नेपालगन्ज बालबिकास केन्द्र

नेपालगन्ज बालबिकास केन्द्र

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपालगन्ज बालबिकास केन्द्र, School, Banke.

12/02/2026

बालविकास कक्षा बालबालिकालाई भुलाउने ठाँउ हो भन्ने सोच अझै छ?
बालविकास कक्षामा के हुन्छ?
१) सामान्य भ्रम
धेरैले सोच्छन्—
बालविकास कक्षा भनेको बालबालिकालाई बसाल्ने, खेलाउने र समय काट्ने ठाउँ मात्र हो।
अथवा
कखरा, A-Z, संख्या सिधै रटाउने ठाँउ हो ।
२) वास्तविकता
तर बालविकास कक्षामा बालबालिकाले:
🧠 सोच्न
🗣️ बोल्न
🤝 साथी बनाउन
🎨 सिर्जना गर्न
💛 भावना बुझ्न
सिक्छ ।
यहाँ बालबालिकाले अक्षरभन्दा अघि
जीवनका आधार सिक्छन्।
३) भविष्यमा पर्ने प्रभाव
बालविकासमा पाएको अनुभवले
बालबालिकालाई आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिक बनाउँछ।

बालविकास कक्षा = भविष्यको आधार।

09/02/2026

बालविकास शिक्षक हुन सजिलो छैन।

कम तलब, सीमित स्रोत, र चुनौतीपूर्ण परिस्थितिमा
तपाईं हरेक दिन बालबालिकाको भविष्य निर्माण गर्दै हुनुहुन्छ।

तपाईंका कक्षामा आउने धेरै बालबालिका
गरिबी, बहिष्कार र अवसरको कमीबाट आएका हुन्छन्।
तर तपाईंको कक्षामा उनीहरूले
सम्मान, सुरक्षा र आशा पाउँछन्।

सायद तपाईंको कामको मूल्य
तलबले देखाउन सक्दैन।
तर तपाईंले रोपेको बीउ
भोलि समाजको मेरुदण्ड बन्छ।

तपाईं केवल शिक्षक होइन,
तपाईं अवसरको ढोका हुनुहुन्छ।

बालविकास शिक्षकहरूलाई सलाम 🙏

Photos from नेपालगन्ज बालबिकास केन्द्र's post 06/02/2026
06/02/2026

सस्वर पठन गर्दै विद्यार्थीहरू

01/01/2026
Photos from नेपालगन्ज बालबिकास केन्द्र's post 19/04/2025

आज आन्दोलन को 18 औ दिन बालबिकास को प्रतिनिधित्व गर्दै हामी सबै ।

Photos from नेपालगन्ज बालबिकास केन्द्र's post 12/01/2022

आज बालविकास शिक्षक साथीहरू आफ्ना मागहरू पुरा होस भनी धर्ना कार्यक्रम मा

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Banke