न सफल हाम्रा प्यारा नानीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ! 🥳👏
उनीहरूको यो शानदार सफलताको कदर गर्दै विद्यालयमा एक विशेष समारोहका बिच विजेता विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति र अतिरिक्त क्रियाकलापमा अझै उच्च सफलताको कामना गर्दछौँ! 💐📚

न्यू शान्ति स्पोर्ट्स क्लब, शान्तिपुर, बढैयाताल-१बर्दिया द्वारा आयोजित तीज नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरी विद...
14/09/2026

न्यू शान्ति स्पोर्ट्स क्लब, शान्तिपुर, बढैयाताल-१बर्दिया द्वारा आयोजित तीज नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरी विद्यालयको गरिमा बढाउन सफल सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरू तथा उहाँहरूलाई उत्कृष्ट नृत्य निर्देशन प्रदान गर्नुहुने आदरणीय प्रशिक्षकद्वय चेतना मिस र रेनु मिसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ!
तपाईंहरूको यो कडा परिश्रम, समर्पण र उत्कृष्ट प्रस्तुतिप्रति हामीलाई गर्व छ। आगामी दिनहरूमा पनि यस्तै सफलता र प्रगति हासिल भइरहोस् भन्ने हार्दिक कामना गर्दछौँ।
💐 हार्दिक बधाई तथा निरन्तर सफलताको शुभकामना! 💐

भव्य कार्यक्रमका बीच बधाई, सम्मान तथा सुलेख प्रतियोगिता सम्पन्न!खजुरा प्याब्सनद्वारा आयोजित 'तीज नृत्य प्रतियोगिता'मा द्...
11/09/2026

भव्य कार्यक्रमका बीच बधाई, सम्मान तथा सुलेख प्रतियोगिता सम्पन्न!
खजुरा प्याब्सनद्वारा आयोजित 'तीज नृत्य प्रतियोगिता'मा द्वितीय स्थान हासिल गरी विद्यालयको नाम उच्च राख्न सफल हाम्रा प्यारा नानीहरूलाई विशेष बधाई ज्ञापन गर्दै सम्मान तथा पुरस्कार प्रदान गरियो। साथै पवित्र पर्व कुशे औंसी (बुवाको मुख हेर्ने दिन) को शुभ अवसरमा विद्यालयका आदरणीय संस्थापक ज्यूको समुपस्थितिमा उहाँको हातबाट आशिषस्वरूप टीका ग्रहण गर्दै विद्यालय परिवारका तर्फबाट हार्दिक सम्मान व्यक्त गरियो।
विद्यार्थीहरूको हस्तलेखन शैली सुधार्ने र नेपाली भाषा तथा लिपिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागितामा "नेपाली सुलेख प्रतियोगिता" सफलताका साथ सम्पन्न भयो।
विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउँदै संस्कारयुक्त शिक्षा दिन हामी सदैव प्रतिबद्ध छौँ। विजयी सम्पूर्ण नानीहरूलाई पुन: हार्दिक बधाई तथा सबैमा कुशे औंसीको मङ्गलमय शुभकामना!
Deepak English Medium High School Khajura Bazar

11/09/2026

आदरणीय अभिभावक ज्यू, नमस्कार।
नेपाली चेलीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! व्यक्त गर्दछौं। साथै हाम्रो विद्यालय २७ देखि२९ गतेसम्म बन्द रहने छ र ३० गते पुनः अहिलेकै समयमा सञ्चालन हुने जानकारी गराउँदछौं।
विद्यालय प्रशासन

PABSONखजुराद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गरी विद्यालयको गरिमा बढाउन सफल सम्पूर्ण प्रतिभाशाली...
10/09/2026

PABSONखजुराद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गरी विद्यालयको गरिमा बढाउन सफल सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरू तथा उहाँहरूलाई उत्कृष्ट नृत्य निर्देशन प्रदान गर्नुहुने आदरणीय प्रशिक्षकद्वय चेतना मिस र रेनु मिसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ!
तपाईंहरूको यो कडा परिश्रम, समर्पण र उत्कृष्ट प्रस्तुतिप्रति हामीलाई गर्व छ। आगामी दिनहरूमा पनि यस्तै सफलता र प्रगति हासिल भइरहोस् भन्ने हार्दिक कामना गर्दछौँ।
💐 हार्दिक बधाई तथा निरन्तर सफलताको शुभकामना! 💐

Address

Khajura-3(Banke)
Banke
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97781560062

Alerts

Be the first to know and let us send you an email when Deepak English Medium High School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Deepak English Medium High School:

Shortcuts

Share

Category