11/05/2026
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉
02/05/2026
कोरियामा E-9 भिसा प्रणालीमा क्रान्तिकारी परिवर्तनको तयारी: अब दक्ष श्रमिकले परिवार लैजान पाउने! 😍🇰🇷
दक्षिण कोरियामा कार्यरत र आउन चाहने विदेशी श्रमिकहरूका लागि एउटा खुसीको खबर छ! दक्षिण कोरियाली सरकारले लामो समयदेखि लागू हुँदै आएको E-9 भिसा प्रणाली मा व्यापक सुधार गर्ने प्रक्रिया अघि बढाएको छ। श्रम बजारको माग र श्रमिकको अधिकारलाई ध्यानमा राख्दै सरकारले भिसालाई श्रेणीकरण गरी थप सुविधाहरू दिने योजना बनाएको हो।
के के हुन् त मुख्य परिवर्तनहरू?
✅ भिसाको नयाँ वर्गीकरण:
श्रम मन्त्रालयले E-9 भिसालाई सीप र दक्षताका आधारमा E-9-1, E-9-2 र E-9-3 गरी तीन उप-श्रेणीमा विभाजन गर्ने तयारी गरेको छ। जसले आफ्नो काममा दक्षता देखाउँछ र सम्बन्धित प्रमाणपत्र हासिल गर्छ, उनीहरू माथिल्लो श्रेणीमा उक्लन पाउनेछन्।
✅ परिवार ल्याउन पाउने सुविधा (Family Reunion):
यो सुधारको सबैभन्दा आकर्षक पक्ष भनेको पारिवारिक मिलन हो। उच्च सीप हासिल गरी माथिल्लो श्रेणीमा पुग्ने श्रमिकले आफ्नो परिवारलाई कोरिया ल्याउन अनुमति पाउनेछन्। यसले वर्षौँसम्म परिवारबाट टाढा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ।
✅ कार्यस्थल परिवर्तनमा सहजता:
हालको कडा नियममा लचकता अपनाउँदै दक्ष श्रमिकहरूलाई तुलनात्मक रूपमा सहजै कार्यस्थल (Job Change) परिवर्तन गर्न दिइने प्रस्ताव गरिएको छ।
💡 किन गरिँदैछ यो सुधार?
कोरियामा हाल करिब २ लाख ८२ हजारभन्दा बढी E-9 श्रमिक छन्। दक्ष श्रमिकहरू भिसा अवधि सकिएपछि स्वदेश फर्कनुपर्दा कोरियाली उद्योगहरूले अनुभवी जनशक्ति गुमाइरहेका थिए। साथै, लामो समय परिवारबाट टाढा बस्नुपर्ने अवस्थालाई मानवअधिकारको दृष्टिकोणले पनि आलोचना गरिँदै आएको थियो।
🚀 नेपाली श्रमिकलाई के फाइदा?
यो नयाँ नियम लागू भएमा उत्पादन, कृषि र निर्माण क्षेत्रमा कार्यरत हजारौँ नेपाली श्रमिकहरू लाभान्वित हुनेछन्। भाषा र सीपमा ध्यान दिएमा अब कोरिया बसाइ केवल कमाइमा मात्र नभई परिवारसँगको सुखद बसाइ र वृत्ति विकासमा पनि केन्द्रित हुनेछ।
तपाईँलाई कोरिया सरकारको यो नयाँ योजना कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला! 👇
28/04/2026
कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल सम्बन्धी सुचना । कहिले कुन हस्पिटलमा मेडिकल परेको तलको लिंक क्लिक गरि हेर्न सक्नुहुनेछ ।
https://epsnepal.gov.np/uploads/files_video/files_1777381327.pdf
27/04/2026
agricultural तर्फ को skill test को रिजल्ट सार्बजानिक भएको छ , 1808 जना पास भएका छ्न आफ्नो नाम चेक गर्नुहोस !! Link तल कमेन्ट मा रहेको छ 👇👇
11/11/2025
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना !!!
सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला
https://epsnepal.gov.np/documents/60
Eps Chingu
EPS Nepal, EPS, Eps Section Nepal
EPS, EPS Nepal, EPS Section Nepal, EPS Korea Section
10/04/2024
SKILL TEST सम्बंन्धि नोटिस आयो आफ्नो नाम लिस्ट चेक गर्नु होला।
https://epsnepal.gov.np/wp-content/uploads/2024/04/2nd-Round-Test-Date-and-Time3-1.pdf
21/03/2022
Chapter 1-- 15 book meaning